कैलालीमा असार ७ गते सम्म निषेधाज्ञा थप
३१ जेष्ठ २०७८
•
३ मिनेट पाठ
कैलालीमा असार ७ गते सम्म निषेधाज्ञा थप
कोरानाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले असार ७ गते सम्म निषेधाज्ञा थप गरेको छ । कैलालीमा कोराना भाईरसको संक्रमण तिव्र भएको अवस्थामा लगाएको निषेधाज्ञाले संक्रमित हुने र मृत्यु हुने संख्यामा केहि हदसम्म गिरावट आएपनि ढुक्क हुने अवस्था नभएकाले कोभिड १९ रोकथाम र नियन्त्रणका लागी सातौ पटक निषेधाज्ञा थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताएका छन । पहिलेको भन्दा निषेधाज्ञामा केहि प्रावधान भने खुकुलो पारिएको छ । निषेधाज्ञाका कारणले आम नागरिकको जिवन कष्टकर बनेको, आर्थिक गतिविधी ठप्प भई मुलुककै अर्थतन्त्रमा गंभिर धक्का पुगेको र दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने निम्न बर्गिय व्यक्तीहरुलाई जिवन यापनमा कठिनाई भएकोले क्रमश जिवन स्तर सहज बनाउदै केहि मात्रामा आर्थिक गतिविधी चलायमान बनाउनु पर्ने र कोभिड १९ को रोकथाम तथा नियन्त्रण समेत गर्नुपर्ने दोहोरो जिम्मेवारी पुरा गुर्नुपर्ने अवस्था रहेकाले निषेधाज्ञालाई केहि परिमार्जन गरि असार ७ गते राती १२ बजेसम्मलाई निरन्तरता दिइएको उनले बताएका छन ।




नयाँ भेरियन्टको कोरानाको संक्रमणले बिकराल रुप लिदै गएपछि गत बैशाख १६ देखि कैलालीमा निषेधाज्ञा लगाइएको थियो । बैशाख १६ गते देखि बैशाख २२ गते निषेधाज्ञा जारी गरिएको कैलालीमा दोश्रो पटक जेठ ३० गते सम्म थप गरिएको थियो । तेश्रो पटक बैशाख २८ मंगलवार राती १२ बजेदेखि जेठ ६ गते राती सम्मका लागी कडा प्रावधान सहित निषेधाज्ञा जारी गरिएको थियो । चौथो पटक निषेधाज्ञा थप गरेर जेठ १३ , पाचौ पटक थप गरेर जेठ २० गते सम्म र छैटौ पटक थप गरेर जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।  

कोभीड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४, र स्थानिय प्रशासन ऐन २०२८ दफा ६(३) ले दिएको अधिकार प्रयोग गरि असार १ गते बिहान १ बजेदेखि असार ७ गते राती १२ बजेसम्मे निषेधाज्ञाको आदेश जारी गरेको प्रजिअ रिजालले बताएका छन। अत्याआबश्यक सेवा प्रदान गर्ने, सरकारी कार्यालय र सार्वजनिक संस्थान वाहेकका अन्य कार्यालय र सार्वजनिक निकायले सवै प्रकारका सेवा प्रवाह हाललाई बन्द गर्न भनिएको छ । बिमा,बैकं तथा बित्तिय संस्थाहरु बिहान ८ बजेदेखि १२ बजेसम्म संचालन गर्न पाउने छन ।  

खाद्य सामग्रीका पसलहरु,निर्माण सामग्री, हार्डवेयर,ईलेक्ट्रोनिक्स,भाडावर्तनका पसलहरु, स्टेशनरी, पुस्तक पसल, कपडा तथा फेन्सि पसलहरु र टेलरिङ सेन्टरहरु बिहान ६ बजेदेखि ११ बजेसम्म संचालन गर्न पाइने आदेशमा उल्लेख छ । वर्कशपहरु बढीमा तीन जना मात्र कामदार राखेर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म संचालन गर्न सकिने छ ।

यसैगरि होटेल, रेस्टुरेन्ट, खाजा तथा चिया पसलहरुलाई श्वास्थ्य सुरक्षको मापदण्ड पालना गरि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म डेलीभरी तथा टेकअवे सेवा मात्र प्रदान गर्न छुट दिइएको छ ।

भिडभाड हुने प्रकारका कार्यक्रम, शभा , सम्मेलन, सेमिनार, गोष्ठी, तालिम,सिनेमा हल, पार्टी प्यालेस,डान्सवार, दोहोरी,नाचघर, क्लव, स्विमिङ पुल, पार्क, मनोरंजन स्थल, सेलुन,व्युटिपार्लर, हेल्थपार्क, पुस्तकालय, संग्रालय , समुहमा खेलिने खेलकुदमा रोक लगाइएको छ । यसैगरि अतिआबश्यक सेवाका सवारीसाधन, पाठ्यपुस्तक र स्टेशनरी वोकेका सवारीसाधनहरु बाहेक अन्य सवारीसाधन ओहोरदोहोरमा रोक लगाइएको छ ।सुदूरपश्चिममा सवैभन्दा बढी संक्रमण दर र मृत्यु दर भएको जिल्ला कैलाली हो । कैलालीमा कोराना संक्रमणले २ सय ४० जनाको ज्यान गैसकेको छ ।  
अर्को समाचार
कैलालीमा असार १५ गतेसम्म निषेधाज्ञा थपियाे
०७ असार २०७८
•
३ मिनेट पाठ
कैलालीमा असार १५ गतेसम्म निषेधाज्ञा थपियाे
कोरानाको दोस्राे लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले असार १५ गते सम्म निषेधाज्ञा थप गरेको छ। 




कैलालीमा कोराना भाईरसको संक्रमण तीव्र भएको अवस्थामा लगाएको निषेधाज्ञाले संक्रमित हुने र मृत्यु हुने संख्यामा केहि हदसम्म गिरावट आएपनि ढुक्क हुने अवस्था नभएकाले कोभिड १९ रोकथाम र नियन्त्रणका लागी केहि प्रावधान थप र परिमार्जन गरि निषेधाज्ञा थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताएका छन्। निषेधाज्ञा केहि खुकुलो पारिएको छ।

निषेधाज्ञाका कारणले आम नागरिकको जिवन कष्टकर बनेको, आर्थिक गतिविधी ठप्प भई मुलुककै अर्थतन्त्रमा गंभिर धक्का पुगेको र दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने निम्न बर्गिय व्यक्तीहरुलाई जिवन यापनमा कठिनाई भएकोले क्रमश जिवन स्तर सहज बनाउदै केहि मात्रामा आर्थिक गतिविधि चलायमान बनाउनु पर्ने र कोभिड १९ को रोकथाम तथा नियन्त्रण समेत गर्नुपर्ने दोहोरो जिम्मेवारी पुरा गुर्नुपर्ने अवस्था रहेकाले निषेधाज्ञालाई केहि परिमार्जन गरि असार ८ गते देखि असार १५ गते सम्मलाई निरन्तरता दिइएको प्रजिअ रिजालले जारी गरेको आदेशमा उल्लेख छ।

शिक्षण संस्था बाहेक सरकारी तथा सार्वजनिक कार्यालयले आलोपालो न्युनतम संख्यामा कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनिएको छ । यसैगरि निजी सवारीसाधन जिप,कार, भ्यान, मोटरसाईकल र स्कुटीलाई जोरबिजोर प्रणालीका आधारमा जिल्ला भित्र संचालन गर्न दिइने आदेशमा उल्लेख छ । यसैगरि ट्याक्सी र अटोलाई चालक सहित ३ जना राखेर जोर बिजोर प्रणालीका आधारमा जिल्ला भित्र संचालन गर्न दिइने भएको छ।

खाद्य सामग्रीका पसलहरु,निर्माण सामग्री, हार्डवेयर,ईलेक्ट्रोनिक्स,भाडावर्तनका पसलहरु, स्टेशनरी, पुस्तक पसल, कपडा तथा फेन्सि पसलहरु र टेलरिङ सेन्टरहरु बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म संचालन गर्न पाइने आदेशमा उल्लेख छ। वर्कशपहरु बढीमा तीन जना मात्र कामदार राखेर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न पाउने छन्।

यसैगरि होटेल, रेस्टुरेन्ट, खाजा तथा चिया पसलहरुलाई श्वास्थ्य सुरक्षको मापदण्ड पालना गरि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म डेलीभरी तथा टेकअवे सेवा मात्र प्रदान गर्न छुट दिइएको छ । भिडभाड हुने प्रकारका कार्यक्रम, शभा , सम्मेलन, सेमिनार, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस,डान्सवार, दोहोरी,नाचघर, क्लव, स्विमिङ पुल, पार्क, मनोरंजन स्थल, सेलुन,व्युटिपार्लर, हेल्थपार्क, पुस्तकालय, संग्रालय , समुहमा खेलिने खेलकुदमा रोक लगाइएको छ।

नयाँ भेरियन्टको कोरानाको संक्रमणले बिकराल रुप लिदै गएपछि गत बैशाख १६ देखि कैलालीमा निषेधाज्ञा लगाइएको थियो । बैशाख १६ गते देखि बैशाख २२ गते निषेधाज्ञा जारी गरिएको कैलालीमा दोश्रो पटक जेठ ३० गते सम्म थप गरिएको थियो । तेश्रो पटक बैशाख २८ मंगलवार राती १२ बजेदेखि जेठ ६ गते राती सम्मका लागी कडा प्रावधान सहित निषेधाज्ञा जारी गरिएको थियो। 

चौथो पटक निषेधाज्ञा थप गरेर जेठ १३ , पाचौ पटक थप गरेर जेठ २० गते सम्म, छैटौ पटक थप गरेर जेठ ३१ र सातौ पटक थप गरेर असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।  कोभीड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४, र स्थानिय प्रशासन ऐन २०२८ दफा ६(३) ले दिएको अधिकार प्रयोग गरि निषेधाज्ञाको आदेश जारी गरेको प्रजिअ रिजालले बताएका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस