मलेसियामा सम्पर्कविहीन बनेका भुजेल १८ वर्षपछि स्वदेश फर्किए
२८ साउन २०७८
•
३ मिनेट पाठ
मलेसियामा सम्पर्कविहीन बनेका भुजेल १८ वर्षपछि स्वदेश फर्किए
मलेसिया पुगेको १८ वर्षपछि फर्किएका खोटाङ, बाक्सिलाका डम्बर भुजेल । तस्बिर सौजन्य: सिर्जना निरौला
हुर्के बढेको छोरो धन कमाउन भन्दै विदेशिँदा खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको घलेगाउँका गोरे भनिने राजमान भुजेल र उनकी श्रीमती भलमायाँ भुजेल उत्साहित थिए। नरनातासँग ऋणपान गरेर मलेसिया पठाइएका मने भनिने जेठो छोरो डम्बर भुजेलले पैसा कमाउँछन्, परिवारलाई आर्थिकरुपमा आडभरोसा दिन्छन् भन्ने उनीहरुको अपेक्षा थियो। तर, सोचेजस्तो भएन भुजेल दम्पत्तीको सपना। 




वैदेशिक रोजगारीका सिलसिलामा सन् २००३ (विक्रम संवत् २०६० सालताका)मा कामदारका रुपमा मलेसिया पुगेका डम्बर सन् २००६ बाट पूर्णरुपमा परिवारदेखि सम्पर्कविहीन बने। लामो समयसम्म घर नआउँदा र सम्पर्क नहुँदा डम्बर ‘जिवित छन् वा छैनन्’ भन्ने बारेमा घर परिवार नै अन्योलमा थिए। छरछिमेकले पनि उनी जिवित छन् भन्ने आश मारिसकेका थिए। सम्पर्कविहीन हुँदा परिवारले माया मारिसकेका तिनै डम्बर १८ वर्षपछि स्वदेश फर्किएका छन्।  

डम्बर विदेशिएको समय हिजोआज जस्तो फोनको सुविधा थिएन। चिट्ठीपत्रबाट सञ्चोविसञ्चो र हालखबर आदान–प्रदान हुन्थ्यो। मलेसिया पुगेको अढाई वर्षसम्म उनी चिट्ठीपत्र पठाएर परिवारको सम्पर्कमा रहे। तर, सन् २००६ देखि डम्बर बेपत्ता भएका थिए। उनी सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता छायो तर सोधीखोजी गर्ने कुनै माध्यम थिएन।

कसैले ‘डम्बर ज्यूँदै छ, उतै बसिरहेको छ’ भन्ने अनुमान गर्थे, कसैले ‘उ वितिसकेको छ, नत्र घर सम्झन्थ्यो, परिवार सम्झेर आउँथ्यो’ भन्थे। परिवार सामु उनको बाटो हेरेर बस्नुको विकल्प रहेन। एक दशकसम्म सम्पर्कमा नआउँदा उनको नाममा छाकसम्म छोडिए। डम्बर मलेसिया जाँदै गर्दा घरमा बुवा, आमा, तीन जना भाई र चार बहिनी थिए। त्यो बेलाका स–साना भाई बहिनी हुर्किर विवाह गरेर हाल आ–आफ्नो घरजम गरिसकेका छन्। डम्बरको बाटो हेर्दै बसिरहेकी आमा भलामायाको ७ वर्षअघि मृत्यु भइसकेको छ।  

२०७७ साल मंसिर ७ गते मलेसियामा एउटा पसल अगाडि अचेत अवस्थाका पुरुष भेटिए। अचेत अवस्थामा भेट्ने नेपालीले मरिसकेको भन्दै उनको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए। सामाजिक सञ्जालमा उनको ठेगाना खोटाङ उल्लेख गरिएको थियो। सोही सूचनाको आधारमा केपिलासगढी गाउँपालिका र बालसेवा समाजको सहकार्यमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)को मनोसामाजिक परामर्शदाता सिर्जना निरौलाले पनि उनको बारेमा सोधखोज सुरु गरिन्। त्यसपछि उनी बाक्सिला घले गाउँको डम्बर भुजेल भएको यकिन गरिएको थियाे।

घरमा लास ल्याउने चर्चा चलिरहेका बेला डम्बर अचेत मात्र भएकाले उद्धार गरेर अस्पतालमा पुर्‍याइएको जानकारी आयो। कुबेतमा रहेकी उनकी माईली बहिनी सविनाले पनि डम्बर जिवित रहेको भन्दै परिवारमा खबर गरिन्। तस्बिर हेरेर राजमानले पनि डम्बरलाई चिने। 

‘फेसबुकमा आएको सूचनाको आधारमा सत्यतथ्य बुझ्दै जाँदा उहाँलाई टाउकोमा गम्भीर चोट लागेकाले अचेत मात्र भएको र अस्पतालमा उपचार भइरहेको पत्ता लाग्यो,’ मनोसामाजिक परामर्शदाता निरौलाले भनिन्, ‘लामो समयसम्म अवैधरुपमा बसिरहेका उहाँलाई नेपाल निकाल्नका लागि साथमा कुनैपनि डकुमेन्ट थिएन। सामीकैतर्फबाट निरन्तर फलोअप गर्ने, कागजात तयार पार्न सहयोग गर्ने र उद्धार गरेर नेपाल ल्याउने प्रोसेस थालिएको थियो।’ 

अन्ततः डम्बर साउन २३ गते काठमाडाैं उत्रिएका छन्। उनको बहिनी उमा र सविनासँग भेट भइसकेको छ। तर, टाउकामा गहिरो चोट लागेको असरले उनको शारीरिक र मानसिक अवस्थामा भने असर पुगेको देखिएको छ। उनको बायाँ कानभन्दा माथिको टाउकाको भाग भित्र पसेको परिवारको भनाई छ। डम्बरलाई ६/७ महिनासम्म अस्पतालमा राखेर उपचार गरिएको थियो। टाउकाको दुई पल्ट अप्रेसन गर्नुपरेकै कारण उनलाई स्वदेश ल्याउनका लागि समय लागेको हो। उनी दुर्घटनामा परेको अनुमान गरिएको छ। 

हाल ४२ वर्ष पुगेका डम्बरलाई स्वदेश फर्काउनका लागि मलेसियास्थित नेपाली दूतावासले समेत सहयोग गरेको छ।  

काठमाडाैं उत्रिएपछि उनलाई प्रवासी नेपाली समन्वय समिति (कानुनी सहायता जनअधिकार मञ्च)को क्वारेन्टिनमा राखिएको थियो। तर, स्वास्थ्यमा समस्या देखिइरहेकाले तीन दिनपछि नै परिवारको जिम्मा लगाइएको छ। डम्बर १८ वर्षसम्म ‘कसरी बसे र किन सम्पर्कविहीन बने’ भन्ने पाटो भने खुल्न बाँकी छ। 

उनको हाल देब्रे हात नचल्ने समस्या देखिएको छ। छोराछोरी आ–आफ्नो सुतीखेतीमा लागेपछि एक्लै बसिरहेका राजमान माया मारिसकेको छोरा घर फर्कँदा हर्षित छन्। तर, शारीरिक र मानसिकरुपमा कमजोर बनेको खबरले भने राजमान उत्तिकै चिन्तित छन्। 

‘कहीँ न कहीँ ज्यूँदै छ, भन्ने आश मरेको थिएन,’ उनले भने, ‘तर अपांगजस्तो बनेर आउँदैछ। आफै गरिखान सकेन भने पनि पिरालोचैं हुने नै भयो।’
अर्को समाचार
दुई सातामा ३४ हजार नेपाली स्वदेश फर्किए
२४ असोज २०७८
•
२ मिनेट पाठ
दुई सातामा ३४ हजार नेपाली स्वदेश फर्किए
पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। दसैँ–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो।




सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन यहाँको गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको प्रहरीले जनाएको छ।

बितेको दुई सातायतायता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र  गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। स्वदेश फर्किनेको भीड बढेपछि प्रहरीले सीमा क्षेत्रको सुरक्षा सर्तकता बढाएको छ। 'गड्डडाचौकी नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५०० जनासम्म भित्रिएको तथ्याङ्क छ', जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भने, 'नाकामा भीडभाड बढेपछि सुरक्षा बढाउनुका साथै यात्रुको सहजतामा ध्यान दिएका छौं।'

गड्डाचौकी नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर निगरानी बढाइएको छ। भने यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले चाडपर्वका बेला हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजनासमेत बनाएर शान्ति सुरक्षाका लागि खटिएको छ।

त्यसैगरी डोकेबजारस्थित प्रहरीचौकी पचगडियाका प्रहरी नायब निरीक्षक दिपेन्द्र थापाले चाडपर्व मनाउन स्वदेश फर्किने क्रम यहाँबाट पनि बढेको बताउनुभयो। सो नाकाबाट दैनिक पाँच सयदेखि एक हजार ४०० सम्म दैनिक भित्रिएको तथ्याङ्कले देखाएको छ।

भारतको दिल्ली, मुम्बै, महाराष्ट्र, पञ्जाव, पुना, बैङ्लोर, सिमला, हरिद्धारलगायतका सहरमा नेपाली रोजगारीका लागि सदियौंदेखि आउने जाने गरेका छन्। त्यसैगरी भारतबाट घर फर्किनेबाट कोभिड सङ्क्रमणको जोखिम रहेकाले जिल्ला स्वास्थ्य कार्यालयले सीमामा परीक्षण र खोप लगाउने कामलाई अघि बढाएको छ। 'नाकामा कोरोना परीक्षण गर्ने र सङ्क्रमण देखिए आइसोलेसनमा आश्रय दिने गरिएको छ', स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, 'हामीले चाडपर्वसँगै कोरोनाप्रति सजगता अपनाउन जुरुरी छ।'

स्वास्थ्य कार्यालयले गड्डाचौकीमा सङ्क्रमण देखिएकालाई कम्युनिटी हेल्थ इन्स्टिच्युट ९आइसीएच० को आइसोलेशनमा राख्ने गरिएको बताए। 'अहिले सात जनामा सङ्क्रमण देखिए पनि आइसोलेशनमा रािखएको छ', उनले भने, 'नाकामा आउनेलाई व्यवस्थित रुपमा परीक्षण र खोपको व्यवस्थापनमा खटिएका छौं।' यता भारतबाट स्वदेश फर्किनेले भने सीमामा घण्टौं लाइन बस्नु पर्दा समस्या भइरहेको गुनासो पोखेका छन्। 

उनीहरुले स्वास्थ्य सर्तकताका लागि पहल गरिए पनि सहज गर्न माग गरेका छन्। 'रातभरी बसको यात्रामा थाकिएको हुन्छ', भारतको सिमलाबाट आउँदै गरेका दिलबहादुर बुढाले भने, 'भारी बोकेर नाकामा लाइन बस्दा निकै सास्ती हुन्छ।'स्थानीय प्रशासनले भारतीय नागरिकलाई भने आधार कार्ड, कोराना परीक्षण गरेको कागजात देखाएमात्रै नेपाल प्रवेश गर्न अनुमति दिएको छ। रासस
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३० सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस