चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन
०२ असोज २०७८
•
२ मिनेट पाठ
चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन
प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ। नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए।  




“चाडपर्वमा कुनै पनि घटना हुन नपाउने गरी ठाउँअनुसारको योजना निर्माण गर्न भनेको छौँ”, प्रहरी त्यसतर्फ केन्द्रित भइसक्यो”, प्रवक्ता कुँवरले भने, “कुनै जिल्ला कार्यालयले लागू पनि गरिसके र बाँकीले लागू गर्ने तयारीमा छन्।” चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधिसँगै मानिसका आवश्यकतासमेत बढ्ने हुँदा बजारमा बढी चहलपहल हुन्छ। साथीभाइ घेटघाटका गतिविधिसमेत बाक्लिदा झै–झगडा तथा आपराधिक क्रियाकलाप हुनसक्छ।  

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन भनिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। चोरी, अपहरण, कालोबजारी, चन्दा आतङ्कजस्ता आपराधिक क्रियाकलाप हुने भएकाले त्यस्ता गतिविधि हुन नपाउने गरी सुरक्षा योजना निर्माण गरी लागू गरिनेछ।  

काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा भने शुक्रबारदेखि नै यो  योजना लागू गरिएको छ। उपत्यकामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी योजना कार्यान्वयन गरिएको रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयले जनाएको छ।  

योजनाअन्तर्गत बढी भिडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक तथा वित्तीयसंस्था र यातायात क्षेत्रमा निगरानी बढाउन थालिएको छ। ठाउँठाउँमा सुरक्षा जाँचका लागि चौकी बढाउने, सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने र तत्काल परिचालन हुने (क्वीक रेष्पोन्स) टोली गठन गरिएको जनाइएको छ।  

यस्तै आकस्मिक जाँच तथा सार्वजनिक सवारी साधनमा समेत सादा पोशाकका सुरक्षाकर्मीले निगरानी गर्ने जनाइएको छ। चाडबाडमा घर फर्कने यात्रुको सुविधाका लागि ठाउँठाउँमा यात्रु सहायता कक्षा स्थापना गरी सहजीकरण गरिने र टिकटमा हुने कालोबजारी नियन्त्रणका लागि पनि प्रहरीको छुट्टै टोली परिचालन हुने जनाइएको छ। 
अर्को समाचार
चाडबाडको यात्रामा राजमार्गको सकस
०९ असोज २०८२
•
५ मिनेट पाठ
चाडबाडको यात्रामा राजमार्गको सकस
मुग्लिन–नारायणगढ खण्डमा खसेको पहिरो पन्छाउँदै। तस्बिरः नागरिक
चाडबाडका बेला बारम्बार राजमार्गमा अवरोध उत्पन्न हुँदा हिडडुलका यात्रुले सकस खेप्नुपरेको छ। पछिल्लो केहीदिनदेखि पृथ्वीराजमार्गको मुग्लिन–काठमाडौं खण्डमा बारम्बार अवरोध आइरहेको छ। त्यस्तै मुग्लिन–नारायणगढ खण्डको तुइन खोला नजिकैको पहिरोले झनै बढि समस्या थपिदिएको छ। तुइन खोला नजिकैको पहिरोले राजमार्ग अवरुद्ध हुँदा दसैंका लागि पोखराबाट पूर्वतिर जाने यात्रु बढि प्रभावित भएका छन।  




काठमाडौंबाट पूर्व र पश्चिम क्षेत्रका लागि हिडेका यात्रुपनि घुमाउरो बाटोमा महंगोमा यात्रा गर्न बाध्य भएको यातायात व्यावसायीले बताएका छन। यातायात व्यावसायीका अनुसार पोखराबाट पूर्वतिर जाने यात्रुले साना गाडी रिजर्भ गरेर तनहुँको भिमाद हुँदै कालिगण्डकी करिडोर निस्केर नारायणगढ हुँदै यात्रा गरिरहेका छन।  

