बेनीबजार सँधै जोखिममा
०२ असार २०७८
•
३ मिनेट पाठ
बेनीबजार सँधै जोखिममा
म्याग्दीको सदरमुकाम बेनी बजारलाई कालीगण्डकी नदीले कटान गर्न थालेको छ। लगातार भइरहेको भारी बर्षाले बजार रोकथामका लागि कालिगण्डकी नदी किनारमा निर्माण भएको तटबन्ध पर्खाल मंगलबार राती भत्काएको हो।




बेनी नगरपालिका–७ र ८ वडाको सिमानामा पर्ने गणेशटोल र संगमचोकको तल लगाइएको ग्यावीयन पर्खाल बगाएर बजारतर्फ कटान गर्न थालेको छ। कटान गरेको स्थानमा दुई वर्ष अगाडिमात्रै रुपाताल एकिकृत संरक्षण परियोजनामार्फत् ग्यावीयन पर्खाल लगाइएको थियो।  

कालीगण्डकीले धार परिवर्तन गरेर पर्खाल भत्काएपछि बजारतर्फ कटान गर्ने र थप पर्खाल भत्काएकाले म्याग्दी जेसिजको भवनसहित आसपासको क्षेत्र उच्च जोखिममा परेको छ। मंगलबार राती कटान गरेको स्थान आसपासमा हरेक बर्ष जोखिम निम्त्याउने गरेको संगमचोकका यूवा रमेशकुमार श्रेष्ठले बताए। ‘यस वर्ष काम नै भएन्, नदी कटानबाट जोगाउने मोडेल नै परिवर्त गर्नुपर्छ’ श्रेष्ठले भने। उनले हरेक वर्ष नदी कटानबाट बनाइएको संरचना भत्काउने गरेको बताए। हाल भत्किएको ठाउँमा यस अगाडि २०७५ भदौ २७ गते रघुगंगा नदी थुनिएर आएको बाढीले भत्काएको थियो।

तत्काल नियन्त्रणको प्रयास नगरे कालीगण्डकीले बजारलाई कटान गर्ने खतरा बढेको भन्दै बजारबासी चिन्तित भएका छन्।

हरेक बर्ष कालिगण्डकी नदीको कटानको चपेटामा परेको बेनीबजार संरक्षणको नाममा समेत मनपरी गर्ने गरिएकाले समेत पर्खाल दिगो नभएको सरोकारवाला निकायको गुनासो छ। ‘समयमै काम गर्न ठेकेदारलाई दबाब दिनुप¥यो, बर्खामा क्षति हुनुमा ठेकेदारलाई समयमै काम गराउन नसक्नु पनि हो’ मानवअधिकार तथा शान्ति समाजका अगुवा रामजीप्रसाद सुबेदीले भने।

उनले परियोजनाबाट समयमै काम सुरू नहुँदा बर्षेनी नदी कटानले क्षति पुर्याउने गरेको बताए। यस वर्ष कटान भएको ठाउँमा विगतमा हेभी इक्युभमेन्टको जथाभावी प्रयोग गरी जमेको ढुङ्गा निकालिएको थियो।  

उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीको शीरमा नदी नियन्त्रणको बाहनामा नदीको तीब्र बेगलाई रोक्न सक्ने ढुङ्गा निकाल्दा जिल्लाका सरोकारवाला निकाय समेत मौन बसेका थिए। नदी संरक्षणको क्रममा ढुङ्गा झिक्दा नदीको सतह गहिरिएकाले क्षति भएको प्राविधिक पक्षको भनाइ छ।  

बजारभित्रै पदैलयात्रीलाई रोक्ने बाढी

बेनीबजारको अस्पताल चोकमा बाढीले पैदलयात्रीलाई समेत आउजाउमा समस्या भएको छ। अस्पताल चोकभन्दा माथिको पाखोबाट झरेको बाढीले अस्पतालमा आउने बिरामीसँगै सर्वसाधारणलाई समेत प्रभावित बनाएको हो। ढुङ्गा, माटो, गेगरसहित खसेको बाढीले मंगलबार र बुधबार विहान सर्वसाधारणले नराम्रोसँग सास्ती खेप्नुपरेको थियो भने कालिपुल बसपार्क समेत लेदोसहितको बाढीले भरिएको छ।

साइकलमा यात्रा गरिरहेका एक यूवाले तीनपटकको प्रयासमा मात्रै अस्पताल चोकबाट बेनीबजारतर्फ जान सफल भएका थिए। उनीजस्तै धेरै यात्रुले तिब्र बेगमा आएको बाढीबाट सजिलै यात्रा गर्न सकेनन्।  

बेनी नगरपालिका–६ जामुनाखर्कतर्फ जाने ग्रामीण सडकसँगै पुरानो खोल्सालाई अतिक्रमण गरी संरचना बनाउँदा हरेक बर्ष बाढीले अस्पताल चोकमा असर गर्ने गरेको छ। त्यस्तै बेनीकै क्याम्पसचोक र मंगलाघाटमा समेत माथिल्लो क्षेत्रबाट खस्ने बाढीले असर गरेको छ। बेनी–अर्थुङ्गे–पाखापानी सडकखण्डअन्तर्गत आँपारुख सामुदायिक वन क्षेत्र, बराहपाखो र महारानी मन्दिर आसपासको क्षेत्रबाट आउने बाढीले हरेक बर्ष बाढीले बेनीबजार बासीलाई सताउने गरेको छ ।भलले जताततै खोलेकाले आगामी दिनमा ब्यवस्थित संरचना बनाउने तर्फ ध्यान नगए थप क्षति हुने देखिएको छ।
अर्को समाचार
म्याग्दीको बेनीमा कृषि बजारको भवन निर्माण सुरु
०७ वैशाख २०८१
•
१ मिनेट पाठ
म्याग्दीको बेनीमा कृषि बजारको भवन निर्माण सुरु
म्याग्दीको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु भएको छ। सङ्घीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा नं ८ कालीपुलमा कृषि बजारको भवन निर्माण सुरु गरेको हो।




बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले रु तीन करोडको लागतमा भवन निर्माण गर्न थालिएको जानकारी दिए। 

‘सङ्घीय सरकारको कृषि तथा पशुपक्षी बजार प्रवर्द्धन कार्यक्रम अन्तर्गत बेनी नगरपालिकामा चालु आर्थिक वर्षमा प्राप्त भएको ३० लाख २५ हजार बजेटबाट भवन निर्माण सुरु गरिएको छ’, उनले भने, ‘आगामी आवमा बजेटलाई निरन्तरता दिने सङ्घीय सरकारको प्रतिबद्धतापछि निर्माण थालिएको हो।’ बेनीका सबै तरकारी र मासु पसललाई एकै ठाउँबाट सञ्चालन गर्ने लक्ष्यसहित कृषि बजार भवन बनाउन लागिएको हो।

एकै ठाउँमा तरकारी र मासु पसल सञ्चालन गर्दा प्रतिस्पर्धा हुने, किसानले उत्पादन गरेका सामानको बजारीकरणमा सहयोग पुग्ने वडाध्यक्ष कर्माचार्यले बताए।-रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस