महिला हिंसाविरुद्धको १६ दिने अभियानकै बीचमा २८ महिला तथा बालिका पीडित
२६ मंसिर २०७८
•
१ मिनेट पाठ
महिला हिंसाविरुद्धको १६ दिने अभियानकै बीचमा २८ महिला तथा बालिका पीडित
‘घरैबाट सुरू गरौं’ महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ यो वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिमा २८ जना महिला तथा बालिका पीडित भएका छन्।




सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिएको यो अवधिमा २८ जना महिला तथा बालिका पीडित भएका इन्सेकले जनाएको छ।

१६ दिनको अवधिमा इन्सेक अनलाइनमा सुदूरपश्चिमबाहेकका ६ ओटा प्रदेशमा २८ जना महिला तथा बालिका पीडित भएको इन्सेकको भनाइ छ।

इन्सेकले मङ्सिर २६ गते जारी गरेको प्रतिवेदन प्रतिवेदन अनुसार बागमती प्रदेशमा सात, कर्णाली प्रदेशमा ६, लुम्बिनी र प्रदेश २ मा पाँच÷पाँच, प्रदेश १ मा तीन र गण्डकी प्रदेशमा दुई जना पीडित भएका छन्। १६ दिनको अवधिमा १८ जना बालिका र १० जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ।
अर्को समाचार
महिला हिंसाविरुद्ध मैत्रीपूर्ण फुटबल
१२ मंसिर २०७८
•
२ मिनेट पाठ
महिला हिंसाविरुद्ध मैत्रीपूर्ण फुटबल
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अस्ट्रेलिया नेपाल अल्मुनाई संघले मैत्रीपूर्ण फुटबल खेल्दै शनिबार महिला हिंसाविरुद्धको १६ दिने अभियानको सुरुआत गरेका छन्।




सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको उक्त मैत्रीपूर्ण खेलमा नेपाली खेल पत्रकारहरूको छाता संगठन एनएसजेएफले नेपाल अल्मुनाई संघमाथि ३–१ को जित निकाल्यो। कुल ६० मिनेटको खेलमा दुवै टिममा महिला र पुरुष खेलाडी एकसाथ मैदान उत्रिए। महिला अधिकारको पक्षमा लामो समयदेखि काम गर्दै आएको गैरसरकारी संस्था साथी, एनएसजेएफ, नेपालस्थित अस्ट्रेलियाली दूतावास, अस्ट्रेलिया नेपाल अल्मुनाई संघ र एन्फाको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल गरिएको हो।

‘हाम्रो गोल महिला हिंसाविरुद्धको बोल’ भन्ने नारासहित उक्त खेल खेलिएको थियो। नेपालमा सबैभन्दा लोकप्रिय खेल फुटबल भएकाले अभियानको सुरुआत मैत्रीपूर्ण फुटबलबाट गरिएको साथीकी अध्यक्ष सजनी अमात्यले बताइन्। दुवै टोलीमा महिला र पुरुषको समान प्रतिनिधित्वले लैंगिक समानताको पक्षमा बलियो सन्देश दिएको उनको भनाइ थियो। साथीकी पूर्वअध्यक्ष बन्दना राणाले महिला र पुरुष राष्ट्रिय फुटबल खेलाडीका लागि समान तलबको व्यवस्था गरेकोमा एन्फाको प्रशंसा गर्दै १० वर्षअघि साथीले एन्फासँगको सहकार्यमा लैंगिक समानताको अभियान सुरु गरेको स्मरण गरिन्।

‘खेलको नतिजा जस्तो आए पनि हाम्रो लक्ष्य मैदानभित्र मात्र नभई सबैतिर फेयर प्लेको सन्देश दिँदै महिला हिंसाविरुद्ध प्रतिबद्धता जनाउनु हो,’उनले भनिन्। नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले लैंगिक समानताका लागि थुप्रै प्रयास भए पनि अझैंसम्म महिला हिंसा भइरहेकाले आफूलाई अत्यन्तै निराश पार्ने गरेको बताइन्। तीन दशकदेखि महिला हिंसाविरुद्ध १६ दिने अभियान चलाइदै आएको छ। साथीकी अध्यक्ष अमात्यले लैंगिक हिंसाको पूर्ण अन्त्यका लागि सबैको प्रयास आवश्यक हुने बताइन्।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले साथीसँगको सहकार्यमा नेपाली फुटबलको सर्वोच्च निकायले महिला हिंसाविरुद्धको अभियान लामो समयदेखि सुरु गरेको बताए। ‘अमेरिकामा महिला खेलाडीले समान तलबका लागि संघर्ष गरिरहेका छन्। तर, हामीले महिला राष्ट्रिय खेलाडीलाई पुरुषसरह तलबको व्यवस्था गरिसकेका छौं,’ तुलाधरले भने।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस