भक्तपुर चाँगुनारायण नगरपालिकाको बडा नं ५ खरिपाटीको नेपाल आर्मीको ब्यारेकको परिसरमा रहेको रुख ढलेर बिजुलीको तारमा लागेर दुई जना बालिका घाइते भएका छन्।
घाइते हुनेमा चांगरनारायण नगरपालिका वडा ५ थालिंग बस्ने १५ वर्षीया श्रद्धा बाटा र भक्त नगर वडा नं १० पाइपलाइनमा बस्ने १५ वर्षीया अनिसा खड्का रहेको वडा अध्यक्ष जयन्द्र खड्काले बताए।
बालिकाहरुको उपचारका लागि भक्तपुर अस्पताल लगिएको र उनीहरुको अवस्था गम्भीर रहेको वडाध्यक्ष खड्काले बताए।
बालिकाहरु ११ कक्षामा अध्ययनरत छन्।
घटनापछि आर्मी ब्यारेक अगाडि स्थानीयहरु नाराबाजीसहित आन्दोलन गरिरहेका छन्। आक्रोशित स्थानीयले अहिले नगरकोट सडक अवरुद्ध गरेका छन्।