त्यसैगरि कतिपय यात्रुले अतिरिक्त भाडा तिरेर पोखराबाट सिद्धार्थ राजमार्गको स्याङजा हुँदै पाल्पाको राम्दी निस्केर कालिगण्डकी करिडोरबाट नारायणगढ हुँदै पूर्वको यात्रा गरिरहेका छन। घुमाउरो यात्रा गर्दा यात्रुले झन्डै एकसय किलोमिटर बढी दूरी यात्रा गर्नुपरेको छ। राम्दीदेखि गैंडाकोटसम्म १ सय ३२ किलोमिटर पर्छ। त्यस्तै पोखरादेखि राम्दीसम्म ९५ किलोमिटर पर्छ। पोखराबाट मुग्लिन हुँदै नारायणगढ भने जम्मा १ सय २५ किलोमिटर दूरी हो। पोखराबाट राम्दी हुँदै गैडाकोट निस्कँदा कम्तिमा एकसय किलोमिटर बढी दूरी यात्रा गर्नुपर्छ।

‘पोखराबाट पश्चिम खण्डमा जान खासै समस्या छैन। तर, पूर्वतिरका लागि भने सकस छ। यात्रुले महंगो बस भाडा तिरेर लामो दूरी पार गर्दै यात्रा गरिरहेका छन। यसले यात्रुमाथि आर्थिक भार थपिएको छ भने व्यावसायीलाई पनि सकस परेको छ,’ पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष ऐनकुमार साइ भन्छन, ‘कालिगण्डकी करिडोर नहुँदो हो त अहिलेको अवस्थामा पूर्वको यात्रा ठप्पै हुन्थ्यो।’  
राजमार्गको अवरोधले गर्दा पोखराबाट पूर्वतिर यात्रा गर्ने अधिकांश यात्रु पोखरामै रोकिएको पनि उनले बताए। ‘पूर्वतिर चल्ने अधिकांश गाडी अहिले ग्यारेजमा थन्किएका छन। यात्रुलाई सेवा दिएर कमाउने बेला राजमार्गले पिरलो थपिदिएको छ,’ उनले भने, ‘काठमाडौंबाट पश्चिम हिडेका सवारीको भीड पनि पोखराकै खण्डमा थपिँदा सिद्धार्थ राजमार्ग व्यस्त बनेको छ । यात्रुलाई यो बेला यात्रा सहज छैन।’

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष किशोर दाहाल पनि चाँडबाँडका बेला राजमार्गको सकसले यात्रा असहज बनेको बताउँछन। ‘बारम्बारको पहिरोले कहाँ कुनबेला रोकिनुपर्ने भन्ने ठेगान छैन। ठाउँठाउँमा राजमार्गमा पहिरो खस्दा यात्रा खल्बलिएको छ। चाँडबाँडका लागि घर फर्किने तयारीमा रहेका यात्रुले सकस खेप्नुपरेको छ,’ दाहालले भने, ‘पोखरा–काठमाडौं रुटमा एकदिन मात्र पहिरोले अवरोध गरेको थियो। तर मुग्लिन–नारायणगढ खण्डको सकसले गर्दा बाटोमा लामो समय जामको समस्या पनि निम्तियो। पहिरोको भन्दा गाडीको जामले गर्दा यात्रा सकसपूर्ण बन्यो।’

सवारीले लेन अनुशासन कायम नगर्दा यात्रालाई असहज बनाएको ट्राफिक प्रहरीको भनाई छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका एसपी दानबहादुर थापा भन्छन, ‘लेन अनुशासन कायम हुने हो भने पोखरा–काठमाडौं यात्रालाई असहज होइन। तर, मुग्लिन–नारायणगढको पहिरोले रोकिएका गाडी र त्यसैमाथि लेन अनुशासन कायम नगर्दा सकस थपिएको छ। सम्पूर्ण चालक जिम्मेवार बनेर लेनमा पालो कुरेर बस्ने हो भने यात्रा केही सहज बन्छ।’

पहिरोका कारण मुग्लिन–नारायणगढ खण्डमा समस्या थपिएपछि काठमाडौं पश्चिम जाने सवारी पनि पोखरा हुँदै गुडिरहेका छन। पोखराबाट नारायणगढ हुँदै पूर्व र पश्चिम जाने सवारी पनि सिद्धार्थ राजमार्ग हुँदै यात्रारत छन। सबैतिरको यात्राको भार अहिले सिद्धार्थ राजमार्गमा थपिँदा सवारीको चाँप बढेको उनले बताए।

‘कम्तिमा यात्रुलाई खान र बस्नको समस्या नहोस भनेर आँबुखैरेनीमै गाडी रोकिदिएका छौ। पोखराबाट गएका गाडीको भीड कम हुनासाथ मुग्लिनलाई सहज हुन्छ। त्यसपछि आलोपालो प्रणालीबाट गाडी छुटाउँछौ,’ उनले भने, ‘सहरी क्षेत्रमा गाडी रोकिँदा यात्रु भोकभोकै त पर्दैनन। बालबच्चा र वृद्धवृद्धा पनि यात्रामा हुन्छन। उनीहरुलाई सवारी रोकिँदा बढी समस्या पर्छ।’
‘बाटो कतिखेर खुल्ने र बन्द हुने भन्ने ठेगान छैन। त्यसैमाथि चालकले लेन अनुशासन नमान्दा यात्रा झन्झटिलो बनेको छ । ट्राफिक व्यवस्थापन सहज बन्न सकेको छैन,’ उनले भने, ‘चालकले जर्बजस्ती अगाडि बढ्न खोज्दा पनि समस्या भएको हो।’ ट्राफिक प्रहरीले मुग्लिन खण्डमा सवारी रोकिएको खण्डमा लेन अनुशासन कायम गराउनका लागि पोखरा हुँदै गएका सवारीलाई आँबुखैरेनीमै रोकिदिने गरेको छ।  

‘कम्तिमा यात्रुलाई खान र बस्नको समस्या नहोस भनेर आँबुखैरेनीमै गाडी रोकिदिएका छौ। पोखराबाट गएका गाडीको भीड कम हुनासाथ मुग्लिनलाई सहज हुन्छ। त्यसपछि आलोपालो प्रणालीबाट गाडी छुटाउँछौ,’ उनले भने, ‘सहरी क्षेत्रमा गाडी रोकिँदा यात्रु भोकभोकै त पर्दैनन। बालबच्चा र वृद्धवृद्धा पनि यात्रामा हुन्छन। उनीहरुलाई सवारी रोकिँदा बढी समस्या पर्छ।’

विमानस्थलमा पनि उत्तिकै भिड

बाढीपहिरोले राजमार्गको यात्रा सकसपूर्ण बनेपछि त्यसको चाप हवाइ यात्रामा पर्न थालेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले काठमाडौंका लागि हुने हवाई उडान थपिएका छन। त्यस्तै यात्रुचाप पनि बढेको विमानस्थलले बताएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक सुर्य खत्रीका अनुसार यतिबेला बुद्ध एयरले काठमाडौं–पोखरा रुटमा दिनमा १५ वटा उडान गरिरहेको छ। त्यस्तै यती एयरलाइन्सले पनि यो बेला १० वटा उडान गरिरहेको छ। श्रीएयरलाइन्सले यो रुटमा दिनमा एउटा मात्र उडान गरिरहेको छ। बुद्धले पोखरा–काठमाडौं रुटमा बाहेक भरतपुर, भैरहवा र नेपालगञ्ज पनि उडान गरिरहेको छ।  

‘हवाई र यात्रु चाप बढेको छ। काठमाडौ–पोखरा रुटका हरेक उडान सतप्रतिशत नै यात्रु छन। पोखरा–काठमाडौं रुटमा पनि यात्रु चाप छ,’ खत्री भन्छन, ‘यात्रु बढेपछि हवाई कम्पनिले पनि उडान संख्या थपेका छन। विमानस्थल पनि यात्रुले भरिभराउ छ।’ स्थलमार्गको समस्याका कारणले हवाई यात्रामा यात्रु चाप बढेको पनि उनले बताए। हवाई चाप बढेपछि हवाई कम्पनिले पोखरामै जहाजको रात्रीबिसान पनि बढाएका छन। बिहान सबेरैदेखि राती ढिलासम्म उडान हुन थालेपछि अहिले बुद्धले ३, यतीले २ र श्री एयरलाइन्सले एउटा जहाजको रात्रीबिसान पोखरामै गर्ने गरेको पनि उनले बताए।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस