राप्ती राजमार्ग जीर्ण, दुर्घटना बढ्दो
३० कार्तिक २०७८
•
२ मिनेट पाठ
राप्ती राजमार्ग जीर्ण, दुर्घटना बढ्दो
कात्तिक २१ गते सल्यानको दुलधारामा भएको वस दुर्घटना। फाइल फोटोः नागरिक
राप्ती राजमार्ग मृत्यु मार्ग जस्तै बनेको छ। साँघुरो सडक, उप्किएको पिच र सडकमा रहेका खाल्टाखुल्टीको कारण राप्ती राजमार्गमाा दुर्घटना बढ्दो छ।




जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्गको सल्यान खण्डमा मात्रै चालु आर्थिक वर्षको साउनयता ३३ वटा सवारीसाधन दुर्घटना भएका छन्। सल्यान–दाङको सीमादेखि सल्यान–रुकुमको सीमानम्म भएका सवारी दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए।

दुर्घटनामा परेर अरू ६६ जना घाइते भएका छन्। थापाले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सक्रियताका साथ काम गरिरहेको बताए। प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानको सीमादेखि सल्यानतर्फको भागको सडक स्तरोन्नतिको काम तत्काल सुरु गर्न सडक डिभिजन कार्यालय दाङसँग समन्वय भइरहेको बताए। वर्षात्का कारण रोकिएको सडक स्तरोन्नतिको काम चाडपर्वले गर्दा केही ढिला भएको र यसै सातादेखि काम सुरु गर्ने गरी निर्माण कम्पनीले तयारी गरेको उनको भनाइ छ।

कात्तिक २१ गते सल्यानको दुलधाराबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भयो। भाइटीका लगाएर घर फर्कदै गरेका १२ जनाले अकालमा ज्यान गुमाए भने २८ जना घाइते भए। राप्ती लोकमार्गअन्तर्गत सल्यान क्षेत्रमा यस्ता दुर्घटना सामान्य जस्तै बन्न थालेका छन्। कर्णाली प्रदेशलाई लुम्बिनी प्रदेशसँग जोड्ने राप्ती लोकमार्गको वर्षौंंसम्म स्तरोन्नति र विस्तार नहुँदा ‘मृत्युमार्ग’को रूपमा परिणत हुन थालेको छ। २०६३ सालमा राप्ती लोकमार्गकै भाण्टाखोलामा गाडी दुर्घटना हुँदा ४० भन्दा बढीको मृत्यु भयो। २०७५ सालमा राप्ती लोकमार्गकै राम्रीमा स्कुल बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो।

यस्ता ठूला दुर्घटना भइरहदा पनि राप्ती लोकमार्गमा हुने दुर्घटनाका विषयमा सरकार र सरोकारवाला सबै बेखबर जस्तै छन्। दुर्घटना भएर आफन्त गुमाउँदा दुःख व्यक्त गर्नुबाहेक दुर्घटना न्यूनीकरणमा कसैको ध्यान नगएको स्थानीय बताउँछन्। दाङ, सल्यान र रुकुमलाई जोड्ने राप्ती लोकमार्गअन्तर्गत अमेलियादेखि रुकुमको सल्लेसम्म एक सय ६८ दशमलव ५४ किमी सडक पर्दछ। त्यसमध्येको तुलसीपुरदेखि श्रीनगरसम्मको सडक झन बिग्रिएको छ।

राप्ती लोकमार्गको राम्री, चोरखोला, अरिंगाले, मूलपानी, खारखोला, भान्टाखोला दुर्घटना हुने अतिजोखिम क्षेत्र हुन्। यी क्षेत्रमा सडक खाल्टाखुल्टी, पहिरोले साघुरो भएर जोखिम बढेको हो। सडक क्षतविक्षत हुँदा पनि मर्मत नहुँदा दुर्घटनाको जोखिम झन् पछि झन् बढ्दै गएको स्थानीय बताउँछन्। उनीहरूले पटकपटक यस क्षेत्रमा दुर्घटना हुनुमा सडक मर्मत नहुनु, खाल्डाखुल्टी हुनु, घुम्तीहरू साँघुरो हुनु, सडक माथिबाट झरेका पहिरो नहटाइनुले सधैं जोखिम व्यहोर्नु परेको बताए।

सडकको मर्मत नहुँदा अवस्था झन् जीर्ण हुदै जान्छ। त्यसमाथि गुडाउने सवारीसाधनको गति र भार भने उस्तै छ। सडक कमजोर छ भन्ने कुरा बिर्सिएर ओभरलोड राख्ने र तीब्र गतिमा चलाउने काम रोकिन सकेको छैन।
अर्को समाचार
रुकुमपश्चिमका सडक स्तरोन्नति हुँदै
१३ माघ २०८०
•
२ मिनेट पाठ
रुकुमपश्चिमका सडक स्तरोन्नति हुँदै
फाइल तस्बिर : नागरिक
राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडक खण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन्। सडक स्तरोन्नति नहुँदा सवारी साधन सञ्चालनमा कठिनाइ भएको थियो।




राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका ४ सोलावङबाट मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने शीतलपोखरीसम्म सडक स्तोन्नति भएपछि आवतजावतमा सहज भएको बसचालक रिमबहादुर पुनले बताए। उक्त सडकखण्डमा सडक चौडा, मोड सुधार र कालोपत्र गरिएको छ।

‘पहिले सडक साँघुरो थियो, साँघुरो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुुन्थ्यो, अहिले सडक स्तरोन्नति भएपछि मोडमा पनि सजिलै यातायातका साधन चलाउन सहज भएको  छ’, उनले भने।

राप्ती राजमार्गअन्तर्गत सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका ९ नुवाकोटको झक्ते खोलासम्म १० किलोमिटर, रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४ सोलावाङबाट शीतलपोखरीसम्म ६ किलोमिटर र सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक स्तरोन्नति भइरहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिए। तीनवटै ठाउँमा सडक कालोपत्र, मोड सुधार र सडक चौडा बनाउने काम भइरहेको छ।

राप्ती राजमार्गअन्तर्गत पर्ने सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका ९ नुवाकोटडाँडा झक्ते खोलासम्मको १० किलोमिटर सडक निर्माण गर्न २१ करोडमा सम्झौता भएको छ। उक्त सडक खण्डको काम २०७८ चैतदेखि सुरु भएको हो। सडकखण्डको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको प्रमुख शर्माले जानकारी दिए। उक्त सडकखण्ड २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ।

त्यस्तै राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका ४ सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक कालोपत्रको काम धमाधम भइरहेको छ। विसं २०७९ फागुनदेखि सडक निर्माणको काम सुरु भएको हो। हालसम्म ७० प्रतिशत प्रगति  भएको छ। सडकखण्ड स्तरोन्नतिका लागि रु २१ करोड विनियोजन गरिएको छ।

सदरमुकाम नजिकको मुसीकोट नगरपालिका ४ शीतलपोखरीबाट सोलावाङसम्मको ६ किलोमिटर सडकखण्डको मोड सुधार, सडक चौडा तथा पहिरो खसेको ठाउँमा तारजाली हाल्ने काम जारी छ। उक्त सडक खण्ड निर्माण गर्न ६ करोडमा ठेक्का दिइएको छ। सो सडक खण्डको ५० प्रतिशत  प्रगति भएको छ। –रासस
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस