अहिले मुलुकमा महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ। सुदूरमा महिला हिंसाविरुद्धका छाउपडी, बालविवाह, अनमेल विवाह, विधवा प्रथा, बोक्सी प्रथा, जस्ता कुप्रथाले जकडिएको समाजलाई धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले हिंसारहित समाज निर्माणका लागि धर्मगुरु, भलमन्सा र गुरुवासँग सहकार्य गरेर अभियान थालेकी छिन्।
समाज तथा टोलमा घट्ने घटना तथा सामाजिक कुरीतिविरुद्ध जागरुक गराउन धनगढी क्षेत्रका धर्मगुरु, गुरुवा र भलमन्सासँग छलफल गरिन थालिएको छ। धनगढी उप–महानगरपालिका, न्यायीक समितिले नगरभरीका सबै वडाका भलमान्सा (थारू समुदायका मुखिया) गुरुवा (थारू समुदायका धर्मगुरु) धर्मगुरु (पहाडी समुदायका पुजारी तथा पुरोहित)सँग प्रचलित कानुनी व्यवस्थाका बारेमा छलफल गर्न थालेकी छिन्।
न्यायीक समितिलाई सम्पादन गर्नमा सहयोग पुगोस् भनेर भलमान्सा, गुरुवा तथा धर्म गुरुसँग छलफलको कार्यक्रम गरिएको बताउँदै धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख तथा न्यायीक समिति संयोजक सुशीला मिश्र भट्टले बताइन्। ‘अहिले पनि समाजमा भलमान्सा तथा धर्मगुरु प्रतिको विश्वास छ,’ उनले भनिन्, ‘त्यही भएर सामाजिक कुरीति, कुसंस्कारविरुद्ध र प्रचलित कानुनी व्यवस्थाका बारेमा उनीहरूलाई जानकारी गराएमा गाउँघरमा धर्मगुरुले भनेको कुरालाई समाजले सहर्ष स्वीकार्छन्।’ भलमान्सा तथा धर्मगुरुले प्रचलित कानुनका बारेमा जानकारी गराउन सकेमा समाजमा हुने सानातिना विवाद र झै झगडाको उनीहरूले नै कानुनी बाटोबाट समाधान गर्न सक्ने बताउँदै उप–प्रमुख भट्टले भनिन्, ‘त्यसैले धनगढी भित्रका धर्मगुरु, भलमन्सा र गुरुवासँग छलफल थालेका छौँ।’
उपप्रमुख भट्टले सामाजिक कानुनमा टेकेर सामाजिक अगुवाहरूबाट खोजिने समाधानका कारण कतिपय विवाद र प्रचलित कानुनी प्रावधानमा टेकेर सम्पादन गर्न खोज्दा समस्या हुने गरेको बताइन्। धर्मगुरु, गुरुवा र भलमन्सासँग छलफल गर्दा उनीहरूले सिकेका कुराहरूलाई टोल समाजमा लागू गर्ने र यसले आगामी दिनमा न्याय सम्पादनमा सजिलो बनाउने उनले विचार व्यक्त गरिन्। उनले भनिन्,‘संविधानले नै स्थानीय सरकारलाई न्यायीक अधिकार दिएको छ, समाजमा हुने विवाद समाधानका लागि न्यायीक समितिले भलमान्सा, गुरुवा तथा धर्मगुरुसँग छलफल गरेर हिंसाविरुद्ध अभियान थालेको छ।’
धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका थारू भलमन्सा दलबहादुर दहितका अनुसार गाउँघरमा कुरीति कूसंस्कार छ, त्यसलाई नै समाजले अँगालेको छ, हामीले कुरीति कुसंस्कार अँगाल्नेलाई कानुनी उपचारको बाटो छ भनेर सम्झाउनसक्ने गरी जानकारी लिएर दिइरहेका छौँ। समय समयमा कानुनी कुराहरूलाई सिकाएर समाजमा घट्ने सम्भावित घटनालाई सुल्झाउन धर्मगुरु र भलमन्साको ठूलो योगदान हुने उनले बताए।
‘गाउँघरमा भलमन्सा र धर्मगुरुले भनेका कुरालाई सबैले सहजै मान्छन्,’ उनले भने, ‘हामीले उपमेयरद्वारा सिकेका कानुनी कुराहरूलाई गाउँघरमा गएर भन्न सकेमा समाजमा घट्ने घटनामा कमी आउने विश्वास छ।’