आठ करोड ८९ लाख ८० हजार बराबरको कोकिनसहित तीन विदेशी पक्राउ
१३ भदौ २०७८
•
१ मिनेट पाठ
आठ करोड ८९ लाख ८० हजार बराबरको कोकिनसहित तीन विदेशी पक्राउ
आठ करोड ८९ लाख ८० हजार बराबरको दुई केजी ९६६ ग्राम लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। कोकिनको कारोबारमा संलग्न रहेको अभियोगमा दक्षिण अफ्रिका, भारत र ताञ्जानियाका नागरिकलाई पक्राउ गरिएको तथा जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूराले आज जनाएको छ।




कतार एयरको उडानद्वारा जोहानेसबर्गबाट कतार हुँदै भदौ ३ गते दिउँसो काठमाडौँ आएकी दक्षिणअफ्रिकी नागरिक शेर्ली गामालाई ब्यूरोको टोलीले भदौ ३ गते राति काठमाडौँ महानगरपालिका–१ कमलादीस्थित एक होटलबाट उक्त परिमाणको कोकिनसहित पक्राउ गरेको हो।

कोकिनको कारोबारका लागि सोही होटलमा आएका भारतीय नागरिक विजय सिंहलाई भदौ ८ गते कमलादीबाट तथा ताञ्जेनियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोेलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुली खुर्कोटबाट भदौ ९ गते पक्राउ गरिएको ब्यूरोले बताएको छ। यसैगरी, लागुऔषध खैरो हेरोइनसहित सात जनालाई नियन्त्रणमा लिइएको छ। रासस
अर्को समाचार
गजडी गफ होइन गाँजा खेती
२१ माघ २०७७
•
५ मिनेट पाठ
गजडी गफ होइन गाँजा खेती
एक समय खतरनाक लागुऔषधका रूपमा लिइने गाँजाप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन भएको छ । अहिले अमेरिकी तथा युरोपका थुप्रै सहरमा गाजा खुला गरिएको छ । अन्य देशले पनि गाँजासम्बन्धी नियम खुकुलो बनाउँदै गएका छन् । बंगलादेश, चिली, मेक्सिको, क्यानडा, स्पेन आदि देश गाँजा प्रयोगमा उदार हुँदै गएका छन् ।




अमेरिकाका २३ राज्यले गाँजालाई औषधिका रूपमा प्रयोग गर्न अनुमति दिएका छन् । भारतका केही राज्यले औद्योगिक प्रायोजननिम्ति गाँजा खेती गर्न अनुमति दिएका छन् । त्यस्तै चीन पनि यसमा उदार देखिँदै आएको छ । हेम्प (यसको प्रजाति) उत्पादनमा चीन फ्रान्सपछिको दोस्रो स्थानमा छ ।

हामीकहाँ चुरोट र रक्सी खानु सामान्य मानिन्छ तर गाँजा खानु अपराध । अनुसन्धान र अध्ययनअनुसार रक्सी र चुरोटको तुलनामा गाँजा कम हानिकारक छ । 
७० को दशकअघि नेपालमा पनि गाँजा उत्पादन र खेतीमा कुनै प्रतिबन्ध लागेको थिएन । सन् १९७६ मा सरकारले अमेरिकी दबाबमा गाँजा उत्पादन र प्रयोगमा रोक लगायो । त्यस दशकमा नेपालमा हिप्पी युगको सुरुआत भयो । अमेरिकालगायत अन्य मुलुकबाट नेपालमा गाँजा खानेको घुइँचो लाग्थ्यो । यही कारणले अमेरिकाले आफ्ना नागरिकप्रति चिन्ता दर्शाउँदै नेपालमा गाँजा प्रतिबन्ध गर्न दबाब दियो । अहिले करिब ४० वर्षपछि अमेरिकाले गाँजा उत्पादनर प्रयोग आफ्ना राज्यहरूमा खुला गर्‍यो । अन्यथा त्यहाँका मानिस गाँजा प्रयोग गर्न छाड्दैनथे र राज्यले आफ्ना नागरिकलाई अपराधीका रूपमा व्यवहार गरिरहन्थ्यो । जसले गर्दा अपराधको जालो बढ्दै जान्थ्यो ।

