बाढीले बगाएको सपना
०८ कार्तिक २०७८
•
३ मिनेट पाठ
बाढीले बगाएको सपना
बाढीले घरखेत बगाएपछि स्थानीय सरकार संग विलौना पोख्दै स्थानीय। तस्बिर: धनबहादुर/नागरिक
जुम्ला तिला गाउँपालिका ४ का कर्णबहादुर हमालले जुम्ला जाजरकोट जोड्ने सडक छेउमै घर बनाएका थिए। उनले त्यो टहरामा दैनिक उपभोग्य सामान राखेका थिए। उनको व्यापार आशा लाग्दो थियो। त्यो टहरा संगै उनले मिल खोलेका थिए। त्यो मिलले कुटानी पिसानी देखि काठ चिरानी सम्मको काम गरिरहेको थियो। तर कात्तिक १ गते भेरीखोलामा आएको बाढीले उनको घर बगायो। मिल पनि राखेन। अहिले उनी विस्थापित जस्तै छन्।  




उनी नजिकैको ओढारमा बसेर गुजारा चलाइरहेका छन्। कर्णले भने, ‘बाढीले खेत खेतै लग्यो। घर घरै बगायो। सुकुम्बासी बनायो। सपना सारा असफल बनायो। पसल बग्यो। खानेपिने अनाज,लत्ताकपडा, भाडाकुडा बगायो। नगद एक लाख ८३ हजार रुपैयाँ बग्यो।’ उनले भने, ‘परिवारको आर्थिक समृद्धिको लागि व्यवसाय जोडेको थिए। त्यही व्यवसाय बाढीले बगायो। अब दैनिक दुइ छाक टार्न समेत धौधौ भइसकेको छ। उनको ६ भारी खेत बाढीले बगाएको छ। एक हल पाखो बारी बाहेक केही छैन, उनले भने,'बाढीले उठिबास बनायो। कालापहाड गएर गुजारा चलाउनुको विकल्प छैन।'

उनले यो दुखमा साथ दिन हारगुहार मागिरहेको उनले बताए। सोही गाउँका रामप्रसाद चौलागाइको पसल बग्यो। पसल भित्र सामान धेरै थियो। पसलबाटै घरको जीविका चलेको थियो। विहान बेलुकीको एक छाक टार्न र एक सरो कपडा फेर्न यो पसलले काम गरिरहेको थियो। त्यही पसल बाढीले बगाउदा निकै समस्या भइरहेको छ। चौलागाइले भने, ‘यो पटकको बाढीले निकै क्षति गर्यो। उठ्न नसक्ने गरेर पछारिदियो। ’  

स्थानीय लालबहादुर नेपालीको जनता आवाज कार्यक्रमबाट बनेको घर थियो। त्यही घरमा खुद्रा सामान राखेर बसेका थिए। घर नै बाढीले बगाएपछि घरभित्रको सबै सामान बग्यो। अहिले उनलाई बस्न समस्या भइरहेको छ। उनले भने, ‘घरको नाम निसान छैन। भएका खेतबारी पनि बगे। अहिले सिंगो परिवार समस्यामा छौँ। ’

उनीहरु प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता कैयन स्थानीयको बाढीले खेत बगाएको छ। नैनबहादुर हमालले भने, ‘जनजीवन नै अस्तव्यस्त बनाउने गरि आएको बाढीले किसानका सपना बगायो। भोकमरी सिर्जना गरेको छ।’ बाढीबाट घर बगेका नागरिकलाई राहतको व्यवस्था गर्न राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत धनराज शाहीले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गरेको बताए। उनले भने,‘खेतबारी बगाएको बारेमा विवरण आउदै गर्ला तर घर बगेर विस्थापित भएकालाई न्युनतम आवश्यकता पुर्तिको सामाग्री दिनु आवश्यक देखिएको छ। यो स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने हुन्छ। ’

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जुम्लामा बाढीले २१ हेक्टर जमिनमा लगाएको धानबाली नष्ट गरेको बताए। उनले भने,‘२१ हेक्टरमा १३ हेक्टर जमिन कटान गरेर लगिसकेको छ। १३ हेक्टर पुरै बाढीले बगाएको छ। बाँकी जमिनमा लगाएको धानमा आंशिक क्षति पुगेको छ। ’

बाढीले पुयाएको क्षति एकिन गर्न कृषि प्राविधिक बाढी प्रभावित स्थलमा पुगेको उनले बताए। प्रमुख देवकोटाले भने,‘क्षतिको एकिन विवरण संकलनको लागि गाउँमा प्राविधिक खटाएका छौँ। प्राविधिक टोली फर्किसकेपछि मात्र कुन धानमा कति क्षति पुग्यो भन्ने बिषयमा भन्न सकिएला। ’

जुम्लाको तातोपानी गाउँपालिका र तिला गाउँपालिकामा बाढीले सबैभन्दा धेरै क्षति पुर्याएको हो। तातोपानी गाउँपालिकामा रहेको नेत्रज्योति माबि हाँकु भित्र बाढी पस्दा झण्डै एक करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। तत्काल विद्यार्थीको पठनपाठन हुन सक्ने अवस्था छैन। बाढीले विद्युत,मिल,घट्ट,पशुचौपाया,खेतबारी सबैमा क्षति पुगेको स्थानीय बताउँछन्।  
अर्को समाचार
कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना
१६ असोज २०८३
•
६ मिनेट पाठ
कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना
केही दिनअघिसम्म घर थिए। गोठ थिए। खेतबारी थिए। बालबालिकाको चहलपहल थियो। अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ।




पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन नै उल्टाइदिएको छ। वर्षौँको मिहिनेतले बनाएको घर। जोडेको धनसम्पत्ति। पालिएका गाईभैँसी सबै बाढीले बगाएको छ।

बेनी नगरपालिका-१ रत्नेचौर ढोडेनीकी निर्मला सापकोटाको परिवार लामो समयदेखि फर्सेमा बस्दै आएको थियो। यातायातको सुविधा थियो। कृषि उपज बिक्री गर्न सहज थियो। सोही कारण उनको परिवारले फर्सेलाई कर्मथलो बनाएको थियो।

समाजमा राम्रो आर्थिक हैसियत भएको परिवारका रूपमा चिनिएकी निर्मला अहिले आफू शून्यमा पुगेको महसुस गर्छिन्। 'पुर्ख्यौली घर रत्नेचौर भए पनि फर्सेमा व्यवस्थित घर बनाएर सुविधासम्पन्न जीवन बिताइरहेका थियौँ', उनले भनिन्, 'बाढीले शरीरमा भएको एकसरो कपडा र गोठका गाईवस्तुबाहेक सबै बगायो। ज्यान बच्यो, यही ठूलो कुरा हो।'

निर्मलाको आवाजमा पीडा छ। तर बाँच्ने साहस पनि छ। 'गरेर खानेका लागि गाँस, बास, कपास र ओत चाहिने रहेछ भन्ने अहिले महसुस भएको छ', उनले भनिन्।

फर्सेकै विष्णुकुमारी हमालको परिवारको कथा पनि उस्तै छ। व्यापार-व्यवसायका लागि धाइरिङबाट फर्से झरेको परिवारले चारवटा घर बनाएको थियो। उनका श्रीमान् डिलबहादुर क्षेत्रीले दूध उत्पादनका लागि शिव तरकारी तथा पशुपालन कृषि फार्म सञ्चालन गरेका थिए।

'गाईभैँसीलाई तातोपानीले नुहाइदिन गोठमा सोलार जोडेका थियौँ', विष्णुले भने, 'हाम्रो सुविधासम्पन्न घरगोठ भएको ठाउँमा अहिले कालीगण्डकी बगेको छ। पुरानो तस्बिरमा घर हेरेर चित्त बुझाउनुबाहेक केही बाँकी रहेन।'

निरन्तरको वर्षापछि कालीगण्डकीमा आएको बाढीले फर्सेका करिब एक सय परिवार प्रभावित भएका छन्। जलजला गाउँपालिकाका अनुसार ७५ घर बगेर पूर्ण रूपमा क्षति भएका छन्, २७ घर जोखिममा छन्। बाढीबाट विस्थापित ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन्।

घरबारविहीन परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए। 'ज्यान जोगिए पनि वर्षौँ मिहिनेत गरेर जोडेको घरघडेरी र धनसम्पत्ति गुमाएको पीडा धेरैमा छ', उनले भने।

पूर्वसूचनाले जोगायो ज्यान

फर्सेकी सङ्गीता शर्मालाई यही असोज १० गतेको रात अझै सम्झना छ। ठूलो पानी पर्ने सूचना आएपछि स्थानीय बासिन्दा केही दिनदेखि नै सतर्क थिए। तर कालीगण्डकी यति ठूलो भेलसहित बस्तीमा पस्ला भन्ने कसैले सोचेका थिएनन्।

असोज १० गते मध्यराति फर्से युवा क्लबका युवाले माइकिङ गरे। त्यसपछि सङ्गीतासहित धेरै परिवार घर छाडेर सुरक्षित स्थानतर्फ लागे। 'शरीरमा भएको कपडामात्रै लगाएर झरीमा भिज्दै रातको २ः०० बजे सडकमा निस्कियौँ', उनले भनिन्, 'गहना, अन्न, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा, नगद र महत्त्वपूर्ण कागजात घरमै थिए तर हामीसँग ज्यान जोगाउने समयमात्र थियो।'

गोठमा बाँधिएका गाईभैँसी फुकाएर भगाउनुपर्यो। घरभित्रका सामान निकाल्ने समय मिलेन। अहिले विस्थापित परिवार दिनमा एकपटक बाढीले बगाएको घर भएको ठाउँतिर पुग्छन्। भग्नावशेष हेर्छन्। विगत सम्झन्छन्। अनि भारी मन लिएर फर्किन्छन्। अस्थायी शिविरमा बसेका बिना, फूलमाया र सुकमाया विकको अवस्था पनि उस्तै छ। साथमा लगाएको कपडाबाहेक घरबाट केही निकाल्न सकिनन्।  

'आफ्नै घर भएको ठाउँमा कालीगण्डकी बगेको देख्दा मन भारी हुन्छ', उनीहरूको भनाइ छ। घर र गोठ डुबानमा परेका परिवार भने बाढीबाट बचेका सामान खोजिरहेका छन्। हिलो पखालिरहेका छन्। घाममा सुकाइरहेका छन्। बाँकी रहेको सामान सुरक्षित ठाउँमा सारिरहेका छन्।

बाढीले घरसँगै विद्यार्थीका कापी-किताब पनि बगायो। फर्से र बागलुङको ढोडेनी जोड्ने करिब १०० वर्ष पुरानो झोलुङ्गे पुल इतिहासमा सीमित गरिदियो। पुल बगेपछि म्याग्दी र बागलुङतर्फबाट फर्सेको जनकल्याण माध्यमिक विद्यालयमा आउने विद्यार्थीले घुमाउरो बाटो हिँड्नुपर्ने अवस्था आएको छ।

जलजला-८ का वडाध्यक्ष हरिविकास जिसीका अनुसार पूर्वसूचना र स्थानीयको सतर्कताका कारण मानवीय क्षति हुन पाएन। तर भौतिक क्षति अकल्पनीय भयो। वडाध्यक्ष जिसीको पुर्ख्यौली घर बाढीले बगाएको छ।

व्यापारिक केन्द्रबाट कृषि गाउँ

पञ्चायतकालमा फर्से व्यापारिक केन्द्रका रूपमा चिनिन्थ्यो। बागलुङ, मुस्ताङ र म्याग्दी ओहोरदोहोर गर्नेका लागि यो महत्त्वपूर्ण ठाउँ थियो। सडक विस्तारसँगै फर्सेको स्वरूप बदलियो। व्यापार-व्यवसायबाट स्थानीय बासिन्दा कृषि उद्यमतर्फ लागे। बेनी, कुश्मा र बागलुङ बजार नजिक भएकाले दूध र तरकारी उत्पादन यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत बन्यो।  

कालीगण्डकी करिडोरको मालढुङ्गा-बेनी सडकखण्डमा पर्ने फर्सेबाट सिजनमा दैनिक करिब ८०० लिटर र बेसिजनमा ६०० देखि ७०० लिटरसम्म दूध बिक्री हुने गरेको स्थानीय सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका सचिव खड्ग केसीले बताए।

सहकारीले ४० किसानबाट दूध खरिद गरी बागलुङ पुर्याएर बिक्री गर्दै आएको थियो। तर बाढीपछि किसानको अवस्था फेरिएको छ। 'गाईभैँसी पाल्ने ४० मध्ये आधाजसो किसान बाढीबाट प्रभावित भएका छन्', केसीले भने, 'बचाइएका गाईभैँसीलाई आहारा र दाना दिन नसक्दा दूध उत्पादन घटेको छ।' उनले बाढी प्रभावित किसानका लागि तत्काल पशु आहारा र दानाको व्यवस्था गर्नुपर्ने बताए।

बगर बनेको गाउँ फेरि उठ्ने विश्वास

स्थानीय टीकाराम क्षेत्रीका आँखामा अझै असोज ११ गते बिहानको दृश्य घुमिरहेको छ। बाढी बढ्न थालेपछि साँझ सुरक्षित रूपमा घर छाडेको थिए। बिहान फर्किँदा घर भेटिएन। 'उठ्दै गरेको फर्सेलाई बाढीले लडाइदियो', उनले भने, 'साहस गरेर फेरि उठ्नेछौँ। तर सरकारको साथ चाहिन्छ।'

फर्से टोल विकास संस्थाका अध्यक्ष रामु सुवेदीलाई पनि आफ्नो गाउँ फेरि उठाउन सकिन्छ भन्ने विश्वास छ। तर त्यसका लागि सुरक्षित बसोबास र नदी नियन्त्रण आवश्यक रहेको उनको भनाइ छ।

'यही ठाउँमा पक्की पर्खाल बनाएर नदी नियन्त्रण गरिदिए पेसा-व्यवसाय गरेर पुरानै अवस्थामा फर्किन सकिन्छ', उनले भने, 'हाम्रो बस्तीलाई बस्नयोग्य बनाइदिनुपर्यो। घर र घडेरी बगेकालाई बसोबासको व्यवस्था गर्नुपर्छ।'

उनले  पर्वततर्फ मात्र नभई म्याग्दी र बागलुङतर्फ पनि बस्ती संरक्षणको योजना बनाउनुपर्ने बताए। कालीगण्डकीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन रोक्नुपर्ने उनको माग छ। तत्काल संरक्षणका काम नगरिए कालीगण्डकीले धार परिवर्तन गरी थप बस्ती र सयौँ रोपनी खेतीयोग्य जमिन जोखिममा पार्नसक्ने सुवेदीको भनाइ छ। कोरलानाका जोड्ने सडक जोखिममा पर्नसक्ने उनले बताए।

पुनःस्थापनाको पर्खाइ

जलजला गाउँपालिकाले फर्सेका बाढीपीडितका लागि कर्मचारी खटाएर सचिवालय स्थापना गरेको छ। राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गरिएको छ। जलजलाको फर्सेसहित ताङवाङ, लामाखेत, पालसिङलगायत धेरै ठाउँमा बाढीपहिरोले क्षति गरेको छ। प्रभावित परिवारलाई परिचयपत्रसमेत वितरण गरिएको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए।

बिहीबार स्वास्थ्य शाखाको आयोजनामा मनोसामाजिक परामर्शसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। जनप्रतिनिधि र कर्मचारीको १४ वटा समूह बाढीपहिरोले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न खटिएका छन्।

फर्सेवासीका लागि दीर्घकालीन सुरक्षित बसोबास, पुनर्निर्माण र बस्ती संरक्षणको योजना आवश्यक रहेको अध्यक्ष आचार्यले बताए। त्यसका लागि सङ्घीय र प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको उनले  जानकारी दिए।

मङ्गलबार फर्सेको निरीक्षणमा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनर्निर्माण र पुनस्र्थापनामा सरकारले साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए। कालीगण्डकीको भेलले फर्सेको रूप बदलिदिएको छ। घरका ठाउँमा भग्नावशेष छन्। गोठका ठाउँमा बगर छ। आँगनका ठाउँमा नदीको धार छ।

फर्सेका बाढीपीडित चन्द्र दर्जीको मनमा एउटा विश्वास अझै बाँकी छ-'बाढीले घर बगाउन सक्छ, सपना होइन। हामी आफ्नै गाउँमा श्रम र पसिनामा उठ्न चाहान्छौँ', उनले भने, 'सुरक्षित बास, संरक्षणको भरोसा र पुनस्र्थापनामा सरकारको साथ आवश्यक पर्छ।'
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस