आठविस नगरपालिका दैलेखले कृषिमा गरेको लगानी खेर गएको छ। हचुवाको भरमा कृषि समूहमा लगानी गर्दा लाखौं रकम कृषि उत्पादन विना सकिएको हो।
नगरपालिकाले वडा नम्वर ३ मा रहेको साईगाउँमा कर्णाली कृषि समूहलाई तरकारी उत्पादनमा सहयोग गर्न दिएको रकम टनेल नबन्दै भत्काईएको छ। समूहमा आबद्ध २९ जना किसानले सामूहिक तरकारी खेती गर्नका लागि ३ वटा टनेल बनाएका थिए। टनेलमा खर्च भएको रकम पूरा भुक्तानी नभएको भन्दै किसानहरुले टनेल भत्काएका हुन्। अहिले टनेलका डन्डा मात्रै खेतमा बाँकी छ।
भनेजति भुक्तानी नपाएको भन्दै किसानहरुले टर्नेल भत्काएको आठविस नगरपालिकाका कृषि शाखा प्रमुख रमेश थापाले बताए। ‘टनेलमा खर्च भएको रकम ६ लाख ६८ हजार भुक्तानी दियौं।’ कृषि शाखा प्रमुख थापाले भने, बिउ, खनजोत किसानहरुकै हुने हुँदा त्यो रकम दिन नसक्दा टनेल नै उहाँहरुले भत्काउनु भयो।’
त्यस्तै कर्णाली कृषि समूहका अध्यक्ष मिमबहादुर शाहीले धान, गहुँ र मकै र ज्यालादारीको हिसाव नगरपालिकाले नगरेकाले आफूहरुले टनेल नै उक्काएको बताए। ‘खेतमा बाँकी रहेको डन्डा समेत अब उखालिने छ।’ अध्यक्ष शाहीले भने,'नगरपालिकाले टनेल बाहेक खर्च भएको अन्य रकम दिन मानेन् त्यस्तैले सामूहिक रुपमा टनेल भत्काएको हो।’
गत वर्ष पनि सहकारी र कृषि समूह गठन गर्न लगाएर आठविस नगरपालिकाले दिएको धन्नै ३ करोड रकमबाट कृषि तथा पशु बाँडेका तरकारी फम तथा पशु पालन देखिँदैन। स्थानीयका अनुसार कार्यकर्तामुखी बजेट हुँदा सदुप्रयोग नभएको बताईन्छ।