मोहनाका सधैं दुःख!
०७ भदौ २०७८
•
३ मिनेट पाठ
मोहनाका सधैं दुःख!
मोहना नदीमा जैविक तटबन्धन गर्दै पगिया प्रसार गाउँका स्थानीय । तस्बिरः पुष्पराज/नागरिक
भजनी नगरपालिका–५, पगिया प्रसारका ५८ वर्षीय महेन्द्रसिंह बुढा दिनभर घर छेउ भएर बग्ने मोहना नदी किनारमा बसेर सोचिरहन्छन्,‘मोहना खोला अझै पश्चिम पट्टि फर्किदिए गाउँको मुहार फेरिन्थ्यो।’ तर, ठीक उल्टो भई दिएको छ। गाउँको पश्चिम पट्टि भएर बग्ने मोहना झनझन पूर्व पट्टि कटान गर्दै आउन थालेको छ। 




‘यो मोहना नदीले हामीलाई कहिल्यै सुख दिएन,’ उनले भने,‘वर्षायाम आउनै हुन्न चिन्ता लागिरहन्छ।’ वर्षायाममा पानी पर्दा किसान खुसी हुने गरे पनि आफूहरू भने दुःखी हुनु परेको बताउँदै उनले भने,‘राति पानी पर्‍यो भने हामी रातभर जाग्राम बस्छौँ, कतिखेर खोला बढेर गाउँमा बाढी पस्ने हो भन्ने चिन्ता लागिरहन्छ।’

गाउँलाई सुरक्षित राख्न संसद विकास कोषबाट निर्मित अग्लो ड्याम मोहना नदीले कटान गर्न थालेपछि स्थानीय झनै चिन्तित बनेका छन्। मोहना किनारमा अग्लो ड्याम नबनाउन्जेल बाढी गाउँमा पसेर महिनौसम्म विस्थापित हुनु पर्ने बाध्यता रहेको बताउँदै अर्का स्थानीय मन्दिरे बुढाले भने,‘ड्याम बनायौं गाउँमा बाढी पस्नबाट त बच्यो, अब ड्यामै काट्न थाल्यो।’ अहिले गाउँलेहरुलाई ड्याम बचाउनै सकस भएको छ। 

‘गाउँको सिरानबाटै ड्याम कटानी हुन थाल्यो,’ उनले भने,‘ड्याम बचाउनका लागि हामी अहिले जैविक तटबन्धन गर्न थालेका छौँ।’ गाउँले मिलेर जंगलमा गई अग्ला बल्ली (खम्बा) काटेर नदी किनारमा गाडेर त्यहाँ हरिया स्याउला लगाई नदी फर्काउने काममा रातदिन लागिरहेका छन्। सरकारले गतिलो तटबन्ध नबनाइदिएका कारण स्थानीय जैविक तटबन्धको जुगाडमा छन्। ‘सरकारले ढुंगा हालेर तारजालीले तटबन्ध नगराइदिँदा हामी जैविक तटबन्धमा लागेका छौँ,’ मन्दिरेले भने,‘सधैँ मोहनाको दुःख पाइरहने हामीलाई सरकारले पनि गतिलो तटबन्धको योजना ल्याइदिएको छैन।’ 

गतिलो तटबन्ध नभएका कारण पानी पर्ने वित्तिकै गाउँले उठेर नदी किनारमा बाढी हेर्दै रात काट्ने गरेको बताउँदै उनले भने,‘बाढी आउने वित्तिकै टर्च लिएर मोहना किनारमा बस्छौं, बाढी बढ्न थालेपछि घरपरिवार सुरक्षित गर्न अग्लो स्थानतर्फ जान्छौँ।’  

पगीया प्रसार गाउँलाई मोहना कटानबाट जोगाउन जनताको तटबन्धन कार्यक्रम लागू गर्न वडाले निवेदन दिएको बताउँदै वडा नम्बर ५ का वडाध्यक्ष केशवबहादुर बुढाले भने,‘वडाको बजेटले मोहनामा केही हुँदैन, त्यसका लागि गतिलो योजना नै चाहिन्छ।’ केही दिनअघि नगरपालिकाले पनि पगीया प्रसार गाउँको कटानबारे अनुगमन गरेको उनले बताए। 

उनले भने,‘नगरपालिकाले पनि अनुगमन गरेको छ, हेरौँ के हुन्छ, नभए जनतासँगै मिलेर वडा कार्यालयले पनि गाउँ बचाउन प्रयास गर्नेछ।’ आफूले पनि शनिबारका दिन दिनभर गाउँलेसँगै जैविक तटबन्धनमा जुटेको बताउँदै उनले भने,‘मेरो गाउँ पनि त्यहीँ हो, गाउँ जोगाउन गाउँले दाजुभाइ मिलेर जंगल गई स्याउला काटेर हालेका छौँ।’ जैविक तटबन्धनमा पहिले स्याउला हालेर त्यसपछि ८ वटा ठूला त्रिपाललाई आठ वटा डोरीले बाँधेर कटान रोक्ने प्रयास गरेको उनले बताए।

मोहना र काँढा नदीले पगिया प्रसार गाउँसँगै लौबस्ता, नयाँबस्ती, मिलनपुर, दुदुवाफाँटा, कौवाखेडा, कालापातल, कुटी, मानपुर, भगतपुर, कर्मदेव, लखराँया, तप्पत र चम्रौधा गाउँका ९ सय ४९ घरधुरी प्रभावित भएका छन्। मोहना र काँढा नदीमा बाढी आउँदा यी गाउँका ९ सय ४९ घरधुरी पूर्ण जोखिममा पर्ने गरेको वडाध्यक्ष बुढाले बताए।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस