अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइँदै
२१ साउन २०७८
•
३ मिनेट पाठ
अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइँदै
राष्ट्रिय युवा परिषद्ले ‘अन्तरराष्ट्रिय युवा दिवस’ साताव्यापीरुपमा मनाउने भएको छ। ‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो। 




दिवसलाई सफल पार्न युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति र परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलको अध्यक्षतामा सचिवालय समारोह गठन गरिएको छ।

दिगो विकासका लक्ष्य ३ ले निर्देश गरे बमोजिम स्वस्थ र समुन्नत समाज निर्माणमा युवाहरुको सहभागितासँग सम्बन्धित रहेको देखिन्छ। यो दिवस मनाउनुको प्रमुख उद्देश्य युवाका सवालमा लगानीसहितको प्रतिवद्धतामा वृद्धि गर्नु, युवा सहभागिता र साझेदारीमा वृद्धि गर्नु र युवाहरुका बीच अन्तरसाँस्कृतिक समझदारीमा वृद्धि गर्नु भनिएको छ।

परिषद्ले युवाको नेतृत्व विकासका लागि दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। दिवस यही साउन २८ गते (अगस्ट १२) तारिखका दिन मनाइँदै छ।

दिवसका दिन प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आथित्यमा भव्य कार्यक्रम गर्ने भएको उनले जानकारी दिए। उनले कोरोना भाइरसका कारण यसपटक पनि भर्चुअलरुपमा दिवस मनाउन थालिएको बताए।

परिषद्का उपाध्यक्ष ढुङ्गेलका अनुसार यही साउन १८ गतेदेखि सप्ताहव्यापी रुपमा युवा दिवसका अवसरमा कलाकार अभिमुखिकरण भिडियो निर्माण प्रतियोगिता रक्तदान कार्यक्रम वैदेशिक रोजगार वरदान कि अभिसाप, युवा जागरण लोक दोहोरी गित प्रतियोगिता सहुलियतपूर्ण कर्जाका अवसर र चुनौती विषयक सरोकारवालाहरुका बीच अन्तर्क्रिया कार्यक्रम राखिएको छ।

यस्तै वकतृत्वकला प्रतियोगिता (स्थानीय उत्पादन र खाद्य प्रणालिमा रुपान्तरण), यौनिक तथा अल्पसंख्यक समूहसंगको अन्तर्क्रिया कार्यक्रम बालिका तथा किशोरीको स्वास्थ्य र संरक्षणमा युवाको भूमिका अपांगता भएका युवाहरुको राजनीतिक सहभागिता विषयक अन्तर्क्रिया कार्यक्रम, युवा र उद्यमशिलता अन्तर्क्रिया कार्यक्रम पनि गरिने छ।  

दिवस मनाउनका लागि ७७ जिल्ला युवा समिति र राष्ट्रिय युवा सञ्जाललाई निर्देशन दिइसकेको जानकारी दिए। जिल्लास्तरमा युवासम्बन्धी गतिविधि गरेर दिवस मनाइने गरिन्छ। युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन्।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो। सरकारीरुपमा परिषद्को अगुवाइमा २०७३ सालदेखि मनाउन थालेको हो। युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ। सरकारले २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ। नेपालमा कूल जनसङ्ख्याको ४०।३ प्रतिशत युवा रहेका छन्।  

भिडियो प्रतियोगिता  

परिषद्को आयोजनामा वातावरणले खाद्यमा पारेको प्रभावबारे भिडियो प्रतियोगिता आयोजना गरिएको छ। ‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नारामा आधारित भएर नविनता र मौलिकता झल्किने छोटो भिडियो प्रतियोगिताको आयोजना गरिएको हो।

प्रतियोगिता तीन मिनेटको हुनुपर्ने र कुनै समुदायको सामाजिक र अन्य कुनै आस्थामा चोट पुर्‍याउने खालको हुनु नहुने परिषद्का सदस्य गोविन्द गिरीले जानकारी दिए। भिडियोमा प्रथम हुनेलाई ५० हजार, द्धितिय हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार र सबैभन्दा बढी हेरिने भिडियोलाई १० हजार पुरस्कार प्रदान गरिने छ। 

भिडियो यहि साउन २५गतेभित्र आइसक्नुपर्ने छ।
अर्को समाचार
दिगो विकासका लागि युवा पदयात्रा
२६ साउन २०८०
•
२ मिनेट पाठ
दिगो विकासका लागि युवा पदयात्रा
दिगो विकास लक्ष्य प्राप्तिलागि अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज राजधानीमा युवा पदयात्रा सम्पन्न भएको छ।फोर एच नेपालले आयोजना गरेको युवा पदयात्रा कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु सहित विभिन्न राजनीतिक दलका सांसदको सहभागिता रहेको थियो।




कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले दिगो विकासका लागि युवाको महत्त्वपूर्ण भूमिका हुने बताए। उनले थपे, ‘युवाहरूको साथमा रहेर सँगसँगै अगाडि बढ्न चाहन्छौँ। अबको देशको नेतृत्व युवाहरूको हातमा रहेको छ।’ सरकारले देशभित्रै रोजगारीको सिर्जना गरेर युवालाई देश विकासमा लगाउने पनि उनले बताए।

युवाहरूका समस्या सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै मन्त्री लिम्बुले भने, ‘सबै मिलेर मात्रै देश विकास हुन्छ। मुलुकमा धेरै राजनीतिक परिवर्तन भएको बताए।

युवा नीति परिमार्जनका लागि गृहकार्य भइरहेको बताउँदै मन्त्री लिम्बुले भने, ‘युवा नीति परिमार्जन गर्ने विषयमा अगाडि बढिरहेका छौँ। युवालाई अगाडि बढाउने कार्यक्रमहरू पनि सुरु भइसकेका छन्। त्यसमा केही थप्न आवश्यक भए सुझाव दिन पनि आग्रह गर्न चाहन्छु।’

युवा पदयात्राको समापन कार्यक्रममा सात राजनीति दलका सांसदहरूले दिगो विकास लक्ष्य प्राप्तिका लागि ब्यानरमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा ऐक्यबद्धता जनाउँदै उनीहरुले देशमा युवाका लागि अवसर सृजना नगराइँदा पलायन हुन बाध्य भएको बताए।

नेकपा एकिकृत समाजवादीका सांसद भानुभक्त जोशीले आफू सांसद भएकाले युवाका मुद्दाहरू संसदमा उठाउने र दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको जनाए। 

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले अबको युग युवाको भएकाले युवामा थप लगानी गर्नु पर्ने कुरामा जोड दिए। नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले वर्तमान सरकारले युवाका पक्षमा उल्लेख्य काम गरिरहेको भन्दै सरकारको प्रशंसा गरिन्।

जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले देश निर्माणमा युवाको महत्त्वपूर्ण भूमिका भएकाले उनीहरूलाई राज्यको मूलधारमा ल्याउनु पर्ने बताइन्।

कार्यक्रममा फोर एच एसिया तथा नेपालका अध्यक्ष लोकराज अवस्थीले दिगो विकास लक्ष्य पूरा गर्नका लागि युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस