अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग
०७ असोज २०७८
•
१ मिनेट पाठ
अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ। महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पुर्‍याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेका हुन्।




'चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यकाभित्र आउने यात्रुवाहक सवारीका साधन बढ्न जाने तर निरन्तर वर्षाका कारण उपत्यका बाहिर जाने मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या हुने देखिन्छ', अध्यक्ष कर्माचार्यले भने।

महासङ्घका महासचिव सरोज सिटौलाले अवरुद्ध सडक दुईतर्फी सञ्चालन नहुँदा दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्न समस्या हुने बताए। 'यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म लैजान सडक अवरुद्धले समस्या पर्ने भएकाले अग्रिम टिकट बुकिङ खोल्न समस्या देखिन्छ', उनले भने। राजमार्गमा एकतर्फी सञ्चालनमा आएका सवारी साधनलाई दुईतर्फीरूपमा सञ्चालनको व्यवस्था मिलाउनसमेत महासङ्घले सरकारसँग जोडदार माग गरेको छ।
अर्को समाचार
अवरुद्ध राजमार्गका यात्रुको पीडा: २७ घण्टासम्म राजमार्गमै
२७ जेष्ठ २०७९
•
३ मिनेट पाठ
अवरुद्ध राजमार्गका यात्रुको पीडा: २७ घण्टासम्म राजमार्गमै
पोखरा–मुग्लिन एकतर्फी खुलेपछि पहिरो पार गर्नेको भीडभाड। तस्बिरः नरहरि सापकोटा/नागरिक
पोखराका पर्यटन व्यवसायी सन्तोष पोखरेलले विहीबार मध्यान्हतिर काठमाडौं छाडे। सरासर आउन पाएको भए काठमाडौंबाट दुइसय किलोमिटर टाढाको पोखरासम्म उनी बिहीबार बेलुकी नै आइपुग्थे। तर, पोखरेल शुक्रबार दिउँसो ३ बजेसम्म जसोतसो मुग्लिन पार गरेर केही अगाडि मात्र बढेका थिए।  




मुग्लिन–आँबुखैरनीको पहिरोस्थलमा आइपुग्दा पोखरेलले राजधानी छाडेको २७ घण्टा बितिसकेको थियो। यो अवधिमा उनले न राम्रोसँग खान पाए, न शौचालय जान पाए, सुत्न पाउनु त परैको कुरा। निजी गाडीमा काठमाडौंबाट हिडेका पोखरेलसँग उनकी श्रीमति मात्र थिईन। ‘योपटक निकै नै सकस खेप्यौ। अझै कति समय रोकिनुपर्ने भन्ने यकिन छैन,’ पहिरोस्थलमा रोकिएका पोखरेलले भने, ‘यात्रुको विचल्ली छ। विदेशी पर्यटक घन्टौदेखि भोकभोकै छन्। कतिपय यात्रु ३० घण्टादेखि सडकमै रोकिएका छन्।’

पोखरेल दम्पति विहीबार बेलुकीदेखि राजमार्गमा फँसेका थिए। मुग्लिन–काठमाडौं खण्डको कुरिनटारमा झरेको पहिरोले सुरुमै रोकिएका उनीहरु रातभर कुरिनटारमा बिताए। जसोतसो खुलेको पहिरो र सवारी पार हुँदै जाँदा बिहानपख मुग्लिन मात्र कटेका के थिए, पोखरेल दम्पति पुनः आँबुखैरेनीको पहिरोको मारमा परिहाले। बिहीबार बिहान साढे चारबजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक राजमार्ग नै त्रिशुली नदीमा खस्दा दिनभर सडक अवरुद्ध भयो।  

‘हामीले कम्तिमा २७ घण्टासम्म राजमार्गमा बितायौ। हामीसँगै अघिपछि गुडेका सवारी अहिले पनि सँगै छन्, निकै नै सास्तीपूर्ण यात्रा गर्नुपर्‍यो,’ पोखरेलले भने, ‘मुख्य राजमार्गमा यतिसम्मको अस्तव्यस्त अवस्था आइपर्‍यो की कतै गुहार पाउने अवस्था थिएन।’ काठमाडौं छाड्ने बेलामा खाना खाएपनि त्यसपछि राम्रोसँग खान पनि नपाएको पोखरेलले सुनाए। ‘२७ घण्टा देखि राजमार्गमा रोकिदाँ खाने भन्ने कुरै छैन। मात्र पेट भर्ने हो, जे पाइन्छ, त्यही खाने हो,’ उनले भने, ‘सबैभन्दा सकस बिरामी, वृद्धवृद्धा, बालबालिकालाई छ। विदेशी पर्यटक पनि उत्तिकै मारमा छन्।’

विहान भएपनि शौचालय खोज्दै विदेशीहरु हिडिरहेको देखेको उनले बताए। ‘राजमार्गमा व्यवस्थित शौचालय कतै छैन। दिशापिसाबको समस्या छ। विदेशीले शौचालय जान नपाएर सकस खेपे,’ उनले भने, ‘राजमार्गमा कतै राम्रो खाना खाने ठाउँ छैन, सबैतिर बिजोग छ।’  

पोखरेलले मात्र नभई पोखराबाट काठमाडौं हिडेकी राधिका कँडेलले पनि उत्तिकै सास्ती खेपिन । सामान्यतया पोखरा–काठमाडौं पाँचघण्टाको यात्रा हो। सडकमा समस्या हुँदा यो दूरी पार गर्न पछिल्लो समय आठघण्टासम्म लाग्ने गरेको छ। तर, बिहीबार बिहान ८ बजे पोखराबाट काठमाडौंका लागि बसमा हिडेकी कँडेल शुक्रबार बिहान ५ बजे जसोजसो राजधानी पुगिन्। पोखरा–काठमाडौं दुरी पुरा गर्न कम्तिमा २१ घण्टा लागेको उनले बताईन्।  

‘सामान्य अवस्थामा ६/७ घण्टामा पार गरिने दुरी यो पटक पार गर्न २१ घण्टा लाग्यो। पहिरोले पारेको जाम भन्दा राजमार्गमा जथाभावि तेर्साउने सवारीले अप्ठेरो पार्ने गरेको छ,’ कँडेलले भनिन्, ‘पहिरो पन्छाएको घन्टौसम्म पनि सवारी चल्ने अवस्था रहन्न। यस्तोमा स्थानीय प्रशासनको सक्रियता नै देखिन्न।’ कुरिनटारको पहिरोमा फँसेकी उनले पहिरो पन्छाइसक्दा पनि यात्रा सहज नभएको बताईन। ‘पहिरोको समस्या भन्दा अस्तव्यस्त गाडीको भीडभाडले घन्टौ समस्या पार्‍यो। जथाभावि गाडीले ओभरटेक गर्ने, तर, त्यसलाई व्यवस्थापन गर्न नजान्दा यात्रुलाई सास्ती हुने गरेको छ,’ उनले भनिन्।  
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस