अझै खुलेनन् बाढी र पहिरोले अवरुद्ध १२ सडक
०९ भदौ २०७८
•
१ मिनेट पाठ
अझै खुलेनन् बाढी र पहिरोले अवरुद्ध १२ सडक
बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन्। वर्षाका कारण यस वर्ष १८२ सडक अवरुद्ध बनेकामा हाल १११ सडक एकातर्फबाट मात्रै सञ्चालन रहेको छ।




वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेँसीसहर–चामे सडकमा पुर्याएको छ। मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध छ। सो सडक तिमाङ खोला, धारापानी, रामबजार, अर्गले, बगरछापलगायतका स्थानमा अवरुद्ध रहेको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत रसुवा र नुवाकोट जिल्लामा विभिन्न स्थानमा अवरुद्ध रहेको छ। रसुवा जिल्लामा त्रिशूली खोला, सानो भार्खु खोला गाँजाबारीलगायतका स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छ।

सोही सडकअन्तर्गत नुवाकोट जिल्लामा मैथली खोलामा एक महिनादेखि पूर्णरूपमा सडक अवरुद्ध छ। जुम्लामा बड्कीमा र त्रिभुवन राजपथ मकवानपुर जिल्लाको नौखन्डेमा पूर्णरूपमा अवरुद्ध छ। कोदारी राजमार्ग सिन्धुपाल्चोकको लिपिङ्ग खोलामा पूर्णरूपमा अवरुद्ध छ।  

सडक विभागअन्तर्गका डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयले आफूसँग भएका उपकरणको प्रयोग गरेर अवरुद्ध सडक खुलाउने गरेका छन्। कतिपय स्थानमा तत्काल दुवैतर्फबाट खुलाउन नसकिने भएमा एकातर्फबाट खुलाएर सवारी साधन चल्न सक्ने बनाएको विभागले जनाएको छ।  सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, पृथ्वी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग, मदन भण्डारी राजमार्गलगायतका राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका थिए। विभागले ती राजमार्गमा एउटा लेनमा खुलाएको भए पनि पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। जेठ र असारदेखि अवरुद्ध कतिपय सडक अझै खुलिसकेका छैनन्।
अर्को समाचार
वर्षापछिको बाढी पहिरोले अवरुद्ध सडक अझै खुलेनन्
१६ कार्तिक २०८२
•
३ मिनेट पाठ
वर्षापछिको बाढी पहिरोले अवरुद्ध सडक अझै खुलेनन्
सिद्धिचरण लोकमार्गमा फसेको ट्रक निकाल्न जुटेका स्थानीय ।
लगातारको वर्षाले भत्किएका उदयपुरका सडक अझै सञ्चालनमा आउन सकेका छैनन । गाईघाट दिक्तेल सगरमाथा लोकमार्गको उदयपुरतर्फ विभिन्न ठाउँमा पहिरो गएर सडक सुचारु हुन नसकेको स्थानीयले बताएका छन् ।  




गाईघाटदेखि फोक्सिन्टारसम्मको खण्डमा दर्जन हाराहारी ठाउँ पहिरो जानुकमा साथै भत्के बिग्रेको कारण यातायात राम्ररी सुचारु हुन सकेको छैन । बिग्रेको सडक मर्मत कार्य गर्दै सुचार गर्ने काम भईरहेको सडक योजना कार्यालय उदयपुरले जनाएको छ । खोटाङतर्फ पनि उत्तिकै ठाउँ वर्षाले सडक बिगारेकाले याताायत सञ्चालनमा असहज भईरहेको छ ।  

उदयपुर र खोटाङ जोड्ने सीमानाका सुन नदीको फोक्सिन्टारस्थित पक्की मोटरेबल पुल गतवर्षको असोज १२ गते रातिकै बाढीले भत्काएसँगै दुई जिल्लाको सोझो यातायात सम्पर्क बिच्छेद भएको थियो । वर्षदिनअघि मात्र सञ्चानलमा आएको पुल बाढीले भत्काएपछि अर्को पुल बनाउन नसक्दा दुवै जिल्लामा रसुवाघाटसम्मा एकतर्फी गाडीहरु चलाउनु परेको छ ।  

उदयपुरतर्फ गाईघाट–फोक्सिन्टार खण्ड ४८ किलोमिटर र खोटाङतर्फ फोक्सिन्टार–माहुरे खण्ड ५१ किलोमिटर गरि १ सय १ किलोमटिर दूरीको सगरमाथा लोकमार्ग फोक्सिन्टारको पुल भत्केपछि यताका गाडीहरु रसुवा वारि र खोटाङ पारिसम्म मात्र चल्न बाध्य छन् । गाईघाटबाट जाने गाडीका यात्रुहरु फोक्सिन्टारदेखि डेढ किलोमिटर उत्तर एकतर्फी रसुवाघाट पुगेर झोलुङ्गे पुल तर्दै खोटाङतर्फ जानुपर्ने बाध्यता छ ।  

तर, फोक्सिन्टार–रसुवा बीचमा पर्ने लाँकुरी खोलाले पनि वर्षामा निकै दुःख दिने गरेको यातायात व्यवसायीहरु बताउँछन् । सो खोला ठाडो र भिरालो भएकाले सानोतिनो वर्षाकै बाढीले गाडी नै बगाउने खतरा छ । यो वर्षामा लाँकुरी खोलाका कारण फोक्सिन्टार–रसुवा खण्डको सडक पूर्णतः ठप्प भएको स्थानीले बताएका छन् ।  

रसुवासम्मकै गन्तव्य बनाउने दिक्तेलदेखि आउने गाडीहरुलाई पनि विभिन्न ठाउँमा भत्केको सडकको सामना गर्नुपरेको छ । रसुवादेखि दिक्तेलसम्मको दूरीमा रेग्मीटारदेखि राजापानीसम्म ठिकठिकै सडक भए पनि राजापानीदेखि बुईपासम्मको दूरी निकै गएगुग्रेको भएकाले कठिनाई हुने गरेको चालकहरु बताउँछन् । उनीहरुका अनुसार राजापानी–बुईपा खण्डको पनि बुईपा–माला खण्ड धेरै खाल्डाखुल्डी र हिलाम्य हुने भएकाले साह्रै अप्ठेरो हुने गरेको छ ।  

उदयपुरकै पश्चिमी भेगको सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड धेरै बिग्रेका कारण यातायात ठप्प छ । उसै अप्ठेरो र जिर्ण सडक लगातार ४ दिनको वर्षाले दर्जन बढी ठाउँमा पहिरो गएर पुर्नुका साथै भत्काएका कारण ५ दिनयता यातायात अवरुद्ध भएको स्थानीय बताउँछन । सो खण्डमा यातायात अवरुद्ध नहोस् भनेर कटारी–घुर्मी सडक योजना कार्यालयले हेरालु तैनाथ राखेको भए पनि लगातार वर्षाले पहिरो गईरहने ठाउँमा खटेर काम गर्न जोखिम छ ।  

पहाडी भेग र कच्ची सडक भएकाले वर्षा नहुँदा पनि कतिबेला कहाँ पहिरो जान्छ ठेगान नहुने सो लोकमार्गमा वर्षा भएपछि थप काम गर्न जोखिम हुने सडक हेरालु कुमार प्याकुरेल बताउँछन् । उनका अनुसार कटारी–घुर्मी ४७ किलोमिटर खण्डमा आधादर्जन हेरालु कामदार कार्यरत रहेको तर, ठाउँठाउँमा पहिरो जाने तथा बिग्रने भत्कने सडक भएकाले एकैछिन फुर्सद मिल्दैन ।  

वर्षा रोकिएपछि हल्का चल्न थालेको यातायात पहिरो खस्ने क्रम नरोकिएका कारण बीच बाटोमै अलपत्र पर्न थालेका छन् । पानी रोकिएपछि सडक चल्ने अनुमानले हिडेको एउटा मालबाहक ट्रक पहिरो खसेर जमेको हिलोमा फसेर दिउसोदेखि बीच सडकमै अलपत्र परेको प्याकुरेलले बताए । उनका अनुसार ट्रक चालक, सहचालक, सडक हेरालु तथा स्थानीय र प्रहरी जुटेर ३/४ घण्टाको मर्मतपछि साँझमा बल्ल फसेको ट्रक निस्केर अघि बढेको छ ।  

लगातारको वर्षाले जिल्लाका पहाडी भेगका सबैजसो सडकहरु अवरुद्ध भएकोमा केही सुचारु भएका छन् भने अधिकतर अझै चल्न सकेका छैनन् । पहाडी सडकहरु सबै कच्ची र बिना इन्जिनियरिङ खनिएका कारण भत्कने बिग्रने र मर्मत गर्न नमिल्ने समस्या रहेकाले पनि सामान्य वर्षाल नै यातायात अवरुद्ध गर्ने गरेको चालकहरु बताउँछन् ।  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस