प्रदेश १ र २ का लागि सप्तरीमा एपिएफ स्कुल
२० मंसिर २०७८
•
२ मिनेट पाठ
प्रदेश १ र २ का लागि सप्तरीमा एपिएफ स्कुल
सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियास्थित छात्रावाससहितको नवनिर्मित एपिएफ स्कुलका लागि ८ बिघा ११ कट्ठा जग्गा दान गर्ने सोही जिल्ला निवासी जोगेन्द्र भगत र उनकी पत्नी ठाकोदेवी भगतलाई आइतबार सम्मान गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल। तस्बिरः र
सशस्त्र प्रहरी बलको एपिएफ स्कुलको सप्तरीस्थित नवनिर्मित छात्रावाससहितको विद्यालय भवनको आइतबार उद्घाटन गरिएको छ।




सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियास्थित नवनिर्मित भवनको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज एक समारोहबीच उद्घाटन गरेका हुन्।

कीर्तिपुर र कोहलपुरपछि सप्तरीको शम्भुनाथमा निर्माण गरिएको सशस्त्र प्रहरीको आवासीय विद्यालय प्रदेश १ र २ लाई पायक पर्ने गरी बनाइएको सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताए। खनालले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भए सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र विकास हुने बताए।

सशस्त्र प्रहरी बललाई विद्यालय निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले आठ बिघा ११ कट्ठा जग्गा उपलब्ध गराएको हो। ‘ढुंगा खोज्दा देउता मिल्यो', महानिरीक्षक खनालले भने, ‘जग्गा खोजिरहेका बेला मनकारी भगतजीले चाँडो स्कुल बनाउने हो भने जग्गा दिन्छु भन्दै आउनुभयो।

कार्यक्रममा जग्गादाता भगत र उनकी पत्नी ठाकोदेवी भगतलाई महानिरीक्षक खनालले प्रशंसापत्रसहित सम्मान गरे। विद्यार्थी भर्ना गर्ने र शिक्षा दिने कार्य महत्वपूर्ण हो तर शिक्षाको वातावरण बनाइदिने महान् कार्य भएको बताउँदै खनालले भगत दम्पतीको प्रशंसा गरे। सम्मानित भगतले नवनिर्मित विद्यालय भविष्यमा क्याम्पस बन्ने सपना देखेको र सोका लागि थप दुई/तीन बिघा जग्गा दान गर्ने मनमनै सङ्कल्प गरिसकेको बताए।  

आगामी शैक्षिक सत्रदेखि विद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिँदै विद्यालयका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनसिंह ठकुरीले १५ कोठाका प्रशासनिक र विद्यालय भवनका लागि रु। ६ करोड ५१ लाख खर्च भएको बताए।

यसैगरी उनले छात्रावास, मेस, ब्यारेकका लागि ७ करोड ४९ लाख रूपैयाँको काम भइरहेको जानकारी दिए। विद्यालयमा प्रहरी परिवारका बालबालिकाका साथै अशक्त,असहाय, गरिब सर्वसाधारण नागरिकका बालबालिकालाई समेत अध्ययन गराइने सशस्त्र प्रहरी गण ६ का सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए। सन् २००५ मा स्थापित नेपाल एपिएफ स्कुल प्रहरी बलअन्तर्गत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा विद्यालय सञ्चालन हुनेछ।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, बराह वाहिनी सुनसरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगर, प्रधान कार्यालयको मानव स्रोत विभागका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी उपरीक्षकहरू सशस्त्र प्रहरी नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझियाका रूपकुमार क्षेत्री, महोत्तरीका सुरेश सापकोटा, सप्तरीका राजु श्रेष्ठ, नेपाली सेनाका गणपति निरज भण्डारी, प्रहरी उपरीक्षक अविनारायण काफ्लेलगायत समाजसेवी, शिक्षक र सञ्चारकर्मी सहभागी थिए।
अर्को समाचार
सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी
२६ चैत्र २०८०
•
१ मिनेट पाठ
सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी
काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ।




सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको  सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

अहिले आगो निभाउने प्रयास भइरहेको छ। आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्। 

आगलागी कसरी भयो भन्ने खुलिसकेको छैन।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस