नक्कली नेपाली रुपैयाँको कारोबार फस्टाउँदै गएको देखिएको छ। एकपछि अर्को ठाउँमा नक्कली नेपाली रुपैयाँ समातिन थालेपछि नेपालमा नक्कली नेपाली रुपैयाँ धेरै नै भित्रिइसकेको आशंका गरिन थालिएको छ।
नक्कली नेपाली रुपैयाँ नेपाल–भारत सीमा क्षेत्रबाट नै धेरै पक्राउ पर्ने गरेको छ। नेपाल छिरिसकेको नक्कली नेपाली रुपैया कमै समातिने गरेको पाइनुले नक्कली नेपाली रुपैयाको कारोबार फस्टाउँदै गएको अनुमान गरिएको छ।
सर्लाही र रौतहटमा विभिन्नमितिमानक्कली नेपाली रुपैया पक्राउ पर्नु र नक्कली नेपाली रुपैयासहितपक्राउ पर्नेमाभारतीय नै भएको पनिपाइएको छ। नक्कली नेपाली रुपैयाँको ओसारपसारमाभारतीयनागरिकको संलग्नता बढी रहेको पनि पुष्टि हुन्छ।
सशस्त्र प्रहरी बल सर्लाहीले सर्लाहीको मलंगबाट एक लाख १५ हजार नक्कली नेपाली रुपैयाँसहित शनिवार दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दुवै जना भारतीय नागरिक हुन्। भारतको सीतामढी थाना सोन वर्षा ग्राम सोन वर्षा वडा नम्बर ६ चिलरीटोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सीतामढी थानाअन्तर्गत सोनवर्षा ग्राम लालबन्दी चिलरी वडा नम्बर १ बस्ने ४८ वर्षीय प्रमोदकुमार नेपालीलाई सशस्त्रप्रहरी बल सर्लाहीले नक्कली नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।
यसअघि पुस १ मा रौतहट प्रहरीले दुई जनाभारतीयनागरिकलाई ६९ हजार पाँच सय नक्कली नेपाली रुपैयाँसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाको घोडासहन थाना श्रीपुर ग्राम पंचायत कबैयाका २६ वर्षीय विकास जयसवाल र सोही स्थानका ३२ वर्षीय अजय प्रसाद छन्।
यसअघि गतभदौ २४ मापनि रौतहट प्रहरीले रौतहटको ईशनाथनगरपालिका ४ मठियाबाट ९ लाख ९३ हजार पाँच सय नक्कली नेपाली रुपैया बरामद गरेको थियो। ईशनाथको मठिया पनि नेपालभारत सीमा क्षेत्रसंग जोडिएको गाउँकोरुपमा रहेको छ।
नक्कली नेपाली रुपैयाँ नेपालीबजारमा कति भित्रिइसकेको छ भन्ने कुरा पत्ता लगाउन मुस्किल भइसकेको छ। नक्कली नेपाली रुपैयाँ हजार दरका अधिकांश फेला पर्ने गरेको छ। कहिलेकाहीँ पाँच सय दरको पनि नक्कली नेपाली रुपैयाँ पक्राउ पर्ने गरेको छ।
लगातार नक्कली नेपाली रुपैया पक्राउ पर्नुले नेपालमा नक्कली नेपाली रुपैयाँको कारोबार बढेको अनुमान रहेको छ। नक्कली नेपाली रुपैयाको कारोबार बढ्दा देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने आर्थिक क्षेत्रमा संलग्न व्यक्तिहरुको भनाइ रहेको छ।