ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु
०३ कार्तिक २०७८
•
५ मिनेट पाठ
ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु
धरानमा घरमाथि खसेको पहिरो। तस्बिर सौजन्यः इलाका प्रहरी कार्यालय, धरान
मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। 

वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्।  

डोटी संवाददाताका अनुसार अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा घर भत्किँदा आठजनाको मृत्यु भएको छ। जोरायल गाउँपालिका–४, सयगडामा मंगलबार दिउँसो दुई घर भत्किँदा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

सयगडामा ४२ वर्षीय शेरबहादुर विकको घर भत्किँदा उनी, उनका १८ वर्षका छोरा मोहन, १२ वर्षकी छोरी पवित्राको मृत्यु भएको छ। मामाघर आएका १६ वर्षका रविन विकको पनि घरले च्याँपेर मृत्यु भएको छ। घटनाबारे पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए। 

यसैगरी, सोही ठाउँमा पहिरोले घर पुर्दा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको जनाइएको छ। उनकी पत्नी घाइते भएकी छन्। त्यस्तै, मंगलबार दिउँसो पहिरोसँगै आएको ढुंगाले लागेर शिखर नगरपालिका–११ की ३६ वर्षीया एक महिलाको मृत्यु भएको छ। उनको उपचारका क्रममा दिपायलस्थित सुजंग अस्पतालमा मृत्यु भएको हो ।

डोटीकै सायल गाउँपालिका– ६ मा सोमबार राति पहिरोले घर पुर्दा वीरबहादुर कुन्जेडाका छोरा १४ वर्षीय सागर र ११ वर्षीय आशिषको मृत्यु भएको थियो। सो घटनामा तीनजना घाइते भएका छन् ।

धनगढी संवाददाता दिलबहादुर छत्यालका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भातकाँडामा पहिराले घर पुर्दा ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको छ। बैतडीको शिवनाथ गाउँपालिका–६ मा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ।  

१८ वर्षीया पवित्रा पार्की, २४ वर्षीय भानु पार्की र ३ वर्षीय सोम पार्कीको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परी ५ जना घाइते भएका छन् ।

यस्तै बझाङको थलारा गाउँपालिका डिक्लाको सितल भन्ने स्थानमा पहिरोले ७ घर पुर्दा २३ जना बेपत्ता भएको स्थानीयले बताएका छन। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता विक्रम चन्दले मंगलबार बिहान ५ बजेतिर उक्त स्थानमा पहिरो जाँदा सार्की थरका १९ परिवारको घर र पार्की थरका ५ परिवारको घरमा क्षति पुगेको बताए। उनका अनुसार सात घर पहिरोले पूरै पुरेको छ। विस्थापितलाई स्थानीय विद्यालयमा राखिएको छ ।

यसैगरी कैलालीमा ३ जना बेपत्ता भएका छन्। लम्कीचुहा नगरपालिका वडा नं. ३ का ६१ वर्षीय खड्कबहादुर घर्तीमगर, ३५ वर्षीय विक्रम घर्तीमगर र २६ वर्षीय खड्क रानामगर कर्णालीमा माछा मार्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। 

विभिन्न बस्तीमा बाढी पस्दा हजारभन्दा बढी नागरिक विस्थापित भएका छन्। महाकाली नदीको बाढी बस्तीमा पस्दा दोधारा चाँदनीका कुतिया, कभर, शान्ती टोल, बैडीफाटा, निशान टोली र भीम दत्त नगरपालिकाका ओदाली र ऐरीमा गरी एक हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। यसैगरी कर्णाली नदी गाउँ पसेर जानकी गाउँपालिका र टीकापुरमा सयभन्दा बढी विस्थापित भएका छन् ।

बैतडीको सिगास गाउँपालिका–५ को ढुुङ्गाडमा सेती नदीमा आएको बाढीका कारण १० परिवारका करिब ६० जना नदीको बीच भागमा फसेका छन्। उनीहरूलाई हेलिकोप्टरको सहयोगले उद्धार गर्न खोजिए पनि मौसमका कारण सफल हुन नसकेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका सबै सडक अवरुद्ध भएका छन्। दुर्गम बस्तीमा प्रहरी पुग्न नसकेको, टेलिफोन सेवा अवरुद्ध भएको र वर्षा जारी रहेकोले बाढीपहिरोले पुर्‍याएको क्षतिको सबै विवरण आउन सकेको छैन। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता चन्दले राजमार्ग अवरुद्ध हुदाँ दर्जनौं सवारीसाधन र सयौं यात्रु अलपत्र परेको बताए। डोजर लगाएर सडक खोल्ने कार्य भइरहेको तर लगातारको वर्षाले पुनः अवरुद्ध हुने समस्या आएको उनले बताए ।

सुर्खेत संवाददाता नगेन्द्र उपाध्यायका अनुसार कर्णालीमा पनि वर्षाका कारण जनजीवन प्रभावित भएको छ। पहिरोले घर पुर्दा कालिकोटको महावै गाउँपालिका–७, राम्नीमा १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ। यसैगरी, जुम्लामा हिमा नदीको बाढीले बगाएर ल्याएका दाउरा निकाल्ने क्रममा हिमा गाउँपालिका–६ की ३३ वर्षीया रम्ता शाहीको बगेर मृत्यु भएको छ ।

धरान संवाददाता रोहित राईका अनुसार अविरल वर्षाका कारण धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गमा पहिरोले एक घर पुरिँदा २ जनाको ज्यान गएको छ। स्थानीय निसान राईको घर मंगलबार दिउँसो करिब २ बजेतिर पहिरोले पुरिँदा भित्र खेलिरहेका ८ वर्षकी छोरी निसु र ४ वर्षका छोरा निहानको मृत्यु भएको हो। 

करिब डेढ घण्टापछि प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले घटनास्थलबाट दुईजनाको शव निकालेको थियो। वर्षा भइरहेकाले उद्धारमा ढिलाइ भएको थियो।  

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार दुवैजनालाई मृत अवस्थामा निकालिएको थियो। ‘दुवै शव निकालेर बिपी प्रतिष्ठान पठाएका छौं, दुवैको मृत्यु भइसकेको छ,’ डिएसपी कुँवरले भने। पहिरो खस्दा घरमा आमाबुवा पनि थिए। उनीहरू सशकुल छन्। डाँडो काटेर राई परिवारले एकतले घर बनाएका थिए। कुनातिरको डाँडोबाट पहिरो खसेर घर पुरिएको थियो।  

प्रहरीका अनुसार पहिरोबाट अन्य २ घर पनि जोखिममा छन्। ती घरका मानिसलाई सुरक्षित स्थानमा सारिने प्रहरीले जनाएको छ। ‘थप २ घर जोखिममा छन्, ती घरका मानिसलाई छिमेकीको घरमा बस्न भनेका छौं,’ वडा १३ स्थित अस्थायी प्रहरी चौकीका एक जवानले मोबाइल सम्पर्कमा भने। 

घटनास्थलमा नेपाल रेडक्रस सोसाइटी सुनसरीको टोली पुगेको छ। विस्थापित परिवारलाई आवश्यक त्रिपाललगायत राहत सामग्री पठाइएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले जानकारी दिए ।
अर्को समाचार

हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ

डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस