रातको समयमा तीब्रगतिमा सवारी चलाउनुहुन्छ ? ट्राफिक प्रहरीको कारबाहीमा परिएला है
१६ भदौ २०७८
•
१ मिनेट पाठ
रातको समयमा तीब्रगतिमा सवारी चलाउनुहुन्छ ? ट्राफिक प्रहरीको कारबाहीमा परिएला है
महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीब्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनिकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग सुरु गरेको छ।  




बिशेषगरि कोटेश्वर-सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तिब्रगतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तिब्रगति नियन्त्रणको अभियान सुरु गर्दै आएको छ।

दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तीब्रगतिमा सवारी चलाउने ३५/४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएका छौ, अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ्ग गरिगति नियन्त्रण गर्ने अभियान पहिलो पटक सुरु गरेका छौं। तीब्रगतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

उनले आज रातीदेखि नाइट भिजन लेजर स्पीड गनको प्रयोग सुरु गरेको र यसले तीब्रगति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्युनिकरणमा उल्लेख्य भूमिका निर्बाह गर्ने बिश्वास व्यक्त गरे। स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएकोर नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ।

तीब्रगतिमा सवारी साधन चलाउँदा आफुलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्याधिक हुने भएकोले तीब्रगति र लापरबाहीका साथ सवारी नचलाउन सम्पुर्ण सवारी चालकहरुलाई ट्राफिक प्रहरी महाशाखाले बिशेष अनुरोध समेत गरेको छ।
अर्को समाचार
बानेश्वरको बीच सडकमै खाल्टो
०९ कार्तिक २०७८
•
३ मिनेट पाठ
बानेश्वरको बीच सडकमै खाल्टो
काठमाडौंको बानेश्वरस्थित मीनभवनमा सोमबार सडकमा परेको खाल्डो। तस्बिरः दिपेश श्रेष्ठ/नागरिक
काठमाडौंको बानेश्वरस्थित सडकमा सोमबार विहान एक्कासि ठूलो खाल्डो परेको छ। सिभिल अस्पताल र व्यवस्थापिका संसद भवनबीचको सडकमा करिब १५ फिट गहिरो खाल्डो परेको हो।




डिभिजन सडक कार्यालय काठमाडौंले संसद भवनतर्फबाट आएको ढलको मंगाल र पाइप फुट्दा सडक भासिएको जनाएको छ। यो घटनामा मावनीय क्षति भएको छैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक संजीव शर्मा दासले सोमबार विहान ५ः०० बजे उक्त सडक भासिएको बताए। ‘सोमबार विहानै सडक भासिएको देखियो,’ उनले भने, ‘ट्राफिक प्रहरीले सावधानी अपनाएकाले कुनै दुर्घटना हुन पाएन।’ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निउरेले संसद भवनतर्फबाट आएको ढलको मंगाल र पाइप दुवै फुटेर सडक भासिएको बताए। उनले भने, ‘५०औं वर्ष पुरानो जीर्ण ढल र मंगाल फुटेर सडकमा खाल्डो परेको हो।’ कार्यालयले सोमबार नै भासिएको ठाउँ एस्काभेटरले खोतलेर वरपर घेराउ गरेको छ। सो स्थानमा सवारी साधन तथा पैदलयात्रुलाई निषेध गरिएको छ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकामा सडक चौडा अभियान सुरु गरेका थिए। सोही अन्तर्गत माइतीघर–तीनकुने सडक २०७१ सालमै ६ लेनको बनाएर चिटिक्क पारिएको थियो। सोही खण्डमा खाल्डो परेको हो। 

तर डिभिजन कार्यालयका निउरेले भने सडक विस्तारको क्रममा सर्भिस लेन मात्रै विस्तार गरिएको दाबी गरे। ‘यो खण्डको लेन २०७१ सालमा तयार भएको हो। त्यो बेला सर्भिस लेन र वर्षात्को पानी निकासको लागि सर्भिस लेनको किनारामा डे«नेज मात्रै निर्माण गरेका हौं,’ उनले भने, ‘अहिले खाल्डो परेको ठाउँमा सडक विस्तारको क्रममा ओभरले मात्रै गरिएको थियो।’ कार्यालयका अनुसार अहिले भत्किएको ठाउँमा इँटाको मंगाल छ। जीर्ण भएकाले त्यो भत्किएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको (केयुकेएल) ढल सञ्चालन महाशाखा प्रमुख उज्ज्वल श्रेष्ठले बानेश्वरमा भत्किएको उक्त मंगाल मर्मत मंगलबार सुरु गरिने बताए। ‘ढलको मंगाल जीर्ण भएर भत्किएको देखिएको छ,’ उनले भने, ‘मंगलबारदेखि निर्माण सुरु गर्दैछौं। 

कम्तीमा पनि दुईदेखि तीन दिन लाग्ने देखिन्छ।’ महाशाखा प्रमुख श्रेष्ठले काठमाडौैं उपत्यकामा ढल निर्माण तथा मर्मतसम्भार गर्ने निकाय धेरै भए पनि महाशाखाले नै मंगाल र पाइप मर्मतसम्भार गर्ने बताए।

डिभिजन सडक कार्यालयले मंगाल तथा पाइपको मर्मतपछि मात्रै सडक मर्मत थाल्ने बताए। ‘केयुकेएलले मंगाल मर्मत गरेपछि हामी सडकको खाल्डो पुर्ने लगायत काम गर्नेछौं,’ उनले भने।  

दुई निकायबीच समन्वय नहुँदा तीन वर्ष बेहाल

खाल्डाखुल्डी र मंगाल मर्मतसम्भार गर्ने काम एउटै निकायले नगर्दा विगतमा मंगाल तथा ढल निर्माणमा ढिलासुस्ती हुन्थ्यो। नागरिक उड्डयन प्राधिकरण र सडक विभागबीच काठमाडौं महानगरपालिका वडा नं ३२ को कार्यालयअगाडि तीन वर्षअघि यस्तै विवाद चर्किएको थियो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको ढलको कारण वडा नं ३२ को कार्यालयअगाडि खाल्डो परेको थियो। तर ढल तथा मंगाल मर्मतमा दुवै निकायले एकअर्काेलाई देखाउँदै पन्छिँदा तीन वर्षसम्म ढल तथा मंगाल मर्मत काम प्रभावित भएको थियो।

वडा कार्यालयको समन्वयमा मात्रै सो सडक खण्डमा मंगाल निर्माणको काम भएको थियो। मंगाल मर्मतसम्भार र सानो खाल्डो पुर्ने काम पनि एउटै निकायले नगर्दा धेरै समस्या आउने गरेको छ। अहिले बानेश्वर भ्वाङको मंगाल मर्मतसम्भारको जिम्मा केयुकेएल र खाल्डो पुर्ने जिम्मेवारी सडक डिभिजन कार्यालयले लिएका छन्।

तर यी दुवै निकायले एकअर्काेलाई देखाएर मर्मतसम्भारमा ढिलासुस्ती गर्ने सम्भावना छ। एउटै काममा दुईवटा निकायले गर्दा ढिलो हुन्छ। एउटै कार्यालयले इस्टिमेट गरेर तत्काल मर्मतसम्भार गरे काम चाँडो सकिने बताइन्छ। 

विगतमा कोटेश्वर चोकमा खानेपानीको पाइप चुहिँदा पनि १५ दिनसम्म मर्मतसम्भार हुन सकेको थिए। अहिले डिभिजन सडक कार्यालय र केयुकेयएल दुवै निकायले समन्वय गरी मर्मत गर्ने दाबी गरेका छन्।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस