राजमार्गमा बाघको ‘राज’
२३ असोज २०७८
•
४ मिनेट पाठ
राजमार्गमा बाघको ‘राज’
२८ भदौमा बाँकेको राप्ती सोनारी १ गाभरमा पाटे बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भयो। बेलुका पख महेन्द्र राजमार्ग छेउमा निस्केका ति भारतीय नागरिकलाई बाँके राष्ट्रिय निकुन्जबाट निस्केको बाघले आक्रमण गरेको थियो। अर्को दिन ति व्यक्तिको बाघले खाएको अवस्थामा आधा शरीर मात्रै फेला पर्यो।  




केही दिनअघि त्यहि स्थानमा तीन जना गाउँले बाघको आक्रमणबाट धन्न जोगिए। भैँसी चराउन पुगेका उनीहरु नजिकै बाघ देखियो। उनीहरु आक्रमणको डरले रुखमा चढे। बाघको आक्रमणबाट स्थानीयलाई जोगाउन निकुन्जले प्रयोग गरेका हात्तीले ति तीनजनाको सकुशल उद्धार गरे।  

‘भैँसी चराउन पुगेका गाउँलेहरुले बाघ देखेपछि उनीहरु रुखमा चढे, बाघ पनि नजिकै आयो, शायद त्यो बेला बाघले आक्रमण गर्न सक्थ्यो’, बाँके राष्ट्रिय निकुन्जका प्रमुख श्याम शाहले भने, ‘त्यहाँ बाघको असुरक्षा रहेकाले निकुन्जले त्यहिँ राखेका हात्तीको प्रयोग गरेर उहाँहरुको उद्धार भयो।’ हात्ती प्रयोग गरिएपछि बाघ ति व्यक्तिहरु भएको स्थान छोडेर भैँसी तर्फ कुदेको थियो।  

पछिल्लो समय पूर्व-पश्चिम महेन्द्र राजमार्ग क्षेत्र बाघका कारण असुरक्षित बन्दै गईरहेको छ। यो राजमार्गमा दिनहुँ जसो बाघ देखिने गरेको छ। यसर्थ बाघले ‘राज’ जमाएको बाँकेको पूर्व पश्चिम महेन्द्र राजमार्ग मानवीय असुरक्षाको मार्ग बन्दै गएको छ। ‘राजमार्ग क्षेत्र बाघबाट असुरक्षित बन्दै गईरहेको छ, यो साँचो हो,’ शाहले भने, ‘यसर्थ हामीहरु राजमार्गमा धेरै भन्दा धेरै सचेत बन्नु पर्ने बेला भएको छ।’

२८ भदौमा मान्छे खाएको गाभर क्षेत्रको राजमार्ग अँझ धेरै असुरक्षित छ। बाँके राष्ट्रिय निकुन्जका अनुसार त्यो क्षेत्र बाघको बसोबासका लागि उत्तम क्षेत्र हो। ‘त्यहाँ बाक्लो जंगल, अनि खहरे खोलामा पानीको सहज उपलब्धता रहेकाले पनि बाघले त्यो क्षेत्रलाई आफ्नो बसोबासका लागि सुरक्षित मानेको छ,’ शाहले भने, ‘त्यो क्षेत्रमा बाघको जोखिम बढी रहेकाले त्यहाँ थप सचेतना अपनाउनु जरुरी छ।’

राजमार्गको उत्तर तर्फ निकुञ्ज र दक्षिण तर्फ पनि घनाजंगल रहेकाले बाघका राजमार्ग पार गर्दै वारी पारी तर्फको जंगलमा आउजाउ गरिरहन्छ। यो बेलामा राजमार्गमा हुन सक्ने मान्छेसंगको जम्काभेट खतरा बन्न सक्ने शाह बताउँछन्। ‘राजमार्गको उत्तर र दक्षिण तर्फ बाघ बस्ने घनाजंगल छ,’ उनले भने, ‘बाघ यो दुई तर्फको जंगलमा आउजाउ गरिरहन्छ, र यो बेलामा मान्छेसंग हुन सक्ने जम्काभेट खतरा बन्न सक्ने हुन्छ, यसर्थ यो बेलामा राजमार्गमा धेरै सचेत बन्नु पर्छ।’  

यति मात्रै हैन, राजमार्गमा जंगली जनावरबाट सुरक्षित रहनका लागि अपनाईनु पर्ने सुरक्षाको भौतिक पाटो पनि शून्य रहेकाले महेन्द्र राजमार्ग बाघका कारण थप असुरक्षित छ। शाहका अनुसार निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा बत्तिको ब्यवस्थापन हुनु पर्छ अनि सडकको दुबै छेउँ तर्फ बारको व्यवस्थापन हुनु पर्छ।  

तर महेन्द्र राजमार्गमा भने यसको व्यवस्था गरिएको छैन। सडकमा बत्ति भएको अवस्थामा सडकमा यात्रारत व्यक्तिले जंगली जनावर टाढैबाट देख्ने र आफू सचेत बन्ने भएकाले बत्तिको व्यवस्थापन महत्वपूर्ण रहने उनले बताए। यसैगरि सडकको दुबै तर्फको छेउँमा बारको व्यवस्थापन भएमा जंगली जनावरले मान्छेलाई आक्रमण गर्न नसक्ने भएकाले सुरक्षित हुने उनको भनाइ छ।  

‘विदेशका विकसित मुलुकमा रहेका निकुन्ज क्षेत्रमा सडकमा बत्ति र दुबै छेउँमा बारको व्यवस्था गरिएको हुन्छ,’ उनले भने, ‘तर यहाँ त्यो व्यवस्था छैन, यसो नहुँदा जंगली जनावरले मान्छेलाई सहजै आक्रमण गर्ने खतरा त भैहाल्छ नि।’

बाँके राष्ट्रिय निकुन्जको क्षेत्र मात्रै नभई सीमा जुधेको दाङ क्षेत्रको राजमार्गमा पनि बाघ देखिन थालेको छ। दाङ क्षेत्रको राजमार्ग पनि बाघबाट असुरक्षित रहेकाले वन डिभिजन कार्यालय लमहीले सचेतता अपनाउनु अपिल गरिसकेको छ। त्यासो त, बाँके राष्ट्रिय निकुन्जसंगै पूर्वी तर्फको दाङको राजमार्ग क्षेत्र पनि बाघको बासस्थानका लागि सुहाउँदो क्षेत्र हो।  

‘बाँके क्षेत्र मात्रै हैन, दाङको अमिलियादेखि लमही अर्जुन खोलासम्मको क्षेत्रमा बाघको उपस्थिती हुनु सामान्य कुरा हो,’ शाहले भने, ‘त्यो क्षेत्र पनि बाघको बासस्थानका लागि उचित ठाउँ हो।’ तर दाङ क्षेत्रमा देखिने बाघ बाँके राष्ट्रिय निकुञ्जबाटै गएको भन्न भने नमिल्ने उनको भनाइ छ।  

बाँके राष्ट्रिय निकुञ्जका शाह भन्छन्, ‘कुनै पनि जंगली जनावरको स्थायी वतन हुँदैन, यो बाघ यो देशको या यो जिल्लाको या यो क्षेत्रको भन्ने हुँदैन, यो अन्तर्राष्ट्रिय मान्यता नै हो, यसर्थ दाङ क्षेत्रमा देखिने बाघ बाँके निकुञ्जको बाघ भनेर भन्न मिल्दैन।’ उनका अनुसार तराईको भुपरिधि क्षेत्र बाघ संरक्षणका लागि उचित स्थान हो।  

बागमतीदेखि भारतको यमुना नदीसम्मको क्षेत्र पाटे बाघ, हात्ती र गैँडाको उचित बासस्थान मानिएको क्षेत्र हो। यसर्थ पनि दाङको देउखुरी क्षेत्रमा बाघ देखिनु अस्वाभाविक नभएको शाहको भनाइ छ।  

दिनहुँ राजमार्गमा बाघ देखिन थालेपछि बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा सचेतना अपनाउन आग्रह गरिरहेको छ। ‘एक्लै जंगल क्षेत्रमा नरोकिने, रातको समयमा घरबाट बाहिर निस्कनु भएन,’ उनले भने, ‘हामीहरुले यो सचेतना दिईरहेका छौँ, यति सचेतना अपनाए मात्रै हामी बाघबाट धेरै सुरक्षित रहन सक्छौँ।’ 

२०१८ को गणना अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा पाटे बाघ छन्। तर अहिले यो संख्या बढेको अनुमान निकुञ्जले गरेको छ।
अर्को समाचार
बाइस घण्टापछि महिलाको शव फेला
०९ वैशाख २०८०
•
१ मिनेट पाठ
बाइस घण्टापछि महिलाको शव फेला
बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गङ्गा चन्दको शव आज बिहान फेला परेको हो। महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई पनि राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  




प्राविधिक टोली करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। बाघ नियन्त्रणमा लिएकै स्थानमा महिलाको शव पनि फेला परेको प्रहरीले जनाएको छ। “बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिएको छ”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश डाँगीले भने ,“बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको छ।”  

चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पु¥याइएको जानकारी दिए।  

“आवश्यक प्रक्रिया पूरा गर्नाका साथै केही समय बाघलाई निगरानीमै राख्छौँ”, उनले भने, “पछि माथि विभागको निर्देशनअनुसार नियन्त्रणमा लिइएको बाघबारे थप निर्णय लिन्छौँ।” केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक महिलाको बाघकै आक्रमणबाट ज्यान गएको थियो। सो घटनापछि दक्षिण क्षेत्रका स्थानीय त्रसित छन्।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस