जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रजिअकोे मनपर्दी
१४ साउन २०७८
•
३ मिनेट पाठ
जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रजिअकोे मनपर्दी
प्रजिअ सुनार
प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारले सेवाग्राही बिपक्षमा नियम कार्यान्वयन ल्याएर मनपर्दी गरेकाे पाईएको छ।




सेवाग्राहीमैत्री प्रशासनको आवश्यक्ता औल्याईरहेको बेला प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारको निर्देशनमा औपचारिक पोशाक अनिवार्य गरेर हाफ प्यान्ट लगाएका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयले प्रवेशमा निषेध गरिएको छ।  

जिल्ला प्रशासन कार्यालयले दिने सेवा लिन आउने सेवाग्राहीलाई हाफ प्यान्ट र फुल सर्ट अनिवार्य गरिएको नियम प्रमुख जिल्ला अधिकारीको मनपर्दी लादिएको नियमले स्वयं कर्मचारी दु:खी छन्। हाफ प्यान्ट लगाएर जाँदा प्रवेशद्धारबाटै फर्काईएको ७० किलोमिटर टाढा बबई चेपाङबाट आएका सेवाग्राही राम सारुले बताए। ‘नागरिकताको प्रतिलिपि र छोरीको पासपोर्ट बनाउन आएको थिए’, उनले भने, ‘हाफ पाइन्टमा आएको भन्दै कार्यालयबाट फिर्ता पठाईयो।’

जिल्लाको सदरमुकाम गुलरियादेखि चेपाङ सुर्खेत र बाँकेको सिमाना जोडिएको बाँसगढि नगरपालिकासँग जोडिएको एउटा वडा हो। सदरमुकाम गुलरिया पुग्न उक्त गाउँबाट भौगाेलिक कारणले कार्यालय पुग्न ८० किलोमिटर छिचोल्न पर्छ।  

‘नागरिकताको प्रतिलिपि र छोरीको पासपोर्ट बनाउन आएको थिए’, उनले भने, ‘हाफ प्यान्टमा आएको भन्दै कार्यालयबाट फिर्ता पठाईयो।’
सदरमुकाम पुग्न नै एक दिन र एक हजार बढी रकम बिना सम्भव नहुँदा यस्ता सेवाग्राही प्रमुख जिल्ला अधिकारी लगाएको नियम सास्ती खेप्न परेको बताए। ‘आर्थिक हैसियत भएको भए त कारमा चढेर दाउरा, सुरुवाल कोटसहित सिडिओ सावलाई मनपर्ने परफ्युम छरेर कार्यालय पुग्थे होला’, सेवाग्राही सारुले प्रतिप्रश्न गर्दे भने। सेवाग्राहीलाई सरकारी सेवा नदिए वापत क्षतिपूर्तीको भने ऐनमा व्यवस्था हुँदा प्रजिअ सुनारको मनपर्दीले सेवाग्राही नागरिकता, राहदानी र सुरक्षा लिन पुग्ने सेवा पूर्ण रुपमा प्रभावित भएका सेवाग्राही गुनासो गर्छन्।

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई औपचारिक पोशाक अनिवार्य गरेर बर्दिया जिल्ला प्रशासन कार्यालयले सेवाग्राही विमुख नियम कार्यान्वयन ल्याएको चर्को विरोध भएको छ। जिल्ला प्रशासन उक्त नियम संशाेधन गरेर प्रशासन सेवाग्राहीमैत्री बन्नु पर्ने माग गरेका छन्।

प्रजिअको मनपर्दीले लादिएको नियम तत्काल नसच्चाए आन्दोलन उत्रिन पर्ने नागरिक अगुवाको भनाई छ। सेवाग्राही बिमुख नियम कार्यान्वनमा ल्याउँदा सर्वसाधरणलाई सास्ती खेप्न परेको विषय सेवाग्राही बिमुख भएको टिकाटिप्पणी भएको छ। प्रमुख जिल्ला अधिकारी सुनारले हाफ प्यान्ट र हाफ सर्टमा प्रशासन कार्यालय प्रवेश निषेध गरेको बताए। ‘हाफ पाईन्ट लगाएर आउने ठूल्ठूला गफ गर्न थाले’, उनले नागरिकन्यूजसँग भने,‘कार्यालय आउदा त प्यान्ट सर्ट लगाएर आउनु पर्‍याे, नत्र यस कार्यालयबाट सेवा पाउँदैनन्।’ 

बर्दियामा मिश्रित समुदायको बसोबास छ। थारु समुदायको बाहुल्य रहेको यस जिल्लामा ८० प्रतिशत कृषि पेशामा संलग्न छ। लामो समय कोरोना कहरले प्रशासनिक सेवा समेत बन्द भएकाले खेतमा काम गर्दे गर्दाको समयमा फुर्सद निकालेर सरकारी सेवा लिन आउने सेवाग्राही मर्कामा परिरहेका छन्। टाढा-टाढाबाट सेवा लिन आउने सेवाग्राही नदी खोला तरेर आउन पर्ने भएकाले औपचारिक पोशाकमा प्रशासनमा आउन नसक्ने हुनाले सेवाग्राही बिमुख भएर प्रमुख जिल्ला अधिकारीले कार्यान्वयमा ल्याएको नियमको खारेजीको काम स्थानीय सेवाग्राहीले गरेका छन्।

प्रजिअको जिम्मेवारी सम्हाल्ने मध्य सुनार ५४ औं मा पर्छन्। यसअघि जिम्मेवारी सम्हालेका कसैले पनि यस्तो नियम कार्यान्वयमा नल्याएको स्थानीयको भनाई छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस