दीपावली र छठको मौकामा तस्करहरुको दिन फिरेको छ। रौतहटका विभिन्न नाकाबाट पर्वको मौका पारी रातभर तस्करी हुने गरेको छ। सर्वसाधारण चाडपर्वको चटारोमा रहँदा तस्करहरु रातभर सीमा वारपार सामान ओसार्न व्यस्त रहेको पाइएको छ।
रौतहटका बंकुल, रामपुर खाप, महादेवपटी र बेलबिछवा नाकाबाट रातभर सीमा वारपार तस्करी भइरहेको छ। विहीवार राती दीपावलीको समय पारेर तस्करहरुले रातभर सामान सीमा वारपार गराएका छन्। सर्वसाधारण तथा सुरक्षाकर्मी पनि दीपावली मनाउँदै गर्दा तस्करहरुले व्यापक तस्करी गर्न सफल भएका हुन्।
बोर्डरमा रातभर तस्करहरु सक्रिय रहेको र बिना कुनै बाधा अवरोध सामान सीमा वारपार गराएको स्थानीयको भनाइ छ। बंकुलका एक स्थानीयले बताए अनुसार रातभर भारतबाट करोडौँको तस्करी भएको छ। करोडौँको तस्करीको सामान रौतहटको विभिन्न भागमा पुगेको छ। दीपावलीको समय भएकोले सबारी साधनलाई कतै कोही चेकजाँच नगर्ने हुँदा तस्करले रातभर सामान ओसार्न भ्याएका छन्।
दीपावलीदेखि छठको दिनसम्म रातभर सीमा वारवार रात्री तस्करी हुने गरेको स्थानीयहरु बताउँछन्। दिउँसो सर्वसाधारणलाई घरायसी तथा चाडपर्वको सामान किनेर ल्याउँदा सुरक्षाकर्मीले दिनुसम्म दुःख दिने गरेको तर रातभर तस्करहरु सीमा वारपार सामान ल्याउँदा लैजाँदा पनि खासै सक्रियता नदेखाउनु गज्जबको दृश्य रहेको स्थानीयको आरोप छ। यसै बीच विहीवार राति एकै रातमा करिब छ लाखको सामान पक्राउ गरिएको बुझिएको छ। भारतबाट तस्करी गरी ल्याएको छ लाख मूल्य बराबरको सुरक्षाकर्मीले बरामद गरेको र भन्सार बुझाइने स्रोतको दाबी छ।