कास्की र स्याङजामा भएका जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। पोखराबाट पर्यटकीय गाँउ कास्कीको घान्द्रुक हिँडेको जीप घान्द्रुकको कलाभीरमा दुर्घटना हुँदा चालक सहित आठजनाको मृत्यु भएको हो। दुर्घटनामा एकजना घाईते भएका छन्।
सोमबार दिउँसो पोखराको हरिचोकबाट घान्द्रुकको लागि प्रस्थान गरेको ग १ ज ६९०० नम्बरको जीप दिउँसो करीब साढे दुईबजे दुर्घटनामा परेको हो। जिल्ला प्रहारी कार्यालय कास्कीका डिएसपी सुवास हमालका अनुसार जीपमा नौजना सवार थिए। एकजना सामान्य घाईते भएका छन् । जीप सडकबाट करिब दुईसय मिटर तल खसेको छ।
यद्यपी स्थानीयको भनाई अनुसार चालकसहित आठजनाको घटनास्थलमै मृत्यु भएको छ । तर प्रहरीले भने यात्रु घाइते मात्र रहेको बताएको छ। आठजना घान्द्रुक घुम्न गएका आन्तरिक पर्यटक भएको अनुमान गरिएको छ। यद्यपी पूर्ण जानकारी भने प्राप्त भईसकेको छैन् । प्रहरी र स्थानीय बासिन्दा उद्दारमा जुटिरहेका छन । घान्द्रुकका पर्यटन व्यवसायी किसम गुरुङका अनुसार गाउँ पुग्नु भन्दा करिब २० मिनेट तलै जीप दुर्घटनामा परेको हो।
यसैगरी स्याङजाको वालिङ नगरपालिका –१० मोदीखोला भित्री सडक खण्डमा वालिङबाट लाखुडाँडा तर्फ जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ। १५ जना घाईते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो।
घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए। सडकदेखि करिब २०० मिटर तल खोँचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र जीपमा दुई जनाको शव फेला परेको उनले बताए। ‘हिजो राति पोखरेबगरबाट छुटेको जीप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भिरमा अड्किएको अवस्थामा फेला परेको हो’, उनले भने।
प्रहरी नायब उपरीक्षक मदन कुँवरले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव सङ्कलन, पहिचान र अनुसन्धान थालेको जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...