पत्रकार विजयशेखर भट्टराईलाई रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार वितरण गरिएको छ। सदरमुकाममा आयोजित समारोहमा नेपाल प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटीले भट्टराईलाई पुरस्कृत गरे।
प्रजातान्त्रिक योद्धा स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा प्रेस युनियन इलाम शाखाले पुरस्कार स्थापना गरेको हो। जिल्लाको कृषि, पर्यटनलगायत क्षेत्रमा पत्रकारिताका माध्यमबाट पुर्याएको योगदान कदर गर्दै भट्टराईलाई पुरस्कृत गरिएको युनियन शाखाकी कार्यवाहक अध्यक्ष सविता पाण्डेले बताइन्।
झन्डै ३ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार भट्टराई नेपाल टेलिभिजनमा आबद्ध छन्।