सम्भव नेपाल नामक गैरसरकारी संस्थाले गोरखाको आरुघाट गाउँपालिकामा २० बिपन्न परिवारलाई घर बनाईदिने भएको छ। बाढी, पहिरो, भुकम्प जस्ता बिभिन्न प्रकोपमा घर बिहिन भएका परिवारलाई घर बनाईदिन लागेको संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए।
‘घर भुकम्प प्रतिरोधी हुनेछ, एउटा घरको लागि १४ लाख २० हजारमा टेण्डर भएको छ’ उनले भने ‘कसको घर बनाउने भन्ने छनौट गाउँपालिकाले गरेको छ।’ गाउँपालिका र संभव नेपाल बिच २० वटा घर बनाउने सम्झौता भएको छ। संस्थाले लाभग्राही सँग पनि सम्झौता गरेको कार्यक्रम ब्यवस्थापक उत्तम अधिकारीले बताए।
गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाल र संभव नेपालका अध्यक्ष प्रेम खत्रीले संयुक्त रुपमा नयाँ बन्ने घरको शुक्रवार शिलान्यास गरेका छन्। सिलान्यासपछि गाउँपालिका अध्यक्ष दाहालले प्रकोप पिडित परिवारको पहिचान गरेर घर निर्माणको सिफारिस गरिएको बताए। परियोजना नै २० परिवारको घर बनाउने भएकाले धेरैलाई समेट्न नसकिएको र टड्कारो घर आवश्यक परेकालाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए।
घर तीनवटा कोठा र शौचालय सहितको बन्नेछ। इन्टरलक ब्रिक प्रयोग गरेर घर बनाईने हुँदा भुकम्प प्रतिरोधी हुने इन्जिनियर मुकेश अधिकारीले बताए। एक वर्ष भित्र सबै घर तयार हुने उनले बताए।सम्भव नेपालका अध्यक्ष खत्री नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। पर्यटन ब्यवशायी समेत रहेका खत्रीले गोरखामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएका छन्।