नियन्त्रणमा आएन मान्छे खाने बाघ
०६ कार्तिक २०७८
•
२ मिनेट पाठ
नियन्त्रणमा आएन मान्छे खाने बाघ
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत  राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन।




उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए। मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले राजमार्गभन्दा करिब १५० मिटर उत्तरतर्फ एउटा पाडो बाँधेर राखेको थियो। अहिले ती बाघ गाभर र सौरीबीचकै जङ्गलमा घुमिरहेको निकुञ्ज कार्यालयले जनाएको छ।

पाडोलाई बाघले मारेर खाएको निकुञ्जले जनाएको छ। आहाराका लागि पाडो खान आएको बाघलाई लठ्याएर नियन्त्रणमा लिने निकुञ्जले योजना बनाएको थियो। निकुञ्जका रेन्जर राजन पण्डितले नियन्त्रणमा लिन समस्या भइरहेको बताए।

“बाघले पाडो मारेर खाएको छ, बाघमाथि निगरानी बढाएका छौँ”, उनले भने। पाडो मार्न आएका दुई बाघ क्यामेरामा कैद भएका छन्। बाघले थप घटना गर्न सक्ने भएकाले अहिले पनि निकुञ्जका दुई घरपालुवा हात्ती गाभरमै राखिएको छ। यस्तै नेपाली सेना र निकुञ्जका कर्मचारी दैनिकरूपमा खटिएका छन्। ठाउँ–ठाउँमा क्यामेरा जडान गरी हात्तीसहित सेना र कर्मचारी बाघको निगरानी गर्न खटिएका छन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ अझै त्यस क्षेत्रमा रहेकाले पूर्वपश्चिम राजमार्गमा रातको समयमा साना सवारी साधनलाई आवतजावत गर्न पूर्णरूपमा रोक लगाइएको बताए। निकुञ्जले बाघ नियन्त्रणमा लिन दुई खोर तयारी अवस्थामा राखेको छ। गत आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा ४५ वर्षीय पुरुषको पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो।

मान्छेलाई आक्रमण गर्नु अघि पाटेबाघले गाउँमै पसी एउटा गाई र एउटा बाछो मारेका थिए। पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जको उत्तरतर्फ बबई र दक्षिणपूर्वमा राप्ती नदी बगेको छ। निकुञ्जका कतिपय क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर समेत रहेको छ।
अर्को समाचार
हिंस्रक बाघ नियन्त्रणमा आएन
०३ असोज २०७८
•
३ मिनेट पाठ
हिंस्रक बाघ नियन्त्रणमा आएन
राप्तीसोनारी गाउँपालिका–१, गाभारस्थित बाँके राष्ट्रिय निकुञ्ज नजिकै मिथुन केसीको घर छ। हप्तादिनदेखि उनको परिवार घरमा सुःख शान्तिका साथ बस्न सकेको छैन। हिंस्रक बाघ यताबाट आउँछ कि उताबाट आउँछ भन्दै त्रासका बीच उनीहरुको दैनिकी बितिरहन्छ। 




निकुञ्जमा मान्छे खाएको हिंस्रक बाघ घुमिरहेको देखिँदा उनीहरु जस्तै गाभार र निकुञ्ज आसपासका बासिन्दा त्रसित भएका छन्। बाँके राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिने अनेक प्रयास गरे पनि मान्छे खाने बाघलाई नियन्त्रण गर्न नसक्दा यहाँका बासिन्दाहरु त्रसित भएका हुन्।

फेरि बाघ आएर मान्छेलाई खाने हो की भन्ने डरले गाउँ त्रसित भएको छ। अहिले आफूहरु घर बाहिर निस्किन समस्या भएको स्थानीयको भनाइ छ। निकुञ्जले बाघ नियन्त्रण गर्न निकुञ्जमा बाघलाई आहारासमेत दिएको छ। तर बाघले उक्त आहारा नखाँदा नियन्त्रणमा लिन समस्या भएको छ। 

‘बाघ कतिबेला आउँछ भन्ने डरले दैनिक कामकाज प्रभावित भएका छन्,’ स्थानीय चन्द्र लामाले भने, ‘एक्लै हिँड्डुल गर्न र काममा निस्कन सकिएको छैन।’ बाघ भदौ २९ गते गाभार नजिकै जंगलमा देखिएको थियो। त्यसयता बाघ नदेखिए पनि सडक ओहोरदोहोर गरिरहेका हुन सक्ने स्थानीयको आँलकन छ। बाघ नियन्त्रणमा नआउँदा गाउँनै त्रसित भएको अर्का स्थानीय झुपबहादुर विष्ट बताउँछन्।

‘बाटो घाटोमा एक्लै हिँड्न सक्ने स्थिति छैन,’ उनी भन्छन्, ‘घरमा पनि एक्लै बस्न गाह्रो छ।’ बाघ नियन्त्रणमा आएको भए त्रास कम हुने उनको भनाइ छ। ‘दिउँसो गोठालो गएको मान्छे साँझ घर फर्किन्छ कि फर्किंदैन भन्ने भइसक्यो,’ उनले भने, ‘बस्तीको छेउछाउमै बाघ आउन थालेपछि हामी त्रसित छौं।’ दिउँसो मात्रै होइन, राति पनि शौच गर्न निस्किँदा पनि डर हुने गरेको उनको भनाइ छ।

गत आइतबार राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित गाभारमा ४५ वर्षीय पुरुषलाई पाटेबाघ खाएको थियो। त्यसको भोलिपल्ट ती पुरुषलाई आधा शरीर बाघले खाएको अवस्थामा स्थानीयले भेटाएका थिए। त्यसपछि बाँके राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिन अनेक उपाय गरेको छ। निकुञ्जले बाघ नियन्त्रणमा लिन ६ वटा सेन्सर क्यामेरा जडान गरेको थियो भने दुईवटा घरपालुवा हात्तीसहित ठूलो संख्यामा नेपाली सेना परिचालनसमेत गरेको छ। आहारासमेत नखाँदा बाघ नियन्त्रणमा लिन समस्या भएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ।  

राजमार्गको दुवैतिर वनजंगल भइ पाटेबाघलगायतका हिंस्रक वन्यजन्तु ओहोरदोहोर गर्नुको साथै बस्तीमा समेत निस्किने सम्भावना भएको, यस्ता वन्यजन्तुले मानिसलाई आक्रमण गरी घाइते बनाउने तथा मार्ने सम्भावना भएको हुँदा सर्वसाधारणहरु सचेत हुनेपर्ने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जनाए। 

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने त्यस क्षेत्रमा स्थानीय मानिसहरु च्याउन संकलन गर्न, घाँस दाउरा संकलन गर्न निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा प्रवेश गर्ने गरेको पाइएकोले पाटे बाघलगायतका हिंस्रक वन्यजन्तुबाट आक्रमण हुनसक्ने सम्भावनालाई रोक्न स्थानीय सजग हुनुपर्ने उनको भनाइ छ। सेन्सर क्यामेरामा पनि उक्त बाघ नदेखिएको उनको भनाइ छ। ‘प्रयास गरिरहेका छौं,’ उनले भने, ‘देखिनासाथ हामी नियन्त्रण गर्ने तयारी गरेका छौं।’

बाघ जंगलभित्रै रहेकाले अहिले त्यति धेरै जोखिम नभएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए। ‘मान्छे खाएको बाघ गाउँमै पसेर मान्छे लतारेर खाएको होइन,’ उनले भने, ‘मान्छे साँझपख जंगल छेउमा गएकाले खाएको हो।’ बाघ जंगलमा आहारा र सुरक्षित बास स्थान भएन भने बस्ती पस्ने भन्दै उनले भने, ‘निकुञ्जमै बाघलाई पर्याप्त आहारा र बास स्थान छ।’ उक्त घटना पछि गाउँमा सरसफाइ अभियान चलाइएको उनका भनाइ छ। घर वरिपरिका बुट्यानमा कहिलेकसो रातिमा बाघले बासस्थान सम्झेर बस्न खोज्दा जोखिम हुने भन्दै सरसफाइ अभियान चलाइएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ।

स्थानीय प्रशासनले पूर्व–पश्चिम राजमार्गको शिवखोलाखण्डमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म पैदल, मोटरसाइकल, साइकल यात्रा गर्न रोक लगाएको छ। दिउँसो पनि समूह बनाएर वा ठूला सवारी साधनको बीचमा पठाउने गरिएको छ। हाल बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ छन्।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ११ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस