बागमती नदी वारपार गर्न पक्कि पुलमा भर्‍याङको सहारा
२४ साउन २०७८
•
३ मिनेट पाठ
बागमती नदी वारपार गर्न पक्कि पुलमा भर्‍याङको सहारा
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ र मकवानपुरको बाग्मती–४ जोड्न बागमती नदीमा निर्माणधीन पुलबाट वारपार गर्न भर्‍याङ चढ्दै स्थानीय ।
बाग्मती नदी वारपार गर्नका लागि पक्कि पुलमा भर्‍याङको सहायता लिनु पर्ने भएको छ। यहाँको हरिहरपुरगढी गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका जोड्ने पक्कि पुलको पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा बागमती नदी पार गर्नका लागि स्थानीयले पुलमा भर्‍याङ लगाउनुपर्ने बाध्यता भएको हो।  




मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ र मकवानपुरको बाग्मती–४ जोड्न बागमती नदीमा करिब एक दशक अघि नै निर्माण सुरु भएको पुल हालसम्म निर्माण सम्पन्न नहुँदा पुल तर्न स्थानीयले यस्तो उपाय रोजेका हुन्। निर्माणधीन पुल वारपार गर्न स्थानीयलाई भर्‍याङको सहारा लिनुपर्ने बाध्यता भएको स्थानीयको भनाई छ। 

'नदी तर्ने अर्को कुनै विकल्प छैन, त्यो नै एउटा उपाय हो', स्थानीय मनोजकुमार मानन्धरले भने, 'हामीले बाध्यताले भर्‍याङको सहारा लिएका हौ।' उनका अनुसार पुलको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ। 'बिगतका वर्षमा बर्षातको मौसममा ज्यानै जाने गरी बागमती नदीमा हेलिएर वारपार गर्नुपर्ने बाध्यता थियो, अहिले त्यो भन्दा केही सहज त भयो तर धेरै जोखिम छ,' उनले भने। पुलको दुबैतर्फको काम सम्पन्न नभएकाले पुल वारपार गर्न भर्‍याङको सहारा दुबैतर्फ लिनुपर्ने बाध्यता भएको उनको गुनासो छ। 

'निर्माण कम्पनीको ढिलासुस्तीले यस्तो समस्या आयो', उनले भने, 'हामी पुरुषलाई त भर्‍याङ चढ्न निकै मुस्किल पर्छ, महिलाहरुलाई झन् धेरै गाह्रो छ।' मानन्धरका अनुसार सामान्य तारले बानेर पुल अड्याइएकाले जोखिम धेरै छ। 'निर्माण कम्पनीले त्यहि भर्‍याङलाई अलि व्यवस्थित गरेर राखिदिने हो भने आवातजावत गर्न सहज हुन्थ्यो, तर एउटा तारमा अडिएको भर्‍याङ चढ्दा ज्यानकै बाजी राख्नुपर्छ,' उनले भने।  

एक दशकभन्दा बढी समयदेखि अलपत्र हुँदा पुल बन्दैन कि भन्ने स्थानीयलाई चिन्ता समेत भएको उनीहरू बताउँछन्। तर अब पुल बन्नेमा ढुक्क भएको र यो एक बर्खा जोखिम मोलेपनि अर्को वर्षदेखि पक्कि पुलमा वारपार गर्न पाउनेमा स्थानीय खुसी छन्। पुल निर्माण सुरु भएको १० वर्षपछि बल्ल भर्‍याङको सहारामा वारपार गर्नेसम्म बनेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामा बताउँछन्। 

बाग्मती नदीमा आएको बाढीमा हेलिएर वारपार गर्दै आएका स्थानीयहरु यतिखेर भर्‍याङबाट पुलमाथि गइ पैदल तर्ने गर्दछन्। मदन भण्डारी राजमार्ग पश्चिम खण्ड आयोजनाका इन्जिनियर निरञ्जन थापाका अनुसार बर्खाको समय भएकाले पुलको दायाँबायाँको काम अगाडि बढाउन नसक्दा स्थानीयले भर्‍याङ राखेर ओहोरदोहोर गरेको बताए। 

'पुलको अन्य धेरै काम सम्पन्न भइसकेको छ, दुबैतर्फ तटबन्ध गरेर सडकसँग जोड्ने बाकी छ,' उनले भने, 'यो बर्खाको समय भएकाले काम गर्न सकिएको छैन। उनले भर्‍याङ पुल आयोजनाले नभएर स्थानीयले जबरजस्ती राखेको बताए। 'हामीले हटाउनुस् भन्न पनि सक्दैनौ, किनभने बागमती तर्ने अर्को विकल्प छैन, जोखिम मोलेर भर्‍याङ राखेर वारपार गर्नुस भनेका पनि होइनौ', इन्जिनियर थापाले भने, 'बर्खायाम भएकाले निर्माणको काम कहिले सकिन्छ भन्न सक्ने अवस्था छैन तर दशैसम्म सक्ने तयारी गरेका छौ।'

२०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का उक्त पुलको ठेक्का लिएको थियो। भ्याट बाहेक अनुमानित लागत ३८ करोड रहेको पुल २१ करोडमा ठेक्का सम्झौता भएको र पुलको लम्बाई चारसय तीन मीटर लामो रहेको छ राजमार्ग आयोजनाको पश्चिम खण्डले जनाएको छ।  

तोकिएको समय अवधिमा काम नभएपछि २०७५ असोजसम्म म्याद थप गरिए पनि पुल बन्न नसकेको आयोजनाले जनाएको छ। पश्चिम खण्डको ११५ किमीलम्बाई मध्ये हालसम्म ९६ किमी सडक निर्माण सम्पन्न भएको र ४० वटा पुलमध्ये ३४ वटा निर्माण सम्पन्न भएको आयोजनाका ईन्जिनियर तथा सूचना अधिकारी थापाले जानकारी दिए।
अर्को समाचार
सफाइ अभियान चलेपनि बागमती नदीमा फोहर फाल्न रोकिएन
३० पौष २०७९
•
२ मिनेट पाठ
सफाइ अभियान चलेपनि बागमती नदीमा फोहर फाल्न रोकिएन
फाइल तस्बिर
लामो समयदेखि सफाइ अभियान सञ्चालन गरे पनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन। अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्रेश्वोरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए।  




उनका अनुसार अझै पनि बागमती नदीमा मोटरका पार्टपूर्जा, बियरका क्यान, मोटर साइकलका टायर, घरबाट निस्किने फोहर फाल्ने गरिएको पाइएको छ। सफाइको मुख्य जिम्मेवारी स्थानीय सरकारको भए पनि काठमाडौँ महानगरपालिकालगायत काठमाडौँ उपत्यकाका अन्य नगरपालिकाले काम गर्न सकेका छैनन्।  

स्थानीय सरकारले फोहर फाल्नेलाई दण्ड जरिवाना नगरेसम्म नदी सफाइ अभियान सफल नहुने उनको अनुभव छ। बागमती सफाइ महाअभियानले विसं २०७० जेठ ५ मा सफाइ सुरु गरे पनि तीन वटै तहका सरकारले प्रभावकारी रुपमा काम नगर्दा अभियानकर्मीले दुःख प्रकट गरेका छन्।  

बागमती सफाइ अभियानको ५०५औँ हप्तामा आज गौरीघाट नजिकै अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, तिलगङ्गा महिला समूह एवं बागमती अभियानकर्मीले सफाइ गरी एक दशमलव पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरेका छन्।  

सफाइ अभियानबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा हालेर व्यवस्थापन गरिएको छ। अर्को शनिबार आगामी माघ ७ गते पनि गौरीघाट क्षेत्रमै सफाइ गरिने जनाइएको छ।  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ प्रत्येक हप्ताको शनिबार बिहान ७ः३० बजेदेखि ९ः ३० बजेसम्म दुई घण्टा नदी सफाइ हुँदै आएको छ।    

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानले यसका सहायक नदी सफाइ गर्नसमेत जागरुक बनाएको छ।  काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदीसँगै चक्रपथका विभिन्न क्षेत्रमा गरी २० स्थानमा सफाइ भइरहेको छ।  

यसैगरी उपत्यका बाहिर मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ।  उपत्यका र बाहिर गरी हाल १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ। बागमती सफाइ महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ।  जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ निरन्तर छ।  

हप्तामा दुई घण्टा देशसेवाका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी न नदी किनारमा उत्रने गरेका छन्। काठमाडौँ उपत्यकामा बागमती नदीका सबै सहायक नदीमा सफाइ अभियान सुरु भइसकेको छ। अभियानलाई स्थानीय सरकारले साथ नदिँदा भने प्रभावकारिता बढ्न सकेको छैन। 
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस