सूचना पाटीबिनै सम्पन्न हुन्छन् आयोजना !
१३ असार २०७८
•
३ मिनेट पाठ
सूचना पाटीबिनै सम्पन्न हुन्छन् आयोजना !
विकास आयोजनाको काम शुरुआत भएपछि आयोजनाको विवरण सहित सार्वजानिक सूचना पाटी अनिवार्यरुपमा राख्नु पर्ने हुन्छ । यसका लागि विकास आयोजनाको लागत बाँडफाँड गर्दा सूचना पाटीका लागि दुई हजारभन्दा माथि रुपैयाँ विनियोजन समेत गरिएको हुन्छ । 




कैयौं आयोजनाको काम सम्पन्न भइसक्दासम्म पनि आयोजनाको सूचना पाटी देखिँदैन । कतिपयले बिल, भरपाइ गर्दा सूचना पाटीको फोटो चाहिने भएकोले काम सम्पन्न भएपछि फोटोको लागि सूचना पाटी लगाउने गरेका छन् । अहिले आयोजनाको जानकारी पाउने अधिकारलाई नै वञ्चित गर्ने काम भएको जनाउँदै अहिले बिरोध हुन थालेको छ ।

टीकापुर नगरपालिकामा सुदूरपश्चिम प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नारी शिल्पकलाको भवन निर्माणको काम सकिन लागेको  छ । एउटै भवनमा दुईवटा आयोजना छन् । रु १० लाखको लागतमा भवनको माथिल्लो तलाको निर्माण भइरहेको छ भने टीकापुरको करिब रु ४ लाख ६५ हजारमा तल्लो तलामा रङरोगन जारी  छ । निषेधाज्ञा शुरु भएपछि थालिएको भएको आयोजनाको काम सम्पन्न हुनै लाग्दा पनि सूचना पाटी टाँसिएको छैन ।  

नारी शिल्पकलाकी अध्यक्ष कृष्णा भण्डारीले आयोजनाको शुरुदेखि नै सूचना पाटी राख्नुपर्छ भन्ने आफूलाई जानकारी नै नभएको बताइन् । “हामीले काम सम्पन्न भएपछि सूचना पाटी राख्ने भनेर तयारी गरेका थियौं । पहिले नै सूचना पाटी राख्नुपर्छ भन्ने हामीलाई जानकारी नै भएन,” उनले भनिन्, “त्यसो भए एक/दुई दिनमै हामी सूचना पाटी राख्छौं ।”

त्यस्तै टीकापुरमै खप्तड सांस्कृतिक परिवारको भवन पनि निर्माण भइरहेको छ । प्रदेश पूर्वाधार विकास कार्यक्रमको रु १० लाख बजेटबाट निर्माण हुन लागेको भवनको काम पनि निषेधाज्ञा शुरु भएपछि काम थालिएको हो । आयोजनाको काम अन्तिम चरणमा पुगिसक्दासमेत सूचना पाटी टाँसिएको छैन । संस्थाका अध्यक्ष भक्तराज देवकोटाले सूचना पाटी नराखेर सिधै शिलालेख राखिने बताए । उनले सूचना पाटी निर्माणको चरणमा त्यति महत्वपूर्ण नरहेको जनाउँदै काम सम्पन्न भएपछि राख्ने बताए । “सूचना पाटीमा गरेको खर्च फजुल हो त्यही भएर पनि हामीले फजुल खर्च गर्न चाहेनौं,” उनले भने, “राख्नै पर्ने बाध्यकारी नियम भए काम सम्पन्न भएको छैन राखौंला ।”

साना आयोजनाहरुमा मात्रै नभइ ठूला आयोजनामा पनि आयोजनाको सूचना पाटी देखिँदैन । टीकापुर १ को ब्लक नं. ‘ए’ मा करिब रु ९ करोड ४६ लाखको आयोजना शुरु भएको दुई बर्ष बितिसक्दा पनि निर्माण कम्पनीले सूचना पाटी टाँसेको छैन । नगरपालिकाका इन्जिनियर नवीन ओझाले नगरपालिकाले आयोजनाको लागत अनुमान बनाउँदा दुई लाखभन्दा माथिका आयोजनामा सूचना पाटीका लागि रकम छुट्याउने गरेको बताए । “आयोजनाको बारेमा जानकारी लिन सजिलो होस् भन्ने उद्देश्यले सूचना पाटी लगाउने व्यवस्था गरिएको हो”, उनले भने, “सूचना पाटी लगाउन त सबैले लगाउँछन् तर आयोजनाको काम शुरु हुनुभन्दा पहिले लगाउनु पर्ने भए पनि सम्पन्न भएपछि लगाउँछन् ।” 

उनले अनुगमनमा जाँदा र सम्झौता गर्दा पनि सूचना पाटीको बारेमा जानकारी गराउँदा/गराउँदा पनि यसको कार्यान्वयन फितलो भएको जनाउँदै धेरै आयोजनाको काम हेर्नुपर्ने हुँदा पनि त्यस्मा त्यति ध्यान आफूहरुको पनि जान नसकेको बताए ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सभासदस्य रणबहादुर रावलले सुन्दा सामान्य लाग्ने तर महत्वपूर्ण कुरामा आफूहरुको ध्यान पुग्न नसकेको बताए । “नागरिकहरुले सूचना पाउनु उनीहरुको अधिकार हो । अधिकारबाट कसैलाई बञ्चित गर्नु राम्रो होइन,” उनले भने, “हामीले पनि त्यसतर्फ सोच्नै सकेका रहेनछौं । अब यसलाई कडाइ गर्छौ । सरकारलाई पनि कडाइ गर्न निर्देशन दिन्छौं ।” रासस
अर्को समाचार
सुस्त गतिमा विकास आयोजना
१८ जेष्ठ २०७७
•
३ मिनेट पाठ
सुस्त गतिमा विकास आयोजना
फिदिम–फालोट सडक खण्ड अन्तर्गत फिदिमको बरडाँडा क्षेत्रमा काम हुँदै । तस्बिर : गिरिराज/नागरिक
लकडाउनकै बेला विकास आयोजनाको काम अघि बढाउने सरकारको निर्णयसँगै जिल्लाका ठूला विकास आयोजनाको काम अघि बढेपनि गति भने सुस्त छ । मजदुर, प्राविधिक लगायतको जनशक्ति र निर्माण समाग्रिको अभाव हुँदा समस्या देखिएको छ ।




आयोजनाका काम अघि बढाईपनि परिस्थिती असामान्य हुँदा काममा गति दिन नसकिएको आयोजना कार्यायहरुले बताएका छन् । पश्मिका जिल्लाहरु तथा भारतका मजदुरहरु लगाएर काम गर्ने भएकाले अहिले मजदुरको अभाव छ । उनीहरुलाई लकडाउन सुरु भएपछि घर पठाइएको थियो । यसका साथै निर्माण सामाग्री लगायतका काममा नगदै कारोवार गर्नु पर्ने भएकाले पनि समस्या देखिएको बताईन्छ । मेसीनरी बाहेकका काम अघि बढाउन कठिन भएको ठेकेदार कम्पनीहरुले जानकारी दिएका छन् ।  

केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारका ठुला साना विकास आयोजनाका काम अघि बढाइएको छ । यो आर्थिक वर्षमै सक्ने साना कामहरुमा केहि गति देखिएपनि बहुवर्षे ठेक्का भएका ठूला आयोजनाका कामले गति पाउन सकेको छैन । इन्धन जुटाउन केहि सहज भएपनि यथेष्टमात्रमा निर्माण समाग्रिको नभएको जानकारी दिइएको छ ।  

सडक, पुल,  भवन लगायतका पूर्वाधारका काम अघि बढेपनि गति भने सुस्त रहेका छन् । बर्षायाम सुरु भएकाले कालोपत्रेको थप काम भने अघि नबढ्ने देखिएको छ । मुख्य समयमा लकडाउन हुँदा यो आर्थिक वर्षमा कालोपत्रेको काममा प्रगति नदेखिने अवस्था रहेको पुष्पलाल (मध्यहाडी) लोकमार्ग आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपाने बताउँछन् । यो कार्यालयले मध्यपहाडी लोकमार्गको भोजपुरसम्मको खण्ड र कोशी÷तमोर कोरीडोरको काम हेर्छ ।  

पुष्पालाल मध्यपहाडी लोकमार्ग, कोशी÷तमोर कोरीडोर, राँके भेडेटार सडक, फिदिम–फालोट जस्ता ठुला आयोजनाका साथै पूर्वाधार कार्यालय पाँचथर तथा भवन डिभिजन कार्यालय लगायतका अघि बढाएका योजना कामहरु अघि बढाईएको छ । तर पर्याप्त जनशक्ति र समाग्रिको अभाव हुँदा कामले तीव्रता पाएको छैन ।

मध्यपहाडी लोकमार्गले लकडाउनको अवधिमा पाँचथर, तेह्थुम, धनकुटा र भोजपुर खण्डमा गरी १० किलोमीटर ग्राबेल, ९ किलोमीटर ट्रायक निर्माण, एउटा पुलको कम सकेको न्यौपानले जानकारी दिए । यि जिल्लामा १६ वटा सडक र ५ वटा पुलका ठेक्का छन् । भोजपुरको कालोपत्रे सक्ने योजना थियो । साथै तेह्थुममा पनि कालोपत्रेको काम धेरै अघि बढाउने योजना थियो । मेसीनरी काम अघि बढेपनि मजुदर आवश्यक हुने टेवा पर्खाल लगायतका कामहरु अघि बढाउन कठिनाई भएको छ । कोशि कोरीडरमा पनि मेसीनले हुने काममात्र अघि बढेको जानकारी दिइएको छ ।

राँके–रवि भेडेटार सडक खण्डको काम भईरहेपनि सुस्त गतिमारहेको आयोजना प्रमुख अभिमान मूल्मीले जानकारी दिए । कालोपत्रेकालाई ठेक्का लागेको १ किलोमीटर सडकको काम पहिलेदेखि सुस्त रहेको थियो ।  

ठुला आयोजनका साथै प्रदेश सरकार तथा स्थानीय तहले पनि काम अघि बढाएको छ । सानो बजेटका पूर्वाधार कामले केहि गति पाएको देखिन्छ । आर्थिक वर्षभित्रमा सक्ने गरी काम भएको छ । पूर्वाधार कार्यालय पाँचथरले पाँचथर र ताप्लेजुङमा दुबै तर्फ काम अघि बढाएको जानकारी दिएको छ । सडक, मोटरेवल पुल, झोलुङ्गे पुलका कामहरु दुबै जिल्लामा अघि बढाईएको पूर्वाधार कार्यलय पाँचथरका प्रमुख ललितकुमार चौधरीले बताए । उनका अनुसार लकडाउनका कारण लक्षअनुसारको प्रगति प्राप्त गर्न कठिन भएपनि प्रयास भईरहेको छ । कार्यालयले पाँचथरमा तीन र ताप्लेजुङमा दुईवटा सडक कालोपत्रेका सडकको काम अघि बढाएको छ ।  

फिदिम फालोटको काममा पनि सुस्तता छाएको छ । फिदिम जिल्ला अस्पताल साथे अन्य विभिन्न ठाँउमा भवन निर्माणको काम भर्यरहेको छ । सामाजिक दुरीकायम राखेर सचेतता अपानाएर भवन को कामम सचेतता अपनाएर अघि बढाइएको शहरी विकास तथा भवन डिभिजन कार्यालय झापाका प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए ।  

लकडाउन कारण रड, सिमेन्ट जस्ता समाग्रि तथा जुटाउन कठिन भएको ठेकेदारहरुले जनाएका छन् । यो बेला नगदमै कारोबार गर्नु पर्ने भएकाले समस्या देखिएको उनीहरुको भनाई छ । मजदुरको अभाव भने निक्कै चर्को देखिएको छ । विभिन्न काममा ढिलाई गरीरहेका ठेकेदार कम्पनीले लकडाउनलाई ‘बाहाना’ बनाउने खतरा उत्तिकै छ ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस