जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा मृत्यु भएका विराटनगर–११ का भिम कामतका आफन्तले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन्। फलामका रड, लाठीसहित कामतका आफन्त प्रदर्शनमा उत्रिएपछि विराटनगरको बजार पसल बन्द भएका छन् भने यातायात सेवा पनि अवरुद्ध भएको छ।
प्रदर्शनकारीहरूले विराटनगरको मुख्य चोकहरूमा टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन्। विराटनगर–धरान छ लेन सडकमा विभिन्न स्थानमा टायर बालेर प्रदर्शन भइरहेकाले यातायात पनि ठप्प भएको छ।
गत शुक्रबार साढे तीन केजी गाँजासहित पक्राउ परेका कामतको आइतबार मृत्यु भएको थियो। आफन्तले प्रहरीको यातनाले कामतको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गर्दै आएका छन्। यसअघि घटनाको छानविन गर्न माग गर्दै सोमबार पनि विराटनगरमा प्रर्दशन गरिएको थियो।
कामतलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको थियो। लागूऔषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनको भदौ २० गते दिउँसो मृत्यु भएको थियो। प्रहरीले विराटनगरको कोशी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बताएको छ।
आफन्तहरूले भने प्रहरीले बयानका लागि यातना दिदाँ उनको मृत्यु भएको दाबी गर्दै आएका छन्।
रकम माग गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी बनेर धम्क्याई रकम माग गर्ने तीनजनालाई प्रहरीलाई बुधबार राति पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका ९ का माछागढका २५ वर्षीय मानबहादुर सुनार, २२ वर्षीय निरज नेपाली र २२ वर्षीय हिमाल बिक रहेका छन्। बाँसगढी नगरपालिका ७ कालाबन्जरस्थित जंगलमा भे १ ख ३५०७ नम्बरको ट्रक रोकी रकम माग गरेका थिए।
बाँसगढी नगरपालिका ६ दमौलीका शक्ति श्रेष्ठ ट्रक चालकको मिलेमतोमा तीनजनाले रकम माग गरेका थिए। ट्रक रोकी जिल्ला बहराइच थाना मोतीपुर ग्राम स्थायी वतन भई हाल गुलरिया नगरपालिका ५ स्थित लक्ष्मी ट्रेड एन्ड सप्लायर्समा कामदारका रुपमा काम गर्दै आएका ३६ वर्षीय इलियास शेषलाई बोलाई आफूहरु सादा पोशाकका प्रहरी हौं भनी रकम माग गरेका थिए।
पक्राउ परेका तीनजनाले शेषसँग ५ हजार रुपैयाँ दिए मात्र ट्रकमा लोड भएको कवाड सामान लग्न पाइने धम्की दिएका थिए। प्रहरी सूचना पाउनासाथ उक्त स्थानमा पुगेको थियो।
रकम माग्ने कार्यमा संलग्न तीनजनालाई नियन्त्रणमा लिई कानुनबमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले जनाए। रकम माग्न लगाउने मुख्य योजनाकार ट्रक चालक शक्ति श्रेष्ठ फरार छन्। फरार श्रेष्ठको खोजी भइरहेको डिएसपी अर्यालले जानकारी दिए।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...