आजदेखि दश हिमाली जिल्लामा खोप अभियान सञ्चालन
०४ असोज २०७८
•
२ मिनेट पाठ
आजदेखि दश हिमाली जिल्लामा खोप अभियान सञ्चालन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ।  




मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई आजदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।  

उनका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको हो।  

सरकारले शुक्रबार मात्र चीन सरकारबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको थियो।  

यस्तै काभ्रे र चितवनमा पनि १८ वर्ष भन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ। उनले अभियानकै क्रममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्ष माथिका खोप लगाउन बाँकी र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइने छ।  

यस्तै, मनाङ्, मुस्ताङ र पूर्वी रुकुम वाहेकका ५५ जिल्लामा ४५ वर्षमाथिका खोप  लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका  खोप लगाउन छुटेका विद्यार्थीलाई पनि अभियानकै क्रममा खोप लगाइने उनले बताए। पहिलो मात्रा खोप लगाइसकेका लागि कात्तिक ४ देखि कात्तिक १४ गतेसम्म भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गरिने छ।  

आजैदेखि यसअघि पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको खोप अभियान पनि सञ्चालन गरिएको छ। दोस्रो मात्रा आजदेखि असोज ६ गतेसम्म काठमाडौं जिल्लामा सञ्चालन भइरहेको छ।  

मन्त्रालयले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर जान समेत अनुरोध गरेको छ। अहिलेसम्म नेपालमा पहिलो मात्रा ६२ लाख तीन हजार ३१६ जनाले र पूर्ण मात्रा ५५ लाख ७८ हजार ८६५ जनाले लगाइसकेका छन्।
अर्को समाचार
हिमाली जिल्लामा बाढि र हिमपातको सकस
११ असोज २०८३
•
२ मिनेट पाठ
हिमाली जिल्लामा बाढि र हिमपातको सकस
मुस्ताङको माथिल्लो भेग लोमान्थाङ क्षेत्रमा हिमपातका कारण रोकिएका कन्टेनर। तस्बिरः नागरिक
बाढिले हिमाली जिल्लामा विपत् निम्त्याएको छ। हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा भौतिक नोक्सान गरेको छ। त्यस्तै मनाङकै तालगाउँका घर पनि डुबानमा परेका छन्। गोखराको माथिल्लो भेगमा पनि पहिरो निम्त्याएको छ। अर्काे हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेगमा हिमपात भएको छ। पुल बग्दा बेनी–जोमसोम सडक खण्ड पनि अवरुद्ध भएको छ।  




मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले मनाङको सदरमुकाम चामे पाँचवटा घर र एउटा चर्चमा क्षति पुर्याएको छ। ती मध्ये चारवटा घर पूर्ण रुपमा क्षति भएका छन्। एउटा घर भने आंशिक क्षति मात्र भएको छ। ‘स्थानीय ठाडो खोलाले क्षति गरेको हो। मर्स्याङ्दी खोलाले क्षति गरेको होईन,’ उनले भने। उनका अनुसार मर्स्याङ्दी किनारका १० वटा घर पनि डुबानमा परेका छन्।  

उनका अनुसार सदरमुकाम चामेसँग माथिल्लो मनाङको सम्पर्क विच्छेद भएको छ। कोदो–चामे खण्डका चारवटा काठेपुल पनि बगाएको छ। पुल बगेपछि मनाङमा सडक सम्पर्क पनि विच्छेद भएको छ। त्यसबाहेक विद्युतका पोल ढलेपछि सदरमुकामा चामेमा विद्युत आपूर्ति बन्द भएको छ। विद्युत आपूर्ति सुरु हुनका लागि सडक संचालन हुनुपर्ने उनले बताए। 

‘सडक खुलेपछि बल्ल विद्युत सेवा सुरु गर्न सहज हुन्छ। विद्युत सेवा संचालन हुनका लागि कम्तिमा १५ दिन लाग्न सक्छ,’ उनले भने। बाटोघाटोमा पहिरो झरेको र पुल पनि बगेपछि अहिले पदयात्राका लागि गएका पर्यटक पनि रोकिएको उनले बताए।  

अर्काे जिल्ला गोरखाको माथिल्लो भेगमा पनि पहिरो झरेको स्थानीयले बताएका छन्। गोरखाको माथिल्लो क्षेत्र चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पहिरो झर्दा स्थानीय जोखिममा परेका छन्। मनास्लु क्षेत्रबाट झरेको पहिरोले स्थानीयलाई जोखिममा पारेको हो।  

पहिरोले पुलमा क्षति गरेपछि बेनी–जोमसोम सडक खण्ड पनि अवरुद्ध भएको छ। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार म्याग्दीका अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा रहेको कालिगण्डकी नदीमाथिको पक्किपुलको एक छेउमा पूर्णरुपमा कटान भएको छ। पुलको एकछेउ कटान भएपछि सडक पूर्ण रुपमा बिच्छेद भएको उनले बताए।  

‘म्याग्दी खण्डको पुलका कारण बेनी–जोमसोम सडक खण्ड तत्काल संचालनमा आउन सक्दैन,’ उनले भने, ‘बेनी जोमसोम खण्डको सिरुवारी, तातोपानी, रुपसे, पोखरेबगर लगायतका स्थानमा पहिरो झरेको छ।’ साना आकारका केही पहिरो तत्काल हटाउन सकिने भएपनि कटान भएको पुलको क्षेत्र मर्मतसम्भारका लागि भने समय लाग्ने भएकोले तत्कालै सडक संचालनमा आउन सक्ने अवस्था नरहेको उनले बताए।  

तत्काल सडक खुलाउ सक्ने अवस्था नरहेको पनि उनले बताए। मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो भेगमा पहिरो खसेकोले सडक पूर्णरुपमा अवरुद्ध रहेको उनले बताए। उनका अनुसार सडक अवरुद्ध भएपछि नेपालले पछिल्लो समय कोरला नाकाबाट भित्र्याउँदै आएको चिनियाँ सामान पनि कोरलामै रोकिएको छ। कोरलामा सामान लिन गएका नेपाली कन्टेनर अहिले नाका क्षेत्रमै रोकिएको उनले बताए। ‘माथिल्लो क्षेत्रमा हिमपात, तल्लो भेगमा पहिरोले गर्दा सकस थपेको छ,’ उनले भने।  
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस