छठ पर्वअन्तर्गत ब्रतालुले बुधबार अस्ताउन लागेको सूर्यलाई अर्घ दिँदै छन् । छठ पर्वमा अस्ताउँदो सूर्यको पनि पूजा गर्ने परम्परा छ।सूर्यलाई‘आदि’ देवता पनि भनिन्छ। मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको पाइन्छ। त्यसैले सूर्यलाई अभीष्ट देवताका रूपमा वैदिक कालदेखि नै पुजिएको छ।
वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना भएकाले छठ पर्वमा अस्ताउँदो सूर्यको पनि प्रार्थना गर्ने चलन छ। आरम्भ र अन्त्यको विशेषतालाई यसरी सांकेतिक रूपमा प्रस्तुत गरिएको संस्कृतिविद्हरूको धारणा छ। छठको विशेषता दिनदिनै व्यापक बन्दैछ। नेपालमा पहिला तराई–मधेस क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाडौं तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।
अर्घको विशेषता
प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठी तिथिमा मनाइने छठ पर्वका अनेक विशेषता छन्।दिनभरि प्रकाश र ताप दिएकाले कृतज्ञता प्रकट गर्न सूर्य अस्ताउन लाग्दा अर्घ दिने गरिएको संस्कृतिविद् उमेशकुमार झा बताउँछन्। छठ पर्वमा किसानले आफ्नै खेतबारीमा उत्पादित सामग्रीले अर्घ दिन्छन्।किसानका लागि सूर्यको प्रकाश वरदान हो।प्रकाशबिना खेतीपाती हुन सक्दैन। त्यसैले आफ्नो खेतीबाट उब्जिएको पहिलो उत्पादन सूर्यलाई अर्पण गर्ने प्रचलन रहेको छ।
छठ पूजाका विभिन्न पद्धति भए पनि मधेसमा प्रचलित पद्धतिमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर उदाउँदो बेलाको सूर्यलाई जस्तै महत्व दिइएको छ।मैथिली भाषाका सहप्राध्यापक उमेशकुमार झा भन्छन्, ‘उदाउँदो र अस्ताउँदो दुवै सूर्यको पूजनले छठको महिमालाई विशिष्ट र व्यापक बनाएको छ।’उदाउँदो सूर्य सिर्जनात्मक र अस्ताउँदो सूर्य प्रतीकात्मक रहेको उनको भनाइ छ।
सूर्यास्तका बेला जलाशयमा उभिएका ब्रतालुले सूर्यलाई अर्घ चढाउँछन्। जल र जलाशयबिना छठ पर्व मनाइँदैन। छठपूजनका लागि पोखरी,तलाउ,सरोवर,नदी आवश्यक पर्छ। सूर्यको ताप पूर्णतःसमाप्त भइसकेको अवस्थामा जलाशयमा उभिएका ब्रतालुले अर्घ दिन्छन् र बिहान पुनः उर्जावान् भएर उदाउन प्रार्थना गर्छन्। सूर्यलाई ऊर्जाको प्रतीकका रूपमापूजा गरिन्छ। सूर्यको उपासना गर्दा ऊर्जा प्राप्त हुने संस्कृतिविज्ञ बताउँछन्।
छठ पूजामा साँझ दिइने अर्घ सूर्यलाई नभई षष्ठी देवी अर्थात् छठी परमेश्वरीलाई भएको जानकार बताउँछन्। छठमा दुईवटा देवदेवीको पूजा हुन्छ–सूर्य र छठी देवी। ब्रतालुले साँझ षष्ठीदेवीलाई अर्घ दिएर पूजा सम्पन्न गरेपछि भोलिपल्ट उदाउँदो सूर्यको पूजा गरिन्छ।
छठको पूजासामग्री,अर्घ दिने समय तथा स्थल र पूजाविधिमा खासै भिन्नता देखिँदैन। कृषिउपजबाहेक अन्य वस्तु पूजासामग्रीको रूपमा प्रायः प्रयोग गरिँदैन। छठको सन्ध्याकालीन अर्घ दिन व्रतालु तथा अन्य श्रद्धालुले नयाँ लुगा लगाउने प्रचलन पनि रहेको छ।
घरदेखि घाटसम्म उल्लास
बुधबार घरको आँगनलाई लिपपोत गरी चोख्याएपछि बाँसको नाङ्लो ढाकीमा मिलाएर राखिन्छ। नाङ्लोमा पूजा सामग्री सजाइन्छ।एकपटक घरमै कुलदेवतालाई पूजा गरेपछि पूजा सामग्रीसहितको नाङ्लोलाई पुनः ढाकीमा सजाइन्छ।त्यसमाथि सावधानीका साथ बलिरहेको दियो राखिन्छ। नयाँ पहिरनमा ब्रतालुसहित परिवारकाअन्य सदस्य पूजा सामग्री बोकेर घाटतिर अघि बढ्छन्। प्रसादले भरिएको ढाकी भने घरका जिम्मेबार व्यक्तिले बोक्ने चलन छ।
चार दिवसीय छठ पूजाको मुख्य दिन सौझ (साँझ)को अर्घका लागि सिँगारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित ब्रतालु एवं परिवारजनले पूजा सामग्री राख्छन् र अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। घरमा छठ नहुने विवाहित छोरीचेली पनि यतिखेर माइत आउँछन्।
टाढा घर भएका आफन्तजन एवं मितमितिनीलाई ब्रतालु परिवारले आमन्त्रण गर्छन्।‘सम्पूर्ण परिवारको जमघटले रमाइलो हुन्छ’लहान–४ की ब्रतालु अम्बिका यादव भन्छिन्,‘३६ घण्टे निर्जला ब्रत पनि रमाइलोले थाहै नपाई सम्पन्न हुन्छ।’