सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु
३१ असोज २०७८
•
१ मिनेट पाठ
सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु
असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ। १७  गम्भीर र छजना सामान्य घाइते भएका छन्।  सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन्। दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन मोटरसाइकल ११ छन्। यस्तै जीप, कार दुई, ट्र्याक्टर एक र बस एक छन्।  




चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ। साथै दसैँका समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।  

साना सवारी चालकले लापर्बाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्नेजस्ता कारण, सडक साँघुरा र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताउए। उनले भने, “चाडपर्वको बेला सबैलाई समयमा गन्तव्यमा पुग्न हतार हुन्छ, सडकको खराब अवस्थाले पनि दुर्घटना निम्त्याउने गर्दछ।” 
अर्को समाचार
७ बजे ७ प्रदेश: पूर्वमन्त्रीको निर्माण कम्पनीले गर्न सकेन सडक निर्माण
२५ भदौ २०८०
•
२ मिनेट पाठ
७ बजे ७ प्रदेश: पूर्वमन्त्रीको निर्माण कम्पनीले गर्न सकेन सडक निर्माण
सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढीका मुख्य बजार लगायतका सडकमा ओहोरदोहोर गर्न सर्वसधारणलाई सकस भएको छ। कालिका कन्ट्रक्सन प्राईभेट लिमिटेडले तीन पटक म्याद थप हुदाँ पनि काम सम्पन्न नगर्दा सडकयात्रु मर्कामा परेका हुन्।




पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेको निर्माण कम्पनिले निर्माण गरिरहेको सडक समयमै निर्माण नहुँदा समान्य बर्षामा समेत सडक हिलाम्मे हुने गरेका छन् भने अघिपछि धुलाम्य हुने गर्छन्।

सडकमा भएका खाल्डाखुल्डीका कारण विद्युतीय रिक्सा लगायतका सवारीसाधनमा यात्रा गर्दा निकै समस्या हुने गरेको सर्वसधारणको गुनासो छ। ‘मुख्य बजारमै वर्षाले सडक हिलाम्य भएर मोटरसाईकलमा ओहोरदोहोर गर्दा पाईन्ट नै हिलो नै हिलो भयो, अघिपछि धुलोले हिड्न सकिन्न’, स्थानीय तुलाराम चौधरीले भने।

सडक भरी खाल्डैखाल्डाले रिक्सामा यात्रा गर्दा उफ्रिएर समस्या हुने गरेको सर्वसधारण बताउँछन्। ठेकेदारले समयमै काम नगरी मुख्य बजारकै काम अलपत्र पारेर सडकको बेहाल हुदाँ व्यापार व्यवसायमा पनि धेरै असर परेको व्यवसायीको गुनासो छ।

एसियाली विकास बैकंको सहुलियत कर्जामा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा १० दशमलव ६८ किलोमिटर सडक कालोपत्रे गर्न कालिका कन्स्ट्रक्सन प्रा.ली.ले ७६ करोड ९० लाख र ७६ हजार ५ सय ३६ लागतमा ठेक्का लिएको थियो।

सन २०२० जुलाई १२ मा सम्झौता गरेको उक्त कम्पनीले सम्झौता अनुसार सन २०२२ जुलाई ४ मा काम सम्पन्न गरिसक्नु पर्ने थियो। तर समयमा आधा काम पनि पुरा गरेन।

सम्झौता अनुसार काम सम्पन्न नगरेको निर्माण कम्पनीलाई जरिवाना हुनुपर्नेमा राजनीतिक र आर्थिक पहुँचका आधारमा सहजै म्याद थपियो। म्याद सकिएपछि तीन पटक म्याद थप गरिएको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीका इन्जिनियर सौरभ कलौनीले बताए। अगामी अक्टोबर ३१ गते तेस्रो पटक थप गरिएको म्याद अवधि पनि सकिन लागेको छ। तर काम भने उक्त समयावधि भित्र नसकिने निश्चित छ।

धनगढीको मुख्य बजार सडक लाइन चौराह देखि कैलाली नाला सम्मको १ हजार ३ सय ८० मिटर कालोपत्रे, नाली निर्माण लगायतको काम बाँकी रहेको इन्जिनियर कलौनीले बताए। यसै गरी धनगढीका ८ सडकमा गरेर १० दशमलव ६८ किलोमिटर मध्य ७ दशमलव ३ किलोमिटरमा कालोपत्रे लगायतको काम सम्पन्न भएको उनले बताए।

धनगढीलाई सुन्दर र नमुना बनाउने अभियान लिएका धनगढी उपमहानगरपालिका नगर प्रमुख पनि कालिका कन्स्ट्रक्सले गरेको काम प्रति असन्तुष्ट रहेका छन्।

थप समाचारका लागि तलको भिडियो हेर्नुहोस:

गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस