गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान
०५ असार २०७८
•
१ मिनेट पाठ
गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान
लायन्स क्लब अफ पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौँ हाइटले ओखलढुङ्गास्थित लिखु गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि लायन्स क्लबले उक्त स्वास्थ्य सामग्रीहरु गाउँपालिकालाई प्रदान गरेको हो।  




लायन्स क्लब अफ काठमाडौँ हाइटका प्रेसिडेन्ट लायन अनमिका अर्याल तथा लायन्स क्लब अफ पोकली वाटरफलकी प्रेसिडेन्ट लायन वर्षा राउतले लिखु गाउँपालिकामा आइसोलेशन सञ्चालन गर्नका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, पाँच थान श्यया तथा श्ययालाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सामग्रीहरु लिखु ओखलढुङ्गा कोभिड–१९ नियन्त्रण सहयोग समितिका संयोजक सुरेन्द्र बोगटीलाई प्रदान गरे।  

यसैबीच लायन्स क्लब अफ बर्दियाका प्रेसिडेन्ट लायन विनय रावलले १० हजार सर्जिकल मास्क हस्तान्तरण गरे। लिखु ओखलढुङ्गा कोभिड नियन्त्रण सहयोग समितिका संयोजक  बोगटीलाई उक्त मास्क हस्तान्तरण गरिएको हो। समितिका संयोजक बोगटीले स्वास्थ्य सामग्रीले कोरोना नियन्त्रण गर्न सकिने बताए। 
अर्को समाचार
सेभ द चिल्ड्रेनद्वारा उदयपुरगढीलाई बाल स्वास्थ्य केन्द्रित सामग्री
०१ असोज २०७७
•
३ मिनेट पाठ
सेभ द चिल्ड्रेनद्वारा उदयपुरगढीलाई बाल स्वास्थ्य केन्द्रित सामग्री
गाउँपालिका अध्यक्षलाई स्वास्थ्य सामग्री दिँदै संयोजक बुढाथोकी । तस्बिरः महेश्वर
जारी कोरोना भाइरसबाट बचाउन सेभ द चिल्ड्रेनले जिल्लाको उदयपुरगढी गाउँपालिकालाई ४ लाख ४६ हजार ५ सय ९३ रुपैयाँ बराबरका झण्डै दुई दर्जन किसिमका स्वास्थ्य सामग्री प्रदान गरेको छ। सेभले उदयपुरमा ३ दशकयता बाल अधिकारको क्षेत्रमा क्रियासिल साझेदार संस्था बालविकास समाज उदयपुरमार्फत गाउँपालिकाका ८ वटै वडाका स्वास्थ्य चौकीलाई सो सहयोग गरेको हो।




गाउँपालिकाका बालबालिका र तिनका अभिभाकलाई कोभिडको प्रकोपबाट बचाउने उद्देश्यले मास्क, सेनिटाइजर, पिपिइ सेट र स्वास्थ्य चौकीमा प्रयोग हुने विरामी जाँच्ने बेड, एएनसी बेड, अटोक्लेभस, केएमसी सेटलगायत २६ किसिमका ४ हजार २ सय ७७ थान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए। सुबेदीका अनुसार बिहीबार सदरमुकाम गाईघाटमा गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरलाई सेभका जिल्ला कार्यक्रम संयोजक दीपकराज बुढाथोकी र बालविकास समाजका सचिव देवकुमार गिरीले सामग्री हस्तान्तरण गरेका हुन्।  

गाउँपालिकाका महिलालाई प्रसूति सेवा प्रदान गर्दै आएका स्वास्थ्य चौकीहरुलाई कोभिडको रिस्पोन्सका लागि ती सामग्री प्रदान गरिएको सेभका संयोजक बुढाथोकीले बताए। उनले बालबालिका केन्द्रित यी स्वास्थ्य सामग्रीले कोभिड महामारी रोकथाममा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गर्दै स्वस्थ्य र सुरक्षित नवजात शिशु जन्माउन गर्भवतीले सुरक्षित रुपमा सुत्केरी सेवा पाउनुपर्ने बताए। त्यसले मात्र भाविष्यका कर्णधार बालबालिका स्वस्थ्य र सुरक्षित हुने बुढाथोकीको भनाई थियो।

कोभिडसँग लड्न स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्न स्थानीयतह र जनप्रतिनिधिलाई आग्रह गर्दै बुढाथोकीले स्वास्थ्य संस्थाको भूमिका यसमा झन् बढी हुनेमा जोड दिए। बुढाथोकीले उदयपुरगढी गाउँपालिकामा बिगत दशकयता सेभले बालबालिकाको क्षेत्रमा सहयोग र साझेदारी गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि साझेदारी कार्यक्रमलाई निरन्तरता दिने क्रममा यो सहयोग प्रदान गरेको बताए।  

सामग्री बुभ्mदै गाउँपालिका अध्यक्ष मगरले जनताको स्वास्थ्य सेवा प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न सेभबाट प्राप्त सामग्रीले थप मद्धत पुग्ने बताए। विगतमा सेभले गर्दै आएको सहयोगले गाउँपालिकाका बालबालिका लाभान्वित हुँदै आएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष मगरले आफूहरु सेभसँगको सहकार्यलाई जनस्तरसम्म उपलब्धीमूलक बनाउन प्रतिबद्धता जनाए।

कार्यक्रममा सचिव गिरीले सेभको सहयोगमा बालविकास समाजले डेढ दशकदेखि साझेदारीमा बिभिन्न कार्यक्रम गर्दै जिल्लाबासी बालबालिकाको क्षेत्रमा काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै उदयपुरगढीमा विगत ५ वर्षदेखि जारी ‘कृषि तथा जीविकोपार्जन कार्यक्रम’ मार्फत बालबालिकाका अभिभावकसँग प्रत्यक्ष जोडिदै आएको बताए। हाल जारी कोभिड महामारीले अन्य क्षेत्रमाजस्तै बालबालिकालाई पार्ने प्रत्यक्ष प्रभावबाट बचाउन सबै वडा कार्यालय र सार्वजनिकस्थलमा प्याडल यन्त्रसहितको हात धुुने धारा वितरण गरिएको बताए।  

उनले अन्य बिभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएर बालविकास समाजले स्थानीय सरकारसँगको सहकार्यलाई थप मजबुत पार्ने काम गरिरहेको बताए। कोभिड महामारी रोकगाममा स्थानीय सरकारहरु प्रतिबद्ध भएको पाउँदा बालविकास समाज र साझेदार दातृ निकाय सेभसँगको सहकार्यले थप सार्थकता पाउने अपेक्षा गरेको उनले बताए।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १६ सेकेन्ड अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस