मोरङको रंगेली बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मंगलबार मृत्यु भएको छ।
रतुवामाई नगरपालिका–६ सौंठाका ४२ वर्षीय तिलकराज खड्कालाई रंगेली नगरपालिका–७ स्थित बजार क्षेत्रमा टिपरले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ३४९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८०११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका खड्काको उपचारका लागि रंगेली अस्पताल पु¥याउनसाथ मृत्यु भएको र टिपरसहित चालक मोरङको धनपालथान गाउँपालिका–६ का ३९ वर्षीय विद्यसागर रायलाई नियन्त्रण लिई घटनाको थप अनुसन्धान सुरु गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।