नेपालमा अझै पनि गाँजालाई लागुऔषधका रूपमा हेरिन्छ । सरकारले यसको प्रयोग र उत्पादनलाई अपराधका रूपमा हेर्छ र दण्डित गर्छ । गाँजाको नाम सुन्नेबित्तिकै नाक खुम्च्याउने पनि धेरै छन् । यसको समर्थनमा केही बोले वा लेखे पनि त्यसलाई नकारात्मकरूपमा हेर्ने धेरै छन् तर गाँजाको प्रयोग रोकिएको छैन । नेपालमा युवामाझ गाँजाको प्रयोग बढ्दै गएको छ । प्रहरी र प्रशासनले जति कडाइ गरे पनि यसको प्रयोग रोकिएको छैन । यसमा गरेको कडाइले अन्य खतरनाक दुर्व्यसनी मौलाउँदै गएको छ ।

हामीकहाँ चुरोट र रक्सी खानु सामान्य मानिन्छ तर गाँजा खानु अपराध । अनुसन्धान र अध्ययनअनुसार रक्सी र चुरोटको तुलनामा गाँजा कम हानिकारक छ । जबदेखि मानिसलाई गाँजाबारे थाहा भयो तबदेखि नै यसको प्रयोग र ओभर डोजबाट कसैले पनि ज्यान गुमाएका छैनन् । सन् २०१० मा ल्यान्सेटमा प्रकाशित लेखअनुसार ड्रग एक्स्पर्टले गरेका अध्ययनअनुसार चुरोट र रक्सीको असरभन्दा गाँजाको असर तुलनात्मकरूपमा कम हुन्छ । हामी सोच्छौँ, गाजा सेवनकर्तामा यसको शारीरिक परनिर्भरता बढी हुन्छ । तर अध्ययनले देखाएअनुसार चुरोट र बिँडी खानेहरूमा तिनको शारीरिक परनिर्भरता ३० प्रतिशत हुन्छ तर गाँजामा त्यस्तो लत लाग्दैन ।

एक लेखअनुसार औषधि विज्ञानले गाँजालाई अहिले उपलब्धिमूलक र सहयोगी औषधिका रूपमा लिएको छ । ‘यसलाई विभिन्न प्रायोजनका लागि प्रयोग गर्न सकिन्छ ‘ग्लाउकोमा’ भन्ने आँखा रोग, मुर्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता समस्याको उपचारका निम्ति गाँजा सहयोगी देखिन्छ । नौजिया र अत्यन्त दुखाइको राहतका लागि पनि यो प्रयोग गर्न सकिन्छ ।

क्यान्सर सेल मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले देखाएको छ । यसको मद्दतले अरू थुप्रै किसिमका घातक रोगको उपचार गर्न सकिन्छ । तर गाँजाले हृदयगति बढाउने, धुवाँले श्वास÷प्रश्वास प्रणालीमा असर गर्ने तथा अन्य सामान्य शारीरिक गतिविधिमा प्रभाव पार्ने पनि देखिएको छ ।

यी उदाहरण दिनुको तात्पर्य हामीले गाँजा निजी प्रयोगका लागि प्रोत्साहन गर्नुपर्छ भन्ने होइन । हामीले यसका अनगिन्ती फाइदाको सही उपयोग गर्न सक्नुपर्छ । यहाँ त हाम्रो कानुन कस्तो छ भने कसैले गाजा बोकेको छ भने पनि उसलाई समातेर जेल हाल्छ र त्यहाँबाट छुट्न निकै गाह्रो पर्छ । केही समयअघिको कुरा, मेरा एक जना साथी अरू साथीसँग बसेर गफ गर्दै थिए । अरू गाजा पनि खाँदै थिए तर ती साथीले भने अहिलेसम्म गाँजा खाएका थिएनन् । त्यत्तिकैमा प्रहरी आयो र सबैलाई भ्यानमा हालेर प्रहरी कार्यालय लग्यो र मुद्दा चलाइयो । त्यहाँबाट उनलाई छुट्न लगभग ५–६ दिन कुर्नुपर्‍यो । पछि प्रहरीले उनको आमाबाबुको जिम्मा लगायो । समाजमा पनि त्यो कुरा फैलियो । अहिले उनलाई धेरैले नराम्रै सोच्छन् उनको समाजमा ।

यहाँ कोही मानिस गाँजा खानेसँगै बसेको देखे ऊ अपराधी ठहरिन्छ । जबकि गाँजा खाएर कसैले सामाजिक अपराध गरेको खबर छैन । रक्सीको मातमा विभिन्न आपराधिक घटना भएका छन् । बलात्कार, हत्याका घटना भएका छन् । त्यस्तै चुरोटले पुर्‍याउने क्षतिका बारेमा पनि हामी अवगत नै छौँ । अध्ययनअनुसार ६० लाख मानिस चुरोट सेवनले हरेक साल मर्ने गर्छन् । यही क्रम रहे सन् २०३० सम्म चुरोटका कारण ८० लाख मानिसको ज्यान जान सक्नेछ । त्यस्तै अर्को अध्ययनअनुसार रक्सीको सेवनबाट संसारमा २५ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । तर गाँजा सेवनबाट ज्यान गएको सुनिएको छैन ।

यहाँ त रक्सी र चुरोटलाई आफ्नो शानका रूपमा लिने गरिन्छ । विवाह, व्रतबन्धमा पनि यसको प्रयोग खुलेआम हुने गरेको छ । स्वास्थ्यमा पुर्‍याउने क्षतिको हिसाब हेर्ने हो भने गाँजा चुरोट र रक्सीको तुलनामा निकै कम हानिकारक छ । यहाँ धेरैको बुझाइ के छ भने गाँजा भनेको लागुऔषध हो । त्यो सोचाइमा परिवर्तन आउन सकेको छैन । धेरैले के सोचेका छन् भने गाँजा खाएपछि मानिस अरू दुर्व्यसनीमा फस्ने सम्भावना धेरै हुन्छ । तर अध्ययनले देखाएअनुसार त्यसो हुँदैन । साँच्चिकै दुर्व्यसनीमै फस्नु छ भने जाँड, चुरोट, रक्सी खाए पनि फसिन्छ ।

गाँजा वातावरणमैत्री र कम खर्चमै उत्पादन गर्न सकिने वस्तु हो । यसका अनगिन्ती प्रयोग गर्न सकिन्छ । यसले नेपालको आर्थिक उन्नतिमा पनि ठूलो मद्दत गर्न सक्छ । गाँजाको पातबाट लगभग हामीलाई आवश्यक सम्पूर्ण वस्तु उत्पादन गर्न सक्छौँ । हामीले यसबाट कागज, तेल, औषधिलगायत अन्य थुप्रै वस्तु उत्पादन गर्न सक्छौँ । यसको सही उपयोग गर्न सके नेपालमा रोजगारको अवसर सिर्जना गर्न सकिन्छ ।

एकजना विदेशीले भनेका थिए, नेपालमा भएको अमूल्य गाँजा खेतीको सही प्रयोगले नेपाल एसियाको स्विट्जरल्यान्ड बन्न सक्छ । समयसँगै गाँजाप्रति संसारको सोचाइ परिवर्तन हुँदै गएको अवस्थामा नेपालले पनि यससम्बन्धी कानुन खुकुलो बनाएर यसको सदुपयोग गर्नुपर्छ र यसबाट फाइदा लिन सक्नुपर्छ । हामीले पनि यसप्रतिको दृष्टिकोण र बुझाइमा परिवर्तन ल्याउनु आवश्यक छ । यसले गर्दा नेपालको आर्थिक उन्नतिमा ठूलो टेवा पुर्‍याउँछ ।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस