ताप्लेजुङमा ८६ हजार बढी मतदाता
१६ मंसिर २०७८
•
२ मिनेट पाठ
ताप्लेजुङमा ८६ हजार बढी मतदाता
ताप्लेजुङमा २०७८ साल कात्तिक मसान्तसम्ममा ८६ हजार ९३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईका अनुसार यो अवधिमा ४५ हजार ६ सय ४७ जना पुरुष र ४० हजार ४ सय ४६ जना महिला मतदाता रहेका छन्। तेस्रो लिङ्गी मतदाताको संख्या शून्य रहेको निर्वाचन कार्यालयले जनाएको छ।




९ स्थानीय तहमा सबैभन्दा बढी मतदाता फुङ्लिङ नगरपालिकामा रहेका छन्। फुङलिङमा १६ हजार ९ सय ४१ जना मतदाता रहेका छन्। त्यसपछि सिरिजंगा गाउँपालिकामा ११ हजार २ सय ७५,आठराइ त्रिबेणीमा ९ हजार ३ सय ५७, पाथीभरा याङ्वरक गाउँपालिकामा ९ हजार १ सय २२, फक्ताङ्लुङ गाउँपालिकामा ८ हजार ६ सय ७९ र सिदिङ्वा गाउँपालिकामा ८ हजार ५ सय ७९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै मेरिङ्देन गाउँपालिकामा ८ हजार ३ सय २७, मैवाखोला गाउँपालिकामा ७ हजार २ सय ७९ र मिक्वाखोला गाउँपालिकामा ६ हजार ४ सय ६४ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७० हजार ७ सय ७९ मतदाता रहेका थिए। उतिबेला फुङ्लिङमा १३ हजार १ सय ८५, सिरिजंगामा ९ हजार ७ सय २७, आठराइ त्रिबेणीमा ७ हजार ८ सय ९५, पाथीभरा याङ्वरकमा ७ हजार ८ सय ८४, सिदिङ्वामा ७ हजार ३ सय ८८ र फक्ताङ्लुङमा ६ हजार ८ सय ९५ मतदाता थिए। यस्तै मेरिङ्देनमा ६ हजार ७ सय ५१, मैवाखोलामा ६ हजार ९० र मिक्वाखोलामा ४ हजार ९ सय ६४ मतदाता रहेकोमा २०७८ सालको कात्तिक मसान्तसम्ममै यो संख्या निकै बढेको छ।

विगतमा नाम दर्ता हुन छुट भएका तथा हाल मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका मतदाताहरुका लागि जिल्ला निर्वाचन कार्यालयले ८ वटा गाउँपालिकाका केन्द्रमार्फत मंसिर १७ गतेदेखि दुई चरणमा मतदाता नामावली समेत संकलन गर्दै छ। पहिलो चरणमा मंसिर १७ गते देखि २६ गते मैवाखोला गाउँपालिकाको केन्द्र साँघुपाटी, मिक्वाखोला गाउँपालिकाको केन्द्र(थलङ), साँवा, फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापेथोक र सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङमा मतदाता नामावली दर्ता कार्य हुने छ।

यस्तै दोस्रो चरणमा मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बु, सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोक, आठराइ त्रिबेणी गाउँपालिकाको केन्द्र हाङ्पाङ र मेरिङ्देन गाउँपालिकाको केन्द्र(सुलुम्फी)सान्थाक्रामा मतदाता नामावली संकलन कार्य हुने भएको छ।

मतदातालाई निर्वाचन व्यवस्थापनको आधारभूत संरचना मानिन्छ। स्वतन्त्र र निश्पक्ष निर्वाचनका लागि एक व्यक्ति एक भोटको अवाधारणा पालना गर्न, योग्य मतदाताले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न, प्रतिनिधि चुन्न र चुनिन, मतदाताको पहिचान सहज र भरपर्दो बनाउन, निर्वाचन प्रकृयालाई वैधानिकता दिन र निर्वाचन व्यवस्थापनको योजना र यसको कार्यान्वयन गर्न मतदाता नामावलीको आवश्यता पर्छ।
अर्को समाचार
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन: ताप्लेजुङमा मतदाता संख्या ९० हजार बढी
०७ भदौ २०७९
•
२ मिनेट पाठ
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन: ताप्लेजुङमा मतदाता संख्या ९० हजार बढी
ताप्लेजुङमा आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदाताको संख्या ९० हजार ६ सय ४० पुगेको छ। यो अद्यावधिक हुनु भन्दाअघिको संख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 




अद्यावधिकका लागि आयोगले समय तालिका निर्धारण गरिसकेको छ। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार पछिल्लो तथ्याङ्कमा पुरुष मतदाताको संख्या महिलाको तुलनामा झण्डै ६ हजार बढी रहेको छ। उनका अनुसार ४८ हजार २ सय १८ जना पुरुष मतदाता हुँदा ४२ हजार ४ सय २२ जना महिला मतदाता रहेका छन्। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ८९ हजार ६ सय ८० जना मतदाता रहेका थिए। स्थानीय तहको निर्वाचन पछि निर्वाचन आयोगले असार १ गतेदेखि साउन १९ गतेसम्म मतदाता नामावली दर्ता तथा संकलन कार्य गरेको थियो। सो क्रममा १ हजार ८० जनाले नाम दर्ता गरेका थिए भने ति मध्ये ३ सय ६ जनाले मतदान केन्द्र भने अन्य जिल्ला कायम हुने गरी यहाँबाट नाम दर्ता गरेका थिए। निर्वाचन आयोगले चुनावको अघिल्लो दिन मंसिर ३ गतेसम्ममा १८ बर्ष पूरा भएको व्यक्तिलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि वालिग मताधिकार योग्य ठानेको छ। 

निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क)मा २६ हजार २ सय २२ पुरुष र २३ हजार ५ सय ६७ महिला गरी ४९ हजार ७ सय ८९ र १(ख)मा ४० हजार ८ सय ५१ मतदाता भएका छन्। यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १(ख)मा २१ हजार ९ सय ९९ पुरुष र १८ हजार ८ सय ५५ महिला गरी कूल ४० हजार ८ सय ५१ जना मतदाता कायम भएका छन्। 

२०७८ सालको जनगणनाको तथ्याङ्क अनुसार ६० हजार ५ सय २४ पुरुष र ८ सय ३५ महिला गरी कूल जनसंख्या ताप्लेजुङको कूल जनसंख्या १ लाख २० हजार ३ सय ५९ रहेको छ। जनसंख्याको तुलनामा २९ हजार ७ सय १९ जना मात्र कम मतदाता देखिएका छन्। मृत्यु भएका मतदाताको संख्या हटाउनुपर्ने सहितका मागहरु उठ्ने गरेपनि यस्तो संख्या कमैमात्र हट्ने गरेको पाइएको छ। 

जिल्ला निर्वाचन अधिकारी खनाल आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावलीलाई अन्तिम रुप दिन मतदाता नामावली अद्यावधिक(दावी बिरोध समेत)को कार्यक्रमका लागि सर्वदलिय सर्वपक्षिय छलफलमा जुटेको बताउँछन्। उनका अनुसार बुधबार जिल्ला निर्वाचन समन्वय समितिले फुङलिङमा यस्तो छलफल कार्यक्रम राखेको छ। 

प्रमुख जिल्ला अधिकारी जिल्ला निर्वाचन समन्वय समितिको अध्यक्ष हुने व्यवस्था रहेको छ। अद्यावधिक(मतदाता नामावलीमा दावी बिरोध)समेतका कार्यक्रम सकिएपछि मात्र मतदाता नामावलीको अन्तिम तथ्याङ्क आउने खनालले जानकारी दिए। २०७४ सालमा प्रतिनिधिसभातर्फ ७८ हजार ३ सय ९७ मतदातामध्ये ५१ हजार ६ सय ७८ मत खसेकोमा २ हजार ३ सय ३३ बदर भई ४९ हजार ३ सय ४५ मत सदर भएको थियो। 

प्रदेशसभा १(क)को प्रत्यक्षतर्फ कूल मतदाता संख्या ४३ हजार ५ सय ३६ रहेकोमा २८ हजार ९ सय ४७ मत खसेको थियो। त्यसमध्ये १ हजार ८३ मत बदर भई २७ हजार ८ सय ८३ मत सदर भएको थियो। प्रदेशसभा १(ख)को प्रत्यक्षतर्फ ३४ हजार ८ सय ६१ कूल मतदातामध्ये २२ हजार ६ सय ९४ मत खसेकोमा १ हजार २ सय ३ मत बदर भई २१ हजार ४ सय ९१ मत सदर भएको थियो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस