खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणण लिएर दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जनामाथि प्रहरीले आपराधिक प्रवेश र आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। सिके राउतको जनमत पार्टीका १७ जनाउपर आपराधिक प्रवेश र आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप गराउन जिल्ला अदालत धनुषामा पेश गरीएको धनुषा प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
डीएसपी बस्नेतका अनुसार प्रमुख कुशवाहामाथि दुर्व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिकांश सिरहा, सर्लाही र महोत्तरीका मानिस छन। मुद्दा दर्ता गरिएकामा जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेशकुमार यादव, अमरनाथ साह र सुन्दर रहेको डीएसपी बस्नेताले बताए।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा टोलमा जनमत पार्टीका अध्यक्ष राउत बस्छन्। यो बाटो दुरुस्त पारिदिन जनमत पार्टीले ज्ञापन पत्र समेत बुझाएको थियो। तर, ठेक्का मार्फत काम भैरहेको उक्त सडक दुरुस्त हुन समय लाग्ने जवाफ फर्काएपछि जनमतका कार्यकर्ता चिढिएका थिए। आफ्नो कुरा नमानेको झोंकमा जनमतका कार्यकर्ताहरु प्रमुख कुशवाहामाथि उनका कार्यकर्ताले दुव्र्यवहार गरेका थिए।
पक्राउ परी मुद्दा चलाइएका १७ जना दोषि ठहर भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ मा आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरको व्यवस्था गरिएको छ। दफा ३ मा भनिएको छ,‘ (ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिएदेखि बाहेक अरु कुनै काम गरी आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानि, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना’ व्यवस्था गरिएको छ।
संहिताअनुसार हूल हुज्जत गरी वा नगरी अनधिकृत रुपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिइ प्रवेश गरेमा वा अनुमति लिइ प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरी रहेमा निजले आपराधिक प्रवेश गरेको मानिनेछ।
कसैले कसैको सम्पत्तिमा आपराधिक प्रवेश गर्न वा गराउन नहुने प्रावधान छ। जुन व्यक्तिको स्वामित्व वा कव्जामा सम्पत्ति रहेको छ त्यस्तो व्यक्तिलाई डरत्रास देखाउने, अपमान गर्ने गर्न हुँदैन। कुनै सरकारी कार्यालय वा मानिस बसोबास गरेको घरमा प्रवेश गरेको भए छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ।
कर्मचारी ट्रेड युनियनद्वारा कारबाहीको माग
नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहमाथि सिके राउतका कार्यकर्ताले गरेको दुव्र्यवहारप्रति भत्र्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। युनियनले अर्धनग्न बनाएर नगर परिक्रमा गराउनु गैरकानुनी र अराजकता भएको भन्दै विरोध गरेको छ। आधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष देवेन्द्र मिश्रले कुनै राष्ट्रसेवक कर्मचारीले गल्ती गरेमा उसलाई दण्डित गर्ने कानुनी प्रावधान हुँदाहुँदै सिके राउतका कार्यकर्ताले कानुन नै हातमा लिएर गुन्डा शैली देखाउनु अराजकता भएको बताए।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले अपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी कारवाही हुने बताए। राष्ट्रसेवक कर्मचारीमाथि गरिएको यो घटना अपराधिक मात्र नभई अमानवीय पनि हो। समस्या भए शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्नेमा उनीहरूले जे गरे त्यो भत्र्सनायोग्य र अमानवीय छ, उनले भने।
राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ ले अलगाववादी नारा त्यागेको जनाउँदै २०७५ फागुन २४ गते सरकारसँग सम्झौता गर्दै मूलधारको राजनीतिमा अवतरण भएका थिए। त्यसपछि राउतले जनमत पार्टी गठन गरेका थिए। त्यो बेला नेपालको कानून र संविधान अनुसारको राजनीतिक गतिविधि गर्ने प्रतिवद्धता गरेका राउत नेतृत्वको जनमत पार्टी जनकपुरमा कानून हातमा लिने प्रयास गरेपछि चौतर्फी आलोचना भैरहेको छ।
कर्मचारीले गल्ती गरेको छ भने त्यसलाई सजाय दिने धेरै निकाय छन्। तर, एउटा राजनीतिक दलका कार्यकर्ताले आफ्नो हातमा कानुन लिएर अराजकता गर्नु भएन। भूमिगत शैलीमा कर्मचारीलाई हातपात र कार्यालयमा तोडफोड गर्नु उचित होइन। घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीका लागि पेसागत संघ संगठनले माग गरेका छन्।