पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पानीको मात्रा बढ्ने
२३ असार २०७८
•
३ मिनेट पाठ
पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पानीको मात्रा बढ्ने
जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याएका छन्। जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने उनीले औँयाएका हुन्।




स्वच्छ ऊर्जा नेपालसँगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले सोमबार आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन विषयका विज्ञ मञ्जित ढकालले सन् २०५० सम्ममा अहिलेको हिसाबले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा आठ देखि १२ प्रतिशतसम्म पानीको मात्रामा वृद्धि हुनसक्ने बताए। “अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन् २०५० सम्ममा पृथ्वीको तापक्रम थप एक दशमलव तीन डिग्री सेल्सियसदेखि एक दशमलव आठ डिग्री सेल्सियससम्म पुग्नसक्छ”, उनले भने। अहिलेसम्म पृथ्वीको आर्सम तापमान (औद्योगिकीकरण समयपछि) करिब एक डिग्री सेल्सियसले वृद्धि भइरहेको उनले जानकारी दिए।

सन् २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएको छ। अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपद्का घटना पनि जलवायु परिवर्तनको प्रभावले भएको विज्ञ ढकालले बताए। उनकाअनुसार नेपालमा भएका सुक्खा खडेरी, पहिरो, हिमताल विस्फोटन र तापक्रम वृद्धिका घटनाहरुको मुख्य कारण नै जलवायु परिवर्तन हो। साथै उनले जलवायु परिवर्तनको असरले पारेको जोखिम न्यूनीकरणमा नेपाल सरकारले राम्रा कामहरु पनि गरिरहेको बताए।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार नेपालमा करिब तीन हजार २५२ हिमनदी र दुई हजार ३२३ हिमतालहरु छन्। धेरैजसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ भने २० वटा हिमताल जोखिममा छन्। विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदीहरु द्रुत गतिमा पग्लिँदै गइरहेका छन।

वातावरण पत्रकार राजेश घिमिरेले बढ्दो तातोपनाका कारण विशेष गरेर झाडापखाला र लामखुट्टे जातिबाट सर्ने मलेरिया, कालाजार, जापानिज इन्सेफलाइटिस् जस्ता रोगमा वृद्धि भई यसबाट हुने मृत्युदर बढ्ने र बाढी पहिरोका घटनाको बेला शुद्ध पिउने पानीको अभावले धेरै मानिसहरु पानीजन्य रोगबाट पीडित हुनसक्ने बताए।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चका अनुसार सन् १८८० देखि २०१२ सम्ममा पृथ्वीको औसत तापक्रम शुन्य दशमलव ८५ डिग्री सेल्सियसले बढिसकेको छ र यो क्रम जारी छ। पृथ्वीको आर्कटिक क्षेत्रको समुद्री बरफ प्रतिदशक तीन प्रतिशतले घटिरहेको छ। यस्तै सन् १९०० देखि २०१९ को अन्त्यसम्मको समयावधिमा समुद्री सतह शून्य दशलमव १८ देखि शून्य दशमलव दुई मिटरले बढेको छ।

परिवर्तित जलवायुमा अनुकूलतापूर्वक बाँच्नका लागि स्थानीय व्यक्तिहरूले अवलम्बन गरेका कार्यको पहिचान गरी त्यसको विकास तथा आदानप्रदान गर्ने काम नेपाल सरकारले गरिरहेको छ। स्वच्छ ऊर्जा नेपालले पनि अनुकूलनसँग सम्बन्धित विभिन्न कोषलाई जोखिमपूर्ण अवस्थामा रहेका समुदायसम्म पुर्‍याउन  स्थानीय, क्षेत्रीय र राष्ट्रिय संयन्त्र र संस्थागत संरचनाको विकास गर्ने काममा पैरवी गरिरहेको जनाएको छ।

जलवायुसम्बन्धी जनचेतना अभिवृद्धि, शैक्षिक क्षेत्रमा यसको पाठ्यक्रमको विकास र विभिन्न सरोकारवालाबीचको सहकार्य र समन्वयलाई प्रोत्साहन गर्ने कामलाई पनि अनुकूलनको अभ्यासका रूपमा लिन सकिने स्वच्छ ऊर्जा नेपालका वरिष्ठ अधिकृत लालमणी वाग्लेले बताए।

ऊर्जाका लागि प्रयोग भइरहेका पेट्रोलियम पदार्थ एवं कोइलाको प्रयोगमा कम गर्न सकिन्छ। नवीकरणीय ऊर्जाहरु सौर्य ऊर्जा, जलविद्युत्, वायुशक्ति, बायो ग्यास, भू–ताप आदिको प्रवद्र्धन गरी उपयोग गरेमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने विज्ञहरुको सुझाव छ।  
अर्को समाचार
‘जलवायु परिवर्तनले मानव जीवनशैली नै परिवर्तन’
१४ पौष २०८१
•
३ मिनेट पाठ
‘जलवायु परिवर्तनले मानव जीवनशैली नै परिवर्तन’
पोखराको मासबारस्थित मदरल्याण्ड माविमा आइतबार जलवायु परिवर्तनले ल्याएको असरबारे चित्र कोर्दै विद्यार्थी। तस्बिरः नागरिक
पछिल्लो समय जलवायु परिवर्तनको असरबारे सर्वत्र चर्चा छ। हिमालमा हिउँ नदेखिँदा त झनै यसको असरबारे बहस नै चल्ने गरेको छ। पोखराबाट हेर्दा सेतै देखिने माछापुच्छ्रे हिमालको अहिले कालो पत्थर मात्र देखिएको र त्यसो हुनुमा जलवायु परिवर्तन मुख्य कारक भनेर बहस पनि भईरहेको छ।  




जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिलाउन र विद्यार्थीमार्फत सचेतना फैलाउनका लागि यहाँस्थित मदरल्याण्ड माविमा आइतबार जलवायु परिवर्तनसँग सम्बन्धित रहेर बहसमुलक र चित्रकलाका गतिविधि गरिएको छ। जलवायुको क्षेत्रमा कार्यरत संस्था जिस्ट इन्टरनेशनल फाउन्डेसन, नेपाल–अमेरिका अलुम्नाई नेटवर्क र विद्यालयको आयोजनामा भएको कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थीले जलवायु परिवर्तनको असर कस्तो हुन्छ भनेर चित्र, भित्रेपत्रिका, जलवायु ओलम्पियाड र बहसमार्फत प्रस्तुत गरेका थिए।  

विभिन्न मुलुबाट आएका विद्यार्थी र विज्ञ गरि करिब एकसयजना सहभागि उक्त कार्यक्रममा विद्यार्थीले जलवायु परिवर्तनको असरले मानवमा परेको प्रभावलाई फरक तरिकाले प्रस्तुत गरेका थिए। विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार जलवायु परिवर्तन र त्यसले मानव जीवनमा पारेको असरबारे जानकारी दिलाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो। बरालका अनुसार जलवायु परिवर्तनको असर पछिल्लो समय बढ्दै गएको र त्यसले जनमानसमा असर पारेकोले बेलैमा सचेत बनाउनका लागि कार्यक्रम आयोजना गरिएको हो।  

‘जलवायु परिवर्तनको असर हरेक दिन बढिरहेको छ। मौसममा परिवर्तन आउँदा विभिन्न समस्या थपिन थालेका छन्,’ उनले भने, ‘मौसममा बदलाव आएसँगै मानव जीवनमा पनि असर परेको छ। थाहै नपाउने गरि मानव जीवनमा परिवर्तन आएको छ। यसलाई चिर्न जरुरी छ।’ विद्यार्थीमार्फत जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि सचेतना फैलाउने प्रयास गरिएको उनले बताए।

प्राचार्य बरालका अनुसार अमेरिका, अस्ट्रेलिया, भारत, बंगलादेश र भीयतनामका विभिन्न विश्वविद्यालयका प्राध्यापक र अनुसन्धाकर्ताहरु सहभागि थिए। त्यसबाहेक विभिन्न मुलुकका स्कुले विद्यार्थी पनि सहभागि थिए । नेपालभित्रैका विभिन्न विद्यालयबाट समेत विद्यार्थीहरु यो कार्यक्रमका सहभागि थिए। ती विद्यार्थीले चित्रकला, भित्तेपत्रिका, जलवायु ओलम्पियाड र जलवायुबारे बहस गर्दै फरक अनुभव साटेका थिए। विभिन्न विधामा भएको प्रतिश्पर्धामा उत्कृष्ट विद्यार्थीलाई उक्त अवसरमा पुरस्कृत पनि गरिएको थियो।  

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले विदेशी र स्वदेशी विद्यार्थी र विज्ञविचको अनुभव साटासाटले जलवायु परिवर्तनको असर घटाउन नयाँ तौरतरिका थाहा हुने बताए। ‘विभिन्न मुलुकका विद्यार्थीले जलवायु परिवर्तनको असरलाई फरक फरक शैलीमा बुझेका छन् । सबैतिर एकैखालको प्रभाव नहुन सक्छ। त्यसैले अनुभव साट्ने यो अवसरले विद्यार्थीमा नयाँ ज्ञान हासिल हुनेछ,’ आचार्यले भने, ‘एकअर्का मुलुकमा परेको असरबारे पनि ज्ञान आदानप्रदान हुनेछ।’

कार्यक्रममा जलवायु परिर्वतनको क्षेत्रमा काम गर्न सक्रिय संस्था जिस्ट ग्लोवलका अध्यक्ष डा. सब्यासाची मजुमदारले पछिल्लो समय जलवायु परिवर्तको असर प्रत्यक्ष देख्न सकिने अवस्था रहेको बताए। हिउँ पर्ने हिमाल अहिले कालो देखिने पनि उनले बताए।  

‘हिमालमा हिउ पग्लने गति बढेको छ। हामीले यस्तै सम्मेलनमार्फत बालबालिकालाई जलवायु परिवर्तनको असर कुन तहसम्म परेको छ भनेर बुझाउन जरुरी छ,’ मजुमदारले भने, ‘अहिलेका बालबालिका भविश्यका अभिभावक हुन। उनीहरुलाई जलवायु परिवर्तनले पारेको असर बारे बेलैमा बुझाउन पाएमा भविश्य उज्जवल बन्न सक्छ।’ मजुमदारले जलवायु परिवर्तनको कारण मानवले जीवनशैली नै परिवर्तन गर्न जरुरी पर्ने अवस्था आएको पनि बताए।  
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस