संक्रमणकालीन न्याय टुंगाउने पुरानै रटानः दुई आयोगको समय थप्दैमा ठिक्क
१४ भदौ २०७८
•
३ मिनेट पाठ
संक्रमणकालीन न्याय टुंगाउने पुरानै रटानः दुई आयोगको समय थप्दैमा ठिक्क
संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने पुरानै रटानका साथ बेपत्ता व्यक्तिहरूको सम्झनामा दिवस मनाइँदैछ। बेपत्ताका परिवारले सरकारसँग ‘सास कि लास’ माग्न थालेको १५ वर्ष भइसकेको छ। राजनीतिक खिचातानीमै अल्झिरहने हरेक सरकारले संक्रमणकालीन न्याय टुंगाउने विषयमा ध्यान दिन नसक्दा द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन्।




बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस अगस्त ३० लाई (आज सोमबार) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिसको खोजी हुन सकेको छैन। बेपत्ता भएकाका परिवारले यसरी नै वर्षवर्षमा दिवस मनाएरै चित्त बुझाउनु परेको छ।

विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान २०६३ को मर्म र भावनालाई आत्मसात गरी सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पार्ने घटनाको छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भएको थियो। त्यसैगरी घटनाबाट पीडितलाई परिचयपत्र प्रदान गरी परिपूरणको व्यवस्था गर्न, घटनामा संलग्नलाई कानुनी कारबाहीको लागि सिफारिस गर्न, संस्थागत सुधारको उद्देश्यले सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिएको थियो।

२०७१ साल माघ २७ मा गठन भएका दुई आयोगले अहिलेसम्म उद्देश्य अनुरूपको काम गर्न नसकेको द्वन्द्वपीडितले बारम्बार गुनासो गरिरहेका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोग गठनको सात वर्ष पुगिसक्दा पनि परिचयपत्र सम्म बाँड्न सकेको छैन। लोकेन्द्र मल्लिकको अध्यक्षतामा बनेको आयोगले पहिलो तीन वर्ष समय गुजारी एक वर्ष थपेर चार वर्ष सकेर बाहिरिएको थियो।

त्यसपछि, दोस्रो पटक युवराज सुवेदीको अध्यक्षतामा बनेको नयाँ आयोगले पनि डेढ वर्ष गुजारिसकेको छ। दुई पटक समय थपेर आगामी असार मसान्तसम्मका लागि समितिको कार्यकाल थपिएको छ। द्वन्द्वपीडित साझा चौतारीकी अध्यक्ष मैना कार्कीले संक्रमणकालीन न्याय छिटो टुंगियोस् भन्ने आसामा रहेको बताउँछिन्। जाजरकोट पुगेकी उनले पीडितसँग भेटघाट गर्दा ‘अब न्याय कहिले पाउने ?’ प्रश्न गरेको नागरिकसँग टेलिफोनमा बताइन्।

बेपत्ता पारिएका व्यक्ति जीवित छन् कि मरेका छन् भन्ने कुनै खबर नआउँदा परिवारमा समेत समस्या परेको उनले बताइन्। ‘बेपत्तेका पत्नी विधवा हो वा सधवा भन्न सकेका छैनन्। बेपत्ताको नाममा भएको सम्पत्ति हस्तान्तरण गर्न सकेका छैनन्। सम्पत्ति बेचेर बालबच्चाका लागि उपभोगसमेत गर्न पाएका छैनन्,’ अध्यक्ष कार्कीले भनिन्, ‘यसले गर्दा एकल महिलाले सामाजिक सुरक्षा भत्तासमेत पाउन सकेका छैनन्। थोरै रकम भए पनि खर्च टार्थे त्यसबाट पनि वन्चित छन्।’

सामाजिक सुरक्षा भत्ताका लागि मृत्यु दर्ता चाहिने हुँदा यकिन नहुँदा अन्योलमै छन्। बेपत्ताका श्रीमती आमाबुबा, श्रीमती, छोराछोरी अझै पनि आसामै बाँचिरहेको बताउँछन्। कतिपय महिला मानसिक सन्तुलन बिग्रेको भेटिएको उनी बताउँछिन्। पीडितले नै माग गरेका दुई आयोगले काम नगर्दा द्वन्द्वपीडित निरास छन्। परिचयपत्र बाँड्न थालिए पनि त्यसबाट पाउने सेवा सुविधा केही पनि नभएको उनले बताइन्। ‘आयोग चाहिन्छ तर, न्याय दिने आयोग चाहिन्छ,’ अध्यक्ष कार्कीले भनिन्। कहिले न्याय पाउने भनेर द्वन्द्वपीडितहरू निरास भैसकेको उनी बताउँछिन्।

बेपत्ता परिवार समाज नेपालका अध्यक्ष रूपेश शाहले आयोगले बेपत्ता पारिएका व्यक्तिको उजुरी लिनुबाहेक केही गर्न नसकेको बताए। ‘परिवारले सत्यतथ्य जान्न पाएका छैनन्। हामी पीडित परिवारलाई आयोगले कुनै विश्वासिलो कार्यक्रम दिन सकेको छैन,’ समाजका अध्यक्ष शाहले भने, ‘बेपत्ता दिवसलाई कार्यक्रममा मात्रै सीमित नगरी सरकारलाई झक्झकाउने काम गर्दैछौं।’ उनले राज्यले छिटोभन्दा छिटो सत्यतथ्य परिवारलाई दिनुपर्ने माग गरे। आयोगप्रति पीडितले विश्वास गर्न नसकेको बताए।

परिचय पत्र बाँड्न लागेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले शव उत्खनन्को प्रक्रियामा रहेको प्रवक्ता गंगाधर अधिकारीले बताए। ‘विधि विज्ञान विज्ञसहितको समिति गठन भएको छ। आवश्यक तयारीमा छौं। अब छिट्टै शव उत्खनन् गछौं,’ उनले भने। आयोगले हालसम्म २४३ परिवारका ६९३ जनालाई परिचयपत्र बाँडेको अधिकारीले बताए। 
अर्को समाचार
आएन मानवअधिकारको अवस्थामा सुधार
२४ मंसिर २०८०
•
६ मिनेट पाठ
आएन मानवअधिकारको अवस्थामा सुधार
नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। समाजमा अहिले पनि विभेद, हत्या, हिंसा, बलात्कार, हत्या, जातीय छुवाछूतदेखि वादी, छाउपडीजस्ता कुप्रथा पूर्ण रूपमा अन्त्य हुन सकेको छैन।




विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भए पनि पीडितहरू अहिले पनि न्यायको आशामा छन्। स्वास्थ्योपचार, शिक्षा र रोजगारी भए मात्र पुग्ने पीडितको माग छ तर त्यसतर्फ राजनीतिक दलका नेताको ध्यान जान सकेको छैन।

मानवअधिकारकर्मी चरण प्रसाईलाई मानव भएर जन्मिएपछि मानव अधिकारको उपयोग गर्न पाउनुपर्छ भन्ने लाग्छ।

सशस्त्र द्वन्द्वका पीडितले न्याय पाउन ढिलाइ भएकाप्रति उनी त्यतिकै चिन्तित छन्। “दश वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको यतिका वर्ष भयो तर शान्ति प्रक्रियाको एउटा न्याय पाउने काम अहिलेसम्म पूरा हुन सकेन”, उनले भने, “पीडितलाई न्याय दिने कार्यमा सबैले ध्यान दिनुपर्छ, विगतका त्यस्ता कहालीलाग्दा घटना नदोहोरिने सुनिश्चितता पनि गर्नुपर्छ।”

शान्ति सम्झौता अनुसार राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिएर द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने उनको लामो समयदेखि निरन्तर माग छ।
द्वन्द्वपीडितले न्याय पाउन नसक्नुमा सङ्क्रमणकालीन ऐन संशोधन ढिलाइ हुनु पनि हो। लामो समयदेखि ऐन संशोधनको काम सुरु गरिए पनि दलहरू बीचको सहमति जुटाएर काम पूरा हुन सकेको छैन।

यस वर्ष १५ औ मानवअधिकार महाभेलाको शुक्रबार उदघाटन गर्ने क्रममा सभामुख देवराज घिमिरले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरे।

“उक्त विधेयक छलफलका क्रममा कानुन समितिमा छ, त्यसलाई निश्कर्षमा टुंगाेमा पुर्‍याउने अधिकार उहाँहरूलाई छ” सभामुख घिमिरले भने, “राजनीतिक दलहरुबीच सहमति जुटाउने विषयमा म पनि लाग्छु, पीडितलाई न्याय दिने काममा ढिलाई गर्न हुँदैन।”
दश वर्षे सशस्त्र द्वन्द्वपछि भएको विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ५.२.३ मा दुवै पक्षबाट बेपत्ता पारिएका व्यक्तिको तथा युद्धका समयमा मारिएकाको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई बुझाउने उल्लेख छ।

विस्तृत शान्ति सम्झौताकै बुँदा नं ५.२.२ मा ‘आफ्ना कब्जामा रहेका मानिसबारे जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवै पक्ष मन्जुर गर्दछन्’ भनिएको छ।

शान्ति सम्झौताअनुरूप नै दुवै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्न मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्यले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन गर्‍यो।

सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बने। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले उजुरी सङ्कलन गर्ने काम गरे तर बाँकी काम अघि बढाएर सत्य तथ्य छानविन गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिने काम हुनु कसेको छैन। अहिले दुवै आयोग पदाधिकारीविहीन अवस्थामा छन्।

एकातिर शान्ति प्रक्रियाको काम पूरा हुन सकेको छैन भने उर्कोतिर समाजमा अहिले पनि आर्थिक अभाव, शिक्षा तथा सचेतनाको अभावले हिंसा हत्या र बलात्कारका घटनामा कमी आउन सकेको छैन।
राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा मानव अधिकारको उल्लङ्घन वा हनन भएको भनी १०० उजुरी दर्ता भएका छन् भने न्यायका लागि सम्बन्धित निकायमा पहल गरिदिन भनी दर्ता भएका एक हजार ३० वटा निवेदनमाथि पत्राचार तथा पीडितहरुलाई परामर्श सेवा प्रदान गरिएको छ।

आयोगले मानवअधिकारसँग सम्बन्धित विषयमा २२० पटक अनुगमन गरेको छ। आयोगले पुराना र नयाँ गरी ४०३ उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको छ भने नीतिगत १३ र उजुरीगत  १०२ सिफारिस गरेको छ।

आयोगबाट जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार: दिगो शान्ति र समृद्धिको आधार भन्ने आह्वानलाई साकार पार्न मानव अधिकार प्रवर्द्धन कार्यलाई विशेष प्राथमिकतामा राखी सम्वर्द्धन सम्बन्धी काम गरिरहेको छ।

मानवअधिकार संरक्षणका लागि आयोगले निरन्तर काम गरिरहेको भए पनि मानवअधिकारको अवस्था सन्तोष मान्न सक्ने अवस्था नभएको आयोगका अध्यक्ष तपबहादुर मगरको भनाइ छ।

“मानव अधिकार संस्कृति कायम गर्ने मूल ध्येयलाई ध्यानमा राखी मानव अधिकारको संरक्षण र सम्वर्द्धन गर्न आयोगले निरन्तर गरिरहेको छ” उनले भने, “सङ्क्रमणकालीन न्यायको काम बाँकी नै छ, समाजमा शान्ति अमनचयन काम हुन सकेको अवस्था छैन।”
उनले आयोगले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरेर काम गर्दै आइरहेको स्पष्ट पारे।

आयोगले गत आर्थिक वर्षको प्रतिवेदनमा आयोगले हालसम्म परेका उजुरीको अनुसन्धान गरी २८ करोड १३ लाख एक हजार एकसय ७९ रुयैयाँ क्षतिपूर्तिका लागि पीडितको नाममा सरकारलाई सिफारिस गरको भए पनि सरकारबाट हालसम्म करिब सात करोड मात्र पीडित क्षतिपूर्ति भएको उल्लेख छ।

आयोगले हालसम्म एक हजार चार सय सात वटा सिफारिस गरी कार्यान्वयनका लागि सरकार र सम्बन्धित निकायलाई पठाइएकोमा आयोगको तथ्यांक अनुसार १५.३ पूर्ण, ३९.२ प्रतिशत आंशिक र ४५.५ प्रतिशत सिफारिस कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ।
उक्त प्रतिवेदनअनुसार सरकारले आयोगका सिफारिसलाई कार्यान्वयन गर्ने विषयमा उदासीनता देखिएको छ। जसले गर्दा पीडितले न्याय पाउने काम कठिनाइ देखिएको छ। मानवअधिकार हनन भयो भने आयोगमा गएर उजुरी गरेपछि न्याय पाइन्छ भनेर आयोगले पूर्ण रुपमा पीडितलाई बुझाउन र भन्न सक्ने अवस्था देखिदैन। जुन निराशाजनक अवस्था हो।

आयोगको प्रतिवेदनमा राज्यका निकायहरुबीच कामकारबाहीमा आपसी समन्वय र सहकार्य हुन नसक्नुले गर्दा पनि मानवअधिकारको क्षेत्रमा उल्लेख्य सुधार हुन नसकेको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, “राज्यका निकायहरुबीच सरकारी-सरकारी, सरकारी-गैरसरकारी र गैरसरकारी-गैरसरकारीबीच समन्वय र सहकार्यमा समस्या देखिएको छ, जसले गर्दा सोचेअनुरुप परिणाम आउन सकेको छैन।”

प्रतिवेदनले अहिले पनि समाजको ठूलो हिस्सा रुढिग्रस्त मानसिकताबाट ग्रस्त भएको देखिएको छ।
“नेपालको समाजको ठूलो हिस्सा अहिले पनि रुढीग्रस्त मानसिकताबाट ग्रस्त छ, कानुन, न्याय, स्वतन्त्रता, समानता लगायत विषय उठान भएपनि व्यवहारतः समाज जातीय भेदभाव, बोक्सी, छाउपडी, बालविवाह र दाइजो जस्ता कुप्रथाबाट मुक्त हुन सकेको छैन”, प्रतिवेदनमा भनिएको छ “यसको बढी मार दलित, महिला, बालबालिका र आर्थिक रुपमा विपन्न समुदायमाथि पर्न गएको देखिन्छ।”

जातीयताका आधारमा अहिले पनि ठूलो र सानो जाति भन्ने, पानी चल्ने र नचल्ने अवस्था कायम रहेको आयोगको प्रतिवेदनमा छ।

नेपालको संविधानमा ३१ वटा नागरिकको हकका लागि मौलिक हकको व्यवस्था गरिएको छ। तीन वर्षभित्र कानुन बनाएर कार्यान्वयनमा ल्याउने भनिएको थियो।
कानुन बने तर नियमावली बनेर अझै कार्यान्वयनमा आउन सकेको छैन। यसले गर्दा नागरिकले पाउनुपर्ने संवैधानिक हकको पनि उपयोग गर्न पाएका छैनन्।

पचहत्तरऔं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको राष्ट्रिय नारा ‘भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔं’ भन्ने नाराका साथ यो वर्ष मानवअधिकार दिवस नेपाल भर मनाइँदैछ।

मानवअधिकार दिवस प्रत्येक वर्ष डिसेम्बर १० का दिन मनाइन्छ। अर्थात् मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाई आधार मानेर मनाउने गरिएको हो। सोही दिन विश्वव्यापी मानवअधिकारको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ।  
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस