भारतसँगका सात नाकामा फलफूल र तरकारीमा विषादी परीक्षण सुरु
०९ कार्तिक २०७८
•
४ मिनेट पाठ
भारतसँगका सात नाकामा फलफूल र तरकारीमा विषादी परीक्षण सुरु
विदेशबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगरी आयात गरिरहेको भन्दै आलोचना भैरहेका बेला सरकारले सात वटा नाकामा विषादी परीक्षण सुरु गरेको छ।




भारतबाट आयात हुने तरकारी तथा फलफूल खानयोग्य भए÷नभएको परीक्षण गर्नका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सात ठाउँमा जीवनाशक विषादीको अवशेष परीक्षण सुरु गरेको हो।

विभागले भारतबाट नेपाल प्रवेश गर्ने काकडभित्ता, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढीमा बोर्डर नजिकै प्रयोगशाला स्थापना गरेर यसै साताबाट परीक्षण गर्न थालेको छ। विभागले सात भन्सार कार्यालय नजिकै परीक्षण गर्ने व्यवस्था मिलाएको छ। खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा मार्फत परीक्षण सुरु गरिएको छ।

खाद्य ऐनमा भएको व्यवस्था अनुसार आम उपभोक्तालाई गुणस्तरीय तरकारी तथा फलफूल उपभोग गर्ने व्यवस्था मिलाउन सीमा क्षेत्रमा नै विषादी परीक्षण सुरु गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।  

पहिलो चरणमा सात वटा नाकाबाट सुरु गरेको भए पनि दोस्रो चरणमा थप पाँच नाकामा पनि परीक्षण गर्ने तयारी रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्यले बताइन्। ‘छोटी भन्सारसहित १२ ठाउँमा परीक्षणको व्यवस्था मिलाउने योजनामा छौं, महानिर्देशक जोशीले भनिन्, ‘अर्थमन्त्रालयमा थप बजेट माग गरेका छौं।’

नेपाल भित्रिने तरकारी तथा फलफूलको दु्रत विश्लेषण गरेर जीवनाषक विषादी भए÷नभएको विभागले परीक्षण गरेपछि मात्र प्रवेश पाउने विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले बताए। ‘अब तरकारी तथा फलफूल खानयोग्य भए/नभएको परीक्षण गर्छौं,’ प्रवक्ता महर्जनले भने, ‘प्रयोगशालाको परीक्षण रिपोर्टका आधारमा मात्र भन्सारले आयात अनुमति दिन्छ।’ करिव आधा घण्टामा नै रिपोर्ट दिने व्यवस्था मिलाएको विभागले जनाएको छ।

विषादी अवशेष चेकजाँच मानव स्वास्थ्यसँग जोडिएकाले परीक्षणको दायरा बढाउनु पर्ने आवाज उठ्दै आएको थियो। मुलुकको सबैभन्दा ठूलो कालीमाटी फलफूल तथा तरकारी बजारमा आएका ताजा तरकारी तथा फलफूलमा पनि विषादी परीक्षण हुने गरेको छ। बजारमा बिक्री भइरहेका तरकारीमध्येबाट नमूना संकलन गरेर विषादीको अवशेष तोकिएको मापदण्डभन्दा घटी वा बढी के छ भनेर परीक्षण गरिन्छ।  

केन्द्रीय कृषि प्रयोगशाला मातहतका निकायले पनि केही स्थानमा परीक्षण गर्दै आएका छन्। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतका कालीमाटी, बुटवल, नेपालगन्ज, अत्तरिया, झापा, पोखरा र सर्लाहीमा रहेका प्रयोगशालामा चेकजाँच भए पनि अप्रयाप्त थियो।

भारतबाट आयात गरिने तरकारी चेकजाँच बिनै भित्रिएको भन्दै नागरिक स्तरबाटै चर्को विरोध भएको थियो। यस विषयमा सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो। सर्वोच्चले विषादी अवशेष चेकजाँचलाई अनिवार्य बनाउन आदेश दिएको थियो।

एकाइमा विशेष गरी अर्गानो फस्फेड र कार्बामेड गरी दुईवटा समूह अन्तर्गतका विषादी परीक्षण गरिँदै आएको छ। यो परीक्षणले एसिडाइल कोलिन्स्ट्रेन इन्जाइमको रोकावट दर पत्ता लगाउँछ। सामान्यतया इन्जाइमको रोकावट प्रतिशत ३५ प्रतिशतसम्म खानयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा माथिको तरकारी तथा फलफूल उपभोग गर्न नमिल्ने बुझिन्छ। जसलाई क्रमशः हरियो, पहेंलो र रातो गरी तीन समूहमा छुट्याउने गरिन्छ।

बजारमा बिक्री हुने फलफूल तथा तरकारीहरूमा विषादीको मात्रा उच्च रहेको र त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पुगेको चिकित्सले बताउँदै आएका छन्। अहिले गरिने परीक्षण भने प्रयाप्त छैन।

नेपालीले उपभोग गर्ने तरकारी तथा फलफूलमा प्रयोग हुने विषादीमध्ये करिव ४० प्रतिशतको मात्र परीक्षण हुने गरेको छ। अहिलेसम्म स्वदेशमा उत्पादन हुने र विदेशबाट आयातित तरकारी, फलफूल लगायत कृषिजन्य वस्तुमा एक दर्जनभन्दा बढी समूहका विषादी प्रयोग हुन्छ। यसमध्ये दुई समूहका करिब ४० प्रतिशत किटनाशक विषादी परीक्षण हुन्छ। बाँकी ६० प्रतिशत विषादी परीक्षण हुँदैन।  

तरकारीमा नमूनाको रुपमा इन्सेक्टिसाइड अन्तर्गतका अर्गानोफस्फेट मात्र परीक्षण हुने विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए।  विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालाले अर्गानोफस्फेट समूहका विषादीको परीक्षण गर्छ।

तरकारी तथा कृषिजन्य उत्पादनमा विषादी प्रयोग गर्ने भएकाले ती विषादीको अवशेष कति छ भनेर परीक्षण गर्नुपर्ने भए पनि सबै समूहको विषादी परीक्षण गर्ने नेपालमा संयन्त्र छैन। ६० प्रतिशत विषादीको परीक्षणसमेत नहुनुले तरकारीको विषादी प्रयोग हुन्छ।

विषादी मानव स्वास्थ्यका लागि घातक भए पनि तरकारीमा किरा तथा रोग नियन्त्रण प्रयोग हुने विषादीको परीक्षण नहुनुले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको देखिएको छ।  

अहिलेको संरचना निकै कम भएकाले अधिकांश तरकारीमा विषादीको मात्रा परीक्षण हुन सकेको छैन। प्रदेश सरकार र हरेक स्थानीय तहले प्रयोगशाला स्थापना गरेर परीक्षण गर्नुपर्ने आवाज उठे पनि हुन सकेको छैन। विषादीयुक्त तरकारी प्रयोगका कारण विभिन्न रोग लागेको चिकित्सक बताउँछन्।

किसानले उत्पादन गरेका तरकारीको परीक्षण नगरी बजारमा आउने गरेको छ। सरकारले विषादीको विषयमा गम्भीर हेलचेक्रयाइँ गरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। स्वास्थ्य तरकारी तथा खाद्यान्न उपभोग गर्ने उपभोक्ताको अधिकार सरकारले सुरक्षित गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। 
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस