दशैँको अवधिभरि नौ रातसम्म मनाइने झिँझिया अब रौतहटबाट लोप हुन थालेको छ। सायदै कुनै गाउँमा झिझिया खेलेको देखिन्छ। कतै खेलिन्छ भने अब साना नानीहरुको खेलौना वा क्षणिक रमाइलोजस्तो केही बेर मात्र। पहिलेजस्तो मध्यरात ढल्किँदासम्म गाउँका युवतीहरु झिझियाको गीत र नृत्यमा रमाएको अब कतै पनि देखिँदैनन्।
झन्डै लोपोन्मुख अवस्थामा पुगेको झिझियालाई रौतहटको गौर नगरपालिकाकी उपमेयर किरण ठाकुर आफैंले प्रोत्साहन दिन थालेको देखिएको छ। गत वर्षको दशैँमा झिझिया खेलेर प्रोत्साहन दिएकी उपमेयर ठाकुर यस वर्ष पनि झिझिया खेल्दै गरेको फोटो सार्वजनिक भएको छ।
उपमेयर ठाकुरले आफ्नो गाउँमा झिझिया खेल्नेहरुलाई निरन्तर प्रोत्साहन दिएकी छन्। उपमेयर ठाकुरको प्रोत्साहनले गाउँमा झिझियाले अस्तित्व जोगाउने मौका पाएको स्थानीयहरुको भनाइ छ। आफ्नो परम्परागत पहिरनमा परम्परागत झिझियालाई टाउकोमा बोकेर झिझिया खेल्नेहरुसित खेलेर रमाइलो गर्दै उपमेयर ठाकुरले झिझियालाई प्रोत्साहन दिएकी हुन्।
उपमेयर ठाकुरले झिझियालाई लोप हुन नदिनुपर्ने बताएकी छन्। आफ्नो संस्कृतिको एउटा विशिष्ट परम्पराको रुपमा रहेको झिझियालाई बचाउन समाजका सबै वर्गको योगदान हुनुपर्ने र आफूले सकेको योगदान दिइरहेको उनको भनाइ छ। झिझियाको गीतमा रहेको अन्धविश्वास र अन्य नकारात्मक पक्षलाई हटाएर झिझियालाई आगामी सन्ततिको लागि बचाउनु आवश्यक रहेको उपमेयर ठाकुरको भनाइ छ।
उपमेयर ठाकुरले झिझियालाई प्रोत्साहन दिन थालेपछि बिस्तारै अन्य गाउँमा पनि झिझियाले प्रोत्साहन पाएको गौरकी सुनयनादेवीको भनाइ छ। झिझियाले जति प्रोत्साहन पाउनु पर्ने हो त्यत्ति स्थानीय सरकारले दिन नसकेको भनी गुनासो गर्दै सुनयनादेवीले उपमेयर ठाकुरको काम सराहनीय भएको बताएकी छन्।
उपमेयर ठाकुरले जस्तै अन्य पालिकाका जिम्मेवार पदाधिकारीले सामाजिक सम्पत्तिको रुपमा रहेको झिझियालाई जोगाउने प्रयास गर्न ढिलो भइरहेको बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष साहित्यकार किशुनदयाल श्रीकृष्णको भनाइ छ।