चाँगुनारायणको गौरबको योजनामा ठेकेदारको लापरबाही
१२ मंसिर २०७८
•
१ मिनेट पाठ
चाँगुनारायणको गौरबको योजनामा ठेकेदारको लापरबाही
भक्तपुरको चाँगुनारायण नगरपालिकाको एउटा गौरबको योजनामा ठेकेदारले लापरबाही गरेको भेटिएको छ।




नगरपालिकाको गौरबको योजनाको रुपमा रहेको चाँगुनारायण फास्ट ट्रयाक सडक निर्माणमा ठेकेदारले लापरबाही गरेको भेटिएको हो। फास्ट ट्रयाक सडक अन्तर्गत चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको पण्डितको पँधेरोदेखि बालाटोल हुँदै वडा नं. ८ सुडाल जोड्ने सडक खण्डमा लगाइएको प्लम कंक्रिट विधिको पर्खालमा ठेकेदारले लापरबाही गरेको वडा अध्यक्ष गणेश त्यातले बताए।

‘चाँगुनारायण फास्ट ट्रयाक सडकबारे स्थानीयबाट गुनासो आएको थियो, त्यही अनुसार आइतबार अनुगमन गर्दा निकै लापरबाही भएको पायौं’, उनले भने। उनले वडाका विभिन्न व्यक्ति तथा नगरपालिकाका प्राविधिकको उपस्थितिमा अनुगमन गरेको बताए।

‘प्लम कंक्रिट विधिको वालमा एक भाग ढुंगा एक भाग मसला(ढलान) हाल्नुपर्नेमा त्यहाँ करिब ९० प्रतिशत ढुंगामात्र राखेको पायौं, यसमा ठेकेदारले बदमासी गरेको देखिएको छ,’ वडाध्यक्ष त्यातले भने।

वडाध्यक्ष त्यातले मात्र नभई नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले पनि ठेकेदारले बद्मासी र लापरबाही गरेको भेटिएको बताउँदै लापरबाहीपूर्ण रुपमा भएको काम तत्काल रोक्न लगाएको बताए।

‘एक तह ढुंगा, एक तह ढलान राखी बनाउनुपर्ने वालमा त्यहाँ त ढुंगाको मात्र चाङ लगाएको रहेछ, त्यसरी लगाएको ढुंगा छोप्न बाहिर घोला छ्यापिएको रहेछ’, उनले भने,‘काम निकै कमसल र लापरबाही तरिकाले गरेको रहेछ।’

उनले तत्कालै सो निर्माणको कामको ठेक्का पाएका निर्माण व्यवसायी लीला लामालाई सम्पर्क गरेको तर ६/७ पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा नआएको जानकारी दिए।

वडाध्यक्ष त्यातले नगरपालिकाले विकास निर्माणको काम उपभोक्ता समितिलाई दिनुको सट्टा ठेकेदारलाई दिँदा समस्या भएको समेत बताए। उनले विकास निर्माणको ठेक्का ठेकेदारलाई दिने तर त्यसको अनुगमन नगर्ने कारण पनि विकास निर्माणमा कैफियत देखिने गरेको जनाए।
अर्को समाचार
उपभोक्ता समितिसँग डेढ लाख घूस माग्ने दुई वडा सदस्य पक्राउ
२९ कार्तिक २०७८
•
१ मिनेट पाठ
उपभोक्ता समितिसँग डेढ लाख घूस माग्ने दुई वडा सदस्य पक्राउ
उपभोक्ता समितिसँग घूस माग्दै गर्दा दुई जना वडा सदस्य रंगेहात पक्राउ परेका छन्।




पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय रहेका छन्। उनीहरुलाई अख्तियार दुरुपयोग आयोगले रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए।

वडा सदस्यद्वय साह र रायले ढलान सम्बन्धी काम सम्पन्न पश्चात् उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिश गरिदिए वापत रु. १ लाख ५० हजार माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटि गएको टोलीले पक्राउ गरेको थियो।

उनीहरुलाई सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ७ मा वडा सदस्य साहले सञ्चालन गरिरहेको कृष्ण इन्टरप्राइजेजबाट रकम सहित पक्राउ गरेको आयोगले जनाएको छ।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस