गोरखामा एक वर्षमा २१ बालिका बलात्कारको शिकार
२६ साउन २०७८
•
२ मिनेट पाठ
गोरखामा एक वर्षमा २१ बालिका बलात्कारको शिकार
११ वर्षीया छोरी पटक–पटक आफ्नो बाबुबाट दुई वर्ष यता बलात्कारको शिकार भईन्। डरले उनले यो कुरा घर समाजमा बताउन सकिनन्। गत साउनमा उनको स्वास्थ्यमा गम्भिर समस्या देखियो । चेकजाँचका लागि उनी आफ्नो फुपुको सहायताले काठमाडौं पुगिन्। त्यहाँ पुग्दा उनको पाठेघरमा समस्या भएको पहिचान भयो।  




नाबालक उमेरमा त्यस्तो समस्या कसरी भयो भन्नेमा आफन्त र चिकित्सक पनि आश्चर्यमा परे। अन्ततः बालिकाले मुख खोलिन् र भनिन् ‘बुबाले मलाई बलात्कार गर्नुहुन्थ्यो र काकाले पनि।’ यो सुनेपछि छाँगाबाट खसेजस्तो भएकी बालिकाको फुपुले प्रहरीमा बालिकाको बाबु र काका (आफ्नो दाजुभाई) विरुद्ध जाहेरी दिईन ।  

बालिकालाई ३७ वर्षीय आफ्नै बुबाले डेढ/दुई वर्षदेखि बलात्कार गर्ने गरेको उनले प्रहरीमा बताएकी छिन्। काकाले पनि गत कात्तिक महिनामा उनलाई बलात्कार गरेका थिए। आरोपी दुबै जनालाई गोरखा प्रहरीले पक्राउ गरी जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया थालेको छ । ‘अहिले हामी घटनाको बिस्तृत अनुसन्धान गर्दैछौं,’ डिएसपी प्रकाश दाहालले भने ‘बालिकाले डरले घटनाबारे यसअघि नभनेको देखिन्छ ।’

गोरखाको अजिरकोट गाउँपालिकामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । मदिरा सेवन गरेर बालिकालाई साउन २३ गते घरमा कोही नभएको बेला ती वृद्धले करणी गरेको बालिकाले आमा समक्ष बताईन्। प्रहरीले सोमवार ती वृद्धलाई पक्राउ गरेर जबरजस्ती करणी शीर्षकमा मुद्धा दायर गरी जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको डिएसपी दाहालले बताए।  

यी एक साता भित्र प्रहरीमा आएका घटना हुन्। आर्थिक वर्ष २०७७/७८ मा २१ जना बालिका जबरजस्ती  करणीको शिकार भएका छन् । प्रहरीका अनुसार २८ वटा बलात्कारका मुद्दामा ३० जना पिडक छन् । पीडित १८ वर्ष मुनिका धेरै छन् भने पिडक १८ देखि २५ वर्षका धेरै छन्।  जबरजस्ती करणीको घटनामा १८ देखि २५ वर्षका पाँच जना, २६ देखि ३५ वर्षका एकजना र ३६ देखि ४५ वर्षका एक जना रहेका छन्। घटनमा पिडक वा आरोपीहरु भने १८ वर्षमाथिका २० जना छन्।  

गोरखामा गत वर्ष बलात्कारको घटना बढेको छ। आर्थिक वर्ष २०७५/७६ मा जबरजस्ती करणीको १५ मुद्दा दर्ता भएको थियो भने ७६/७७मा १३ वटा र ७७/७८ मा २७ वटा दर्ता भएको छ। जबरजस्ती करणी उद्योगको तीन वर्षयताको तथ्यांक हेर्दा पहिलो वर्षसात, दोस्रोमा पाँच र तेस्रो वर्ष नौ वटा मुद्दा दर्ता भएको डिएसपी दाहालले बताए । बाल यौन दुरुपयोगको मुद्दा भने पहिलो वर्ष छ, दोस्रो तीन र तेस्रो वर्ष दुईवटा दर्ता भएको छ। प्रहरीले अहिले हिंसा र बलात्कारका घटना बढेको भन्दा पनि बाहिर आउने क्रम बढेको हुन सक्ने बताएको छ।
अर्को समाचार
गोरखामा सवारी दुर्घटना हुँदा ८ जना घाइते
२९ फागुन २०७९
•
१ मिनेट पाठ
गोरखामा सवारी दुर्घटना हुँदा ८ जना घाइते
गोरखा सदरमुकामस्थित बिसौनी मोडमा सवारी दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन्। सोमबार दिउसो १ बजे बिसौनी मोडमा दूध बोक्ने गाडी पल्टिदा ६ पुरुष र २ महिला गरी आठजना घाइते भएको प्रहरीले बताएको छ।  




जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेका अनुसार बागमति प्रदेशको  ०१००३–६१७० नम्बर दूध बोक्ने गाडी पल्टिएको हो। दूध बोक्ने गाडीले पैदयात्रीलाई समेत ठक्कर दिएर तल पल्टिएको प्रहरीले जनाएको छ।  

त्यस्तै सोहि सवारी दुर्घटना हुँदा बा ६ प १७८६ नम्बरको मोटरसाइकलाई समेत ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। सवारी दुर्घटनाबाट घाइते भएकाहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५७ सेकेन्ड अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस