बज्जिका भाषाका अभियन्ताहरुले छठ पर्वको उद्भवस्थल रौतहटलाई मान्ने गरेका छन्। द्वापर युगमा १२ वर्षको वनबासपछि एक वर्षको अज्ञातबासको सफलताको लागि रौतहटको समनपुरस्थित बागमती नदीको किनारमा द्रोपदीले पहिलोपटक छठ पर्व गरेको विश्वास रहेको छ।
गढीमाई नगरपालिकाको वडा नम्बर १ र २ मा समनपुरस्थित बागमती नदीको घाट पर्दछ। द्वापर युगमा यही बागमती नदीमा छठ व्रत गरेर अज्ञातबासको सफलताको कामना गरेको र यहीबाट पाण्डवहरुले अज्ञातबास सुरु गरेको विश्वास रहेको गढीमाई नगरपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठको भनाइ छ।
छठ पर्वको व्रत गरेर अज्ञातबास सुरु गर्दा कौरवका जासुसहरुले थाहा नपाऊन् भनेर सुरुङमा पसी बागमती नदी पार गरेको लोकविश्वास रहेको छ। पाण्डवहरुले सुरुङमा पस्नको लागि बनाएको सुरुङको मुख बन्द गर्न राखेको ढुंगालाई स्थानीयले युगौँदेखि महादेव भनेर पूजा गर्दै आएका छन्।
रौतहटको समनपुरबाट छठ पर्वको सुरुआत भएको विभिन्न किम्वदन्ती र पाण्डवको प्रसंगलाई लिएर रौतहटका साहित्यकार तथा अन्वेषक सञ्जय साह मित्रले छठ पबनीः उद्भव र विस्तार भन्ने पुस्तक नै लेखेका छन्। साहित्यकार मित्र भन्दछन्, “स्थानीयको भनाइ तथा किम्वदन्ती र तथ्यले पनि रौतहटको समनपुरमा लोकमहापर्व छठको उद्भव भएको देखिएको छ।”
छठ पवलाई साहित्यकार मित्रले नेपालको र मुख्य गरी रौतहटको रैथाने पर्व भएको भनी चिनाउनु पर्ने आवश्यकता रहेको बताउँदै आएका छन्। आफ्नो मौलिकतको रक्षा र प्रचार गर्ने सन्दर्भमा छठ पबनीलाई पनि सरकारले लिनुपर्ने साहित्यकार साहको भनाइ छ।
बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले बज्जिका भाषा बोलिने महोत्तरी, सर्लाही, रौतहट र बारामा विशिष्ट संस्कृतिहरु विद्यमान रहेको बताउँदै यही भूमिको उपज छठ पर्व भएकोले यसको उद्भवको बारेमा धेरैले चासो नराखेको बताएका छन्।
बज्जिका मातृभाषी क्षेत्रमा छठ पर्वको उद्भव भएकोले यसको माध्यमले बज्जिकाञ्चलको संस्कृतिको विश्वव्यापी प्रसार भएको साहित्यकार श्रीकृष्णको दाबी छ। चैती छठ पनि धुमधामसित यही क्षेत्रमा मनाइने गरिएको पछिल्लो केही वर्षदेखि चैती छठको पनि विस्तार हुन थालेको साहित्यकार श्रीकृष्णको भनाइ छ।
साहित्यकार श्रीकृष्णले बज्जिका मातृभाषा बोलिने क्षेत्र महोत्तरीदेखि बारासम्मको छठको मौलिकता अन्यत्रको तुलनामा केही फरक रहेको छ।
रौतहटमा संस्कृतिको क्षेत्रका जानकार तथा सेवानिवृत्त शिक्षक शिवचन्द्र साहले छठ पबनीका जम्मै पुराना मौलिक गीतहरु बज्जिका भाषामा भएको बताउँछन्। गीतको बजारीकरणले छठ लोकगीतको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै साहले बज्जिका मातृभाषा बोलिने क्षेत्रकै मूल पर्व छठ रहेको बताउँछन्। बज्जिकाञ्चल क्षेत्र छठको वातावरणमा पूर्णतया छठमय बनेको साहको भनाइ छ।
अन्य क्षेत्रको तुलनामा बज्जिकाञ्चलमा छठको प्रकृति र मौलिकता केही फरक रहेको र यसले विस्तारसँगै स्थानीयतालाई पनि अंगीकार गर्दै गएकोले यस पर्वले विश्वमा विस्तार पाउन सकेको लेखक मित्रको भनाइ छ।
विश्वमा विस्तार भइसकेको लोकआस्थाको महापर्व छठको खरनाको दिन पूरा बज्जिकाञ्चल छठमय भइसकेको छ। सम्पूर्ण बजार तथा सहरदेखि गाउँसम्म छठ सामग्रीको किनबेच र घाटको सजावटले सम्पूर्ण वातावरण नै छठमय भएको देखिएको छ।
रौतहट सदरमुकाम गौरका विक्रान्त विक्रम नेपालले बज्जिकाञ्चलको सम्पूर्ण क्षेत्र नै छठमय बनिसकेको बताउँदै गोवर्धन पूजाको दिनदेखि पारनको दिनसम्म सम्पूर्ण वातावरण छठमय हुने गरेको स्पष्ट पारेका छन्।
व्रतालुहरुले मंगलवार साँझ खरना गर्दै बुधवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने र विहीवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्वको समापन हुन्छ। समापनको दिनलाई पारन भन्ने गरिएको साहित्यकार श्रीकृष्णको भनाइ छ।