आजदेखि खुल्यो मुक्तिनाथ मन्दिर
१० असोज २०७८
•
२ मिनेट पाठ
आजदेखि खुल्यो मुक्तिनाथ मन्दिर
मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो। मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो।  




मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिए।

“स्वदेशीका लागि पिसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्य कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ”, उनले भने, “विदेशीका लागि सात दिनभित्रको पिसीआर रिपोर्ट अनिवार्य गरिएको छ।”  

बडादशैँको सोह्रश्रद्धामा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन्। कोरोना सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो।

अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमणदर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाएको प्रशासनलाई विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिरमा पनि खुलाउन दबाब परेको थियो।  

निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ। मुक्तिनाथ र पर्यटकीयस्थल खुलाएपछि सडक र हवाईमार्ग भएर मुस्ताङ जानेहरुको चहलपहल बढेको छ। कोराेनाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवाका सातसहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन्।

समुद्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा रहेको मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिन्छ। शालिग्राम भगवान्को लागि प्रशिद्ध मुक्तिनाथ दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ। शालिग्राम शिलालाई भगवान् विष्णुको रुप मानेर पूजा गरिन्छ। यसै ठाउँको बाटो भएर बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारका लागि तिब्बत गएकाले यसलाई बौद्ध धर्मावलम्बीहरुको पनि तीर्थस्थल मानिन्छ। १०८ धारामा स्नान र मुक्तिनाथ मन्दिरमा पूजाआजा तथा दर्शन गर्ने चलन छ। मन्दिर परिसरमा गुम्बा पनि छ।
अर्को समाचार
मुक्तिनाथ दर्शन गर्न गएका भारतीय पर्यटकको लेक लागेर मृत्यु
२१ फागुन २०८०
•
२ मिनेट पाठ
मुक्तिनाथ दर्शन गर्न गएका भारतीय पर्यटकको लेक लागेर मृत्यु
मुक्तिनाथ मन्दिर
मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ।  




सोमबार बिहान साढे ९ बजेतिर वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका पटेल लेक लागेर बिरामी परेका थिए। उपचारका लागि जिल्ला सदरमुकाम जोमसोम स्थित अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले जानकारी दिए।  

४० जनाको समूहमा गएका पटेललाई बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा जोमसोम ल्याएकोमा १० बजे मृत्यु भएको पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार मन्दिर दर्शन गर्न गएका पटेल एकाएक बिरामी परेका थिए।  

‘लेक लागेर बिरामी परेपछि उनलाई उपचारका लागि सदरमुकाम जोमसोम ल्याइएको हो। तर, अस्पताल ल्याउना साथ मृत्यु भयो,’ डिएसपी पाण्डेले भने। उनका अनुसार भारतीय तीर्थयात्रीको त्यो समूह हिजो बेलुकी मुस्ताङको मार्फामा बास बसेको थियो। सोमबार बिहानै मुक्तिनाथ दर्शन गर्न मन्दिर पुगेको बेला एकाएक पटेल बिरामी परेको उनले बताए।  

‘मन्दिर परिसरमा एकाएक ढलेछन। त्यसपछि त्यही नै प्राथमिक उपचार गरिएको थियो। प्राथमिकपछि थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याएकोमा ज्यान गयो,’ उनले भने। 

यो आर्थिक वर्षमा मात्र लेक लागेर मुस्ताङको मुक्तिनाथ क्षेत्रमा अरु पाँचजना पर्यटकको पनि ज्यान गईसकेको छ। ती मध्ये ३ जना भारतीय, एकजना युक्रेन र एकजना जना नेपाली पर्यटकको ज्यान गएको छ।  
‘कम उचाईमा बसेका पर्यटकलाई एकाएक उच्च हिमाली भेगमा पुग्दा लेक लाग्ने र सासै फेर्न सकस पर्छ। छोटो समयमा उच्च भेगमा पुग्दा लेक लाग्ने जोखिम हुन्छ,’ उनले भने, ‘मन्दिर दर्शन गर्न आएका धार्मिक तीर्थयात्री एकाएक उच्च भेगमा उक्लिँदा लेक लाग्ने जोखिम हुन्छ।’ पदयात्रामा गएका पर्यटक बिस्तारै हिड्ने र पर्याप्त समय लगाएर उच्च भेगसम्म उक्लिने हुँदा कम जोखिम हुने गरेको उनले बताए। ‘गाडीमा  गएका पर्यटक छोटो समयमा उच्च भेगमा पुग्दा लेक लाग्ने जोखिम छ,’ उनले भने।  

उनका अनुसार मुक्तिनाथ मन्दिर परिसरमा हेल्थ डेस्क छ। त्यसपछि तीनकिलोमिटर तल झारकोट स्वास्थ्यचौकी, नौ किलोमिटरको दूरीमा कागबेनी स्वास्थ्यचौकी र १९ किलोमिटरको दूरीमा जिल्ला अस्पताल छ। मन्दिर परिसरको हेल्थडेस्कका बिरामीलाई आवश्यक परे अक्सिजन दिन पनि मिल्छ, बेडमै राखेर उपचार गर्न पनि मिल्छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २० सेकेन्ड अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस