गम्भीर बिरामी, घाइते र सुत्केरीको उद्धार छिटो बनाउँदै प्रशासन
१४ मंसिर २०७८
•
४ मिनेट पाठ
गम्भीर बिरामी, घाइते र सुत्केरीको उद्धार छिटो बनाउँदै प्रशासन
फाईल तस्बिर: उत्तरी गोरखाबाट हेलिकम्पटरमा बिरामी उद्धार गरिँदै।
जिल्ला प्रशासन कार्यालय गोरखाले उत्तरी गोरखाका गम्भीर बिरामी, घाइते र सुत्केरीको उद्धार प्रक्रिया छिटो बनाएको छ। तत्काल उद्धार गर्नुपर्ने बिरामीले कागजी प्रक्रिया पूरा गर्दा लामो समय लाग्ने, समयमै उद्धार हुन नसक्दा ज्यानै जाने गरेकाले छरितो प्रक्रिया सुरु गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।  




राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चुमनुब्री गाउँपालिकाका जोखिमपूर्ण गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरमा उद्धार गरिन्छ। यसरी उद्धार गर्दा उनीहरुले वडा कार्यालयमा जानकारी गराउनुपर्छ। वडा कार्यालयले गाउँपालिका र गाउँपालिकाले जिल्ला प्रशासन, प्रशासनले महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा चिठीपत्र गर्नुपर्छ। यो प्रक्रिया पूरा गर्दागर्दै ज्यानै गएको कैयौँ उदाहरण छन्। फोन तथा इन्टरनेट समस्या, कर्मचारीको ढिलासुस्तीलगायत झन्झटबाट मुक्त गर्न मोबाइलबाटै उद्धारका लागि हेलिकोप्टर उँडानको अनुमति दिन सुरु गरिएको प्रजिअ आचार्यले बताए।  

‘तत्काल उद्वार गर्न अहिले यो प्रक्रिया छोटो बनाएका छौँ’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने। बिरामीको नाम, उमेर, नागरिकता नम्बर, सुत्केरीको हकमा श्रीमानको नाम, हेलिकप्टर ल्याण्ड गर्ने ठाउँ र हेलिकप्टर उँडाउने सम्पर्क ब्यक्तिको नम्बर एसएमएस् पाएपछि प्रजिअले तत्काल हेली उँडाउन अनुमति दिने प्रजिअ आचार्यले बताए। यो बिवरण प्राप्त भएपछि तत्काल महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आकस्मिक उद्धार शाखामा प्रजिअले एसएमएस् पठाएपछि अहिले हेलिकप्टर उँड्छ।

‘मानिसको ज्यान बचाउनु ठुलो र पहिलो आवश्यकता हो’, प्रजिअ आचार्यले भने, ‘उद्धारपछि कागजी प्रक्रिया पूरा गर्छौँ।’ जिल्ला प्रशासन कार्यालयले दुई सातायता तीन जनाको छरितो प्रक्रियाबाट उद्धार गरिसकेको जनाएको छ। कात्तिक २८ गते छेकम्पारबाट १९ वर्षीया सुत्केरी छिरिङ पाल्मोको उद्वार गरिएको उनले बताए। ‘ब्यक्तिले सबै जानकारी तत्काल गराएपछि र हेलिकोप्टर कम्पनी उँडाउन तयार भएपछि हामीले छरितो अनुमति दिन्छौँ’ प्रजिअ आचार्यले भने ‘तत्काल आवश्यक बिवरण दिनुपर्छ र कागजात पनि उद्धारपछि भने पूरा गर्नुपर्छ।’

लोक्पाको पहिरो खुलाउन ३१ लाख लाग्ने  

चुमनुब्री गाउँपालिकाको चुम्चेत र छेकम्पार जाने बाटोको पहिरो खुलाउन ३१ लाख रुपैयाँ लाग्ने भएको छ। गाउँपालिकाका प्राविधिकले गरेको स्टमेट अनुसार लोक्पाको पहिरो खुलाउन उक्त रकम लाग्ने स्टमेट गरिएको हो।  

‘गाउँपालिकाबाट हामीलाई प्राप्त भएको यो स्टमेट गण्डकी प्रदेश सरकारलाई पठाएका छौँ’ गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले भने। लोक्पा पहिरोबाट अहिले जोखिम मोलेर सर्वसाधारण आउजाउ गरिरहेका छन्। खाद्यान्न, निर्माण सामग्री बोकेको खच्चडपनि आउजाउ गरिरहेको सिर्दिबास प्रहरी चौकीले जनाएको छ। ‘अहिले दैनिक खच्चड गएको छ, तर पहिरोमा डर र जोखिम छ, त्यसलाई ब्यवस्थित गर्न प्रदेश सरकार सँग बजेट मागेका छौँ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बाटो खुलाउन बजेट ब्यवस्थापन गर्ने आश्वासन दिएका छन्। पूर्वाधार बिकास कार्यालय मार्फत उक्त बजेट पठाएर पहिरो खुलाउने योजनामा प्रदेश सरकार छ। पहिरोमा सहज बाटो खुलाउन सहजिकरण गरिरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

चुम्चेत छेकम्पारमा खच्चडबाट दैनिक खाद्यान्न लगिँदै  

लोक्पा पहिरोका कारण चुम्चेत र छेकम्पारमा खाद्यान्न अभाव भयो। अहिले पनि पहिरो राम्रो सँग पन्छाइएको छैन। तर जोखिम मोलेर सर्वसाधारण यात्रा गरिरहेका छन् भने खाद्यान्न, निर्माण सामग्री लगायत अन्य उपभोग्य सामग्री खच्चडबाट ढुवानी गरिरहेका छन्।

कात्तिक २९ गतेदेखि लोक्पाको पहिरो भएर खच्चड आउजाउ गरिरहेका छ। ‘दैनिक ३० देखि ५० वटा खच्चड गईरहेको छ’ सिर्दिबास प्रहरीलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले भने।  स्थानीय ब्यापारी ब्यवशायीले खच्चड लगिरहेका छन्।  

मंसिर २ गते ७२ वटा खच्चड, ३ गते ४४, ४ गते ५२ वटा, ५ गते ५२, ६ गते ४४ वटा, ७ गते ५२, ८ गते ४० वटा, ९ गते ३५, १० गते २२ वटा, ११ गते ३३ वटा, १२ गते ४३ वटा, १३ गते ४२ वटा खच्चड गएका छन्। खच्चड गएका छन्। यी सबैले खाद्यान्न बोकेर गएको प्रहरीले जनाएको छ। यो बिक्रीका लागि लगिएको हो। स्थानीयले खरिद गरेर प्रयोग गर्न सक्छन्। निर्माण सामग्री बोकेर अन्य खच्चड पनि गएका छन्। खच्चड आउजाउ गरेपनि लोक्पाको पहिरो भरी त्रासै त्रासमा हिँड्नुपरेको गुनासो ब्यवशायीको छ। सर्वसाधारण पनि उक्त बाटो भएर हिँड्न निकै डर भएको बताउँछन्। जतिसुकै बेला पहिरो जाने, बाटो अवरुद्ध हुने, ढुङ्गा खस्ने संभावना भने छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४९ मिनेट अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस