सशस्त्र प्रहरीको भरोसामा सीमा क्षेत्रका नागरिक
१० साउन २०७८
•
३ मिनेट पाठ
सशस्त्र प्रहरीको भरोसामा सीमा क्षेत्रका नागरिक
केही समय पहिले बाँकेको नरैनापुर गाउँपालिका–६ मा बिओपी स्थापना गरिँदै । तस्बिर: नागरिक
बाँकेको डुडुवा गाउँपालिका–६, उधुमगन्जका पृथ्वीराज मुराउको घर २०७४ सालमा चोरी भयो। रातिमा सुतेको मौका छोपेर ६ जनाले घरमा पसेर पैसासँगै भाडाकुँडा चोरी गरे। सुन, चाँदी, भएको थोरै पैसा चोरी भएपछि ठूलै समस्या खेपेका उनलाई उक्त घटनाले पिरोलि रह्यो। उनी मात्र होइन भारतीय सीमासँग जोडिएको उधुमगन्जवासी भारतीय नागरिक र एसएसबीको दमनमा परे।




पछिल्लो समय नेपाल–भारतको सीमास्थित बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएपछि शान्तिसुरक्षामा धेरै सहज भएको पृथ्वीराज मात्रै होइन सीमा क्षेत्रका नागरिकको भनाइ छ। खुला सिमानाका कारण अनाधिकृत रूपमा नेपाल–भारत ओहोरदोहोर गर्ने मानिसको पुरानो बानीमा पनि परिवर्तन आएको स्थानीयको भनाइ छ।  

विगतमा पशु चौपायाको चोरी र अपराधका घटना सीमा क्षेत्रमा हुने गरेको तर बिओपी स्थापना भएपछि यी समस्या हराएर गएको उधुमगन्जका अर्का स्थानीय दीपनारायण मिराउले बताए। बिओपीले गर्दा नेपाली भू–भागमा विगतमा हुने गरेका अपराधका घटनामा उल्लेखनीय कमी आएको बताउँदै उनले भने, ‘बिओपीले हामीलाई रक्षा गर्नुका साथै हाम्रा धनसम्पत्तिको पनि रक्षा गरेको छ।’  

सशस्त्र प्रहरी बस्ने गरी स्थापना गरिएको बिओपीले गर्दा नेपालतर्फ सीमा क्षेत्रमा बसोबास गर्ने मानिस सुरक्षाको पूर्ण अनुभूति गर्न थालेका छन्। विगतमा चोरी डकैतीको मार खेपी रहेका सीमा क्षेत्रका बासिन्दा अहिले निर्भिकतासाथ आफ्नो व्यापार र व्यवसायमा लागेका छन्।  

पहिला भारतीय पक्षबाट हुने चोरीडकैती, कुटपिट अहिले व्यहोर्नु नपरेको अर्का स्थानीय सुनिलकुमार मौर्यले बताए। ‘हाम्रो खेतबारीमा तरकारी, फलपूmल पाक्दा सीमा पारिबाट आएर लुटपाट गरेर लैजान्थे,’ उनले भने, ‘बिओपी स्थापना भएपछि कुटपिट तथा चोरीका घटनाबाट मुक्त भएका छौं।’ सशस्त्र प्रहरीले सीमा सुरक्षा दिन थालेपछि गाउँलेहरूले सुरक्षाको महासुस गरेको बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए।

अहिले सशस्त्र प्रहरी आएपछि चिन्तामुक्त भएको उनले बताए। खुला सिमानाका कारण पनि गाउँमा विभिन्न घटना घट्ने गरेका थिए। सशस्त्र प्रहरीले सीमा सुरक्षा हेर्न थालेपछि अहिले गाउँले खुसी भएको गाउँपालिका अध्यक्ष अहमत शाहको भनाइ छ। भारतीय पक्षको हस्तक्षेप मात्र होइन गाउँमा हुने अन्य अपराधिक क्रियाकलापसमेत घटेको उनले बताए। गाउँलेले सशस्त्र प्रहरीका लागि जग्गा समेत निःशुल्क उपलब्ध गराएका छन्। त्यहीँ जग्गामा सशस्त्र प्रहरीले अस्थायी संरचना निर्माण गरेको सीमा क्षेत्रको सुरक्षा गर्दै आएको छ।  

प्रत्येक बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० देखि ३५ जनासम्म जनशक्ति परिचालन भइरहेको बताइएको। उक्त जनशक्तिले सीमा क्षेत्रमा आफ्ना गतिविधि र निगरानीलाई बढाएको देखिन्छ। बिओपी स्थापना भएपछि सीमा क्षेत्रका नागरिकलाई पूर्णरूपमा सुरक्षाको महसुस भएको सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनालले बताए। सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप, अवैध सामान ओसारपसारमा कमी आएको उनको भनाइ छ।  

सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी र सक्रियता बढाएका कारण स्थानीयवासीमा सुरक्षाको आशा जागेको छ। अवैध सामान, विस्फोटक पदार्थ, हातहतियार, लागुऔषधको ओसारपरामा नियन्त्रण गर्नुका साथै सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना हुन नदिन सचेत एवं गम्भीरता पूर्वक काम गर्दै आएको महानिरीक्षक खनालको भनाइ छ।

२२४ ठाउँमा बिओपी स्थापना

अहिलेसम्म दुई सय २४ स्थानमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआईजी राजु अर्यालले बताए। उनका अनुसार सबैभन्दा बढी प्रदेश २ मा र सबैभन्दा कम कर्णाली प्रदेशमा बिओपी स्थापना गरिएको छ।  

भारतसँग मात्रै सीमा जोडिएको प्रदेश २ मा ७० ठाउँमा बिओपी स्थापना हुँदा चीनसँग मात्र सीमा जोडिएको कर्णाली प्रदेशको एक ठाउँमा बिओपी स्थापना भएको छ। आवश्यकता अनुसार राज्यले बिओपी स्थापना गर्दै जाने डिआईजी अर्यालको भनाइ छ।
अर्को समाचार
अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रका नागरिकमा सुरक्षा र स्थायीत्वको चिन्ता
२२ भदौ २०७८
•
१ मिनेट पाठ
अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रका नागरिकमा सुरक्षा र स्थायीत्वको चिन्ता
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायीत्वको चिन्ता देखिएको छ। तर उनीहरुले पछिल्ला केही दिनमा भने स्थायीत्व हुनसक्ने अनुमान गरेका छन्। तालिबानी विद्रोहीले पछिल्ला केही दिनमा अफगानिस्तान कब्जा गरेपछि सीमा क्षेत्रका नागरिकमा यस्तो अवस्था देखिएको हो।  




सीमा क्षेत्रका नागरिकमा अहिले केही दिन यतादेखि मानिस आवतजावत गर्न थालेका र त्यहाँ बस्ती रहेका नागरिकमा आगामी दिनमा अवस्था सामान्य हुँदै जाने आशा पलाएको बताएका छन्।तालिबानीले पछिल्लो समयमा असुरक्षाको अवस्था हटाउने सङ्केत देखाएको उनीहरुको भनाइ छ।  

राम्रोसँग तालिबानीले अघि बढ्ने सङ्केट देखाएका र यसबाट अफगानिस्तानमा शान्ति र स्थायीत्व बढ्न सक्ने आशा पलाएको सो क्षेत्रका नागरिकको भनाइ छ। यी दुई देशका सीमा क्षेत्रमा तालिबानीका कारण समस्या बल्झिने गरेको थियो। 

सीमा क्षेत्रमा सधैँ हिंसा हुने र मानिसको ज्यान जाने गरेको थियो।  पछिल्ला दिनमा तालिबानीले अफगानिस्तानको सत्ता हातमा लिएकाले यस अवस्थामा सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका थिए। सीमा क्षेत्रका मानिसले कुनै पनि देशको हस्तक्षेप नगर्न र तालिबानीलाई आफै काम गर्न दिन पनि आग्रह गरेका छन्। 
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १० सेकेन्ड अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस