रोल्पामा निषेधाज्ञा थपियो
१९ जेष्ठ २०७८
•
१ मिनेट पाठ
रोल्पामा निषेधाज्ञा थपियो
रोल्पामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ६ पुगेको छ। आजसम्म जम्मा संक्रमित संख्या १ हजार ३ सय १७ रहेको छ।  




बुधबार रोल्पामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १५ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भइसकेको छ। जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ४ सय ८३ जनाले कोरोना जितेका छन्।  

यसैबीच संक्रमण रोकथामका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जेठ महिना भरका लागि निषेधाज्ञालाई निरन्तरता दिने भएको छ। समितिका सदस्य तथा रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि जेठ २० गते सम्मका लागि निषेधाज्ञा लगाइएको थियो।  

जिल्ला कोभिड संकट व्यवस्थापन समितिका अनुसार गाउँपालिकाले एन्टिजेन परीक्षणको दायरा बढाउने, होम आइसोलेसनमा बसेकाको अनुगमन गरी प्रतिवेदन पठाउने र जिल्लामा खाद्य संकट हुन नदिनका लागि पहल गर्ने निर्णय गरेको छ।
अर्को समाचार
उदयपुरमा थप एकसाता निषेधाज्ञा लगाउन सिफारिस
३० वैशाख २०७८
•
१ मिनेट पाठ
उदयपुरमा थप एकसाता निषेधाज्ञा लगाउन सिफारिस
उदयपुरमा थप एकसाता निशेधाज्ञा लगाइने भएको छ। जिल्लामा कोभिड संक्रमितहरुको संख्या बढ्न थालेपछि गत २५ गते मध्यरातिदेखि एक साताका लागि लगाइएको निषेधाज्ञाको अवधि शुक्रबार सकिँदैछ।  




जिल्ला कोभिड संकट व्यवस्थापन कन्द्र (डिसिसिएमसी)ले सातादिनसम्म संक्रमित संख्या बढ्ने क्रम नरोकिएपछि निषेधाज्ञा थप्न सिफारिस गरेको हो। बिहीबार बसेको बैठकले दिनहुँ संक्रमित बढ्ने क्रम नरोकिएको भन्दै थप एकसाता निशेधाज्ञा लम्ब्याउन सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए।  

डिसिसिएमसीको सिफारिसअनुसार प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरिरहेको उनले बताए।

उदयपुरमा बुधबार साँझसम्म २ सय ७९ संक्रमित देखिएका छन् । जसमध्ये १ सय १८ महिला र १ सय ६१ पुरुष रहेका छन्। अहिले उदयपुर कोभिड अस्पताल बेलटारको आईसोलेसन सेन्टरमा २२ जनाको र केहीको बिराटनगर, धरान र काठमाडौंमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

हालसम्म २ महिलासहित ४ जना निको भएर घर फर्केका छन् भने ३ महिलासहित ७ जनाको ज्यान गएको छ। 
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस