२०६७ फागुन ५ जमुनि ९ बस्ने हर्कबहादुर शाहीलाई घर नजिकै अडहर बारी भारतीय सुरक्षाकर्मीले पक्राउ गर्यो। भारती सुरक्षाकर्मीले नियन्त्रणमा लिएका शाहीको अबस्था अझै अज्ञात छ।
भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेका शाहीको अवस्था पत्ता नलाग्दा जमुनी ९ कि उनकी पत्नी जुनकिरी शाही चिन्तित छन्। पतिको खोजीमा तीन वर्षदेखि बाँके र बर्दियाका सरकारी तथा गैरसरकारी संस्था धाउँदा पनि उनले कुनै जानकारी पाएकी छैनन्।
शाहीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएका थिए। शाही पक्राउ परेको स्थान सीमादेखि ५ सय मिटरभित्र पर्छ। भारतीय सुरक्षाकर्मीले के कारणले नियन्त्रणमा लिएको अझै नखुलेको पीडित परिवारको भनाइ छ ।
‘भारतीय पक्षलाई सोध्दा पति घर फर्केको बताउँछन’ उनले भनिन् ‘घर भएको भए किन गुहार माग्दै हिडँ्थे?’ शाहीको परिवार जग्गा अधिया लगाएर पेट पालिरहेका थिए। पतिको अवस्था जे जस्तो भएपनि सार्वजनिक हुनुपर्छ भन्ने उनको माग छ। घटनाको स्थलगत निरीक्षण गरेका अधिकारवादीले पनि शाहीलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जनाएको छ।
त्यस्तै, २०६९ भदौ पहिलो साता हसनापुर कट्टि मनोज यादवलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो। मुद्दा लगाएर कारागारमा राखेको प्रहरीले २० दिन अघि छाड्यो। धेरै रकम खर्च गरेपछि छुटकारा पाएको पिडितको गुनासो छ।
‘हामी परिवारसहित तर्थयात्रामा हिँडेका थियौ’ यादवकि पत्नीले भनिन्, ‘मुर्तिहा रेलवे स्टेशन नजिकबाट आएर भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो।’ सीमाका गाउँ बजारमा भारतीय प्रहरीले नियन्त्रणमा लिने बेपत्ता पार्न थालेपछि स्थानीय त्रसित भएका छन्। सीमामा बस्ने नेपालीलाई भारतीय पक्षले प्रताडित गर्ने गरेको सीमाबासीको आरोप छ। बर्दियामा नेपाल भारतको सीमा क्षेत्रमा ८२ किलोमिटर पर्दछ।
सीमामा दर्जनभन्दा बढी नेपाली गाउँ छ। सशस्त्र प्रहरीको सीमामा सुरक्षा पोष्ट विस्तार गरेपछि बेपत्ता पार्ने र अपहरण गर्ने घटना नदोहोरिएको स्थानीयले बताए। भारतीय पक्षले तीन-तीन किलोमिटरमा सुरक्षा क्याम्प राखेको छ। सीमा क्षेत्रमा ८ वटा बिओपी र ९ वटा एफओबिले निगरानी गरिरहेको ३१ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए।