गाउँमा कोरोना ‘भुसको आगो’ झैं
११ जेष्ठ २०७८
•
३ मिनेट पाठ
गाउँमा कोरोना ‘भुसको आगो’ झैं
बागलुङ नगरपालिकामा १४ वटा वडा छन् । ती मध्ये १ देखि ४ सम्मका वडाले सहरी क्षेत्र ओगटेको छ । बाँकी दशवटा वडा ग्रामिण भेग हुन् । सहरी क्षेत्रको तुलनामा ग्रामिण भेगका वडाको जनघनत्व निकै नै कम छ । तर, कोरोना भाइरस संक्रमणको गति भने अहिले जनघनत्व बढी भएको सहरी भेग भन्दा कम जनघनत्वको ग्रामिण भेगमा तिब्र छ ।  




नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार अहिले नगरपालिकाभित्र ३ सय भन्दा बढी सक्रिय संक्रमित छन् । ती मध्ये १५० जना जना मात्र सहरी क्षेत्रका वडा (१ देखि ४ सम्म) छन् । बाँकी सबै ग्रामिण क्षेत्रका वडाका बासिन्दा हुन । ‘सहरमा भन्दा गाउँमा डरलाग्दो हुँदै गएको छ । सहरको तुलनामा गाउँमा जनघनत्व स्वतः कम हुने नै भयो । तरपनि संक्रमणको गति भने गाउँमा छ,’ ज्ञवालीले भने, ‘गाउँमा डरलाग्दो अवस्था निम्त्याएको छ ।’ वडाको संख्याको हिसाबले मात्र सहरको भन्दा बढी भएपनि जनघनत्व गाउँमा निकै नै कम भएको उनले बताए ।

गाउँमा निस्फिक्रि आवागमन हुँदा जोखिम पनि बढेको उनले बताए । ‘गाउँमा त साह्रै नै हेलचेक्रयाँइ छ । सुुरुवातताका यसलाई गाउँलेले खासै वास्ता पनि गरेनन,’ उनले भने, ‘सहरका मान्छे धमाधम गाउँ पस्दा कसैले वास्ता गरेनन । तर, गाउँ पसेका तिनै सहरीयाले कोरोना भिœयाए ।’ सहरबाट गाउँ पसेका मान्छेले संक्रमण बोकेर गएको र उनीहरु निको भएपनि अहिले तिनै सहरीयाको माध्यबाट गाउँ छिरेको कोरोना वेपरवाह हिडडुलले फैलिएको उनले बताए ।
‘गाउँमा मास्क पनि नलगाउने, आफ्नै इष्टमित्र हुन भनेर आउजाउमा वेवास्ता गरिएको छ,’ उनले भने, ‘इष्टमित्रको त्यही आउजाउ नै अहिले गाउँमा कोरोना फैलाउने माध्यम बनेको छ ।’ पछिल्लो समय गाउँमा जोखिम बढ्दै गएको उनले बताए । सहरको र गाउँको जनघनत्वको आकारका विश्लेषण गर्दा पनि आधा बढी संक्रमण ग्रामिण क्षेत्रमा हुनु डरलाग्दो भएको उनले बताए । ‘जनघनत्व गाउँमा निकै नै कम छ । सहरमा जस्तो भीडभाड गाउँमा छैन । भौतिक दूरी कायम गर्न गाउँमा सहज पनि छ,’ उनले भने, ‘तर संक्रमणको गति भने गाउँमा बढी छ । जनघनत्वको हिसाबले त गाउँमा भन्दा सहरमा बढी हुनुपर्ने भएपनि अहिले गाउँमा बढी छ । ग्रामिण क्षेत्रमा वेवास्ता भएकै हो ।’

स्याङजाको पुतलीबजार नगरपालिकाको अवस्था पनि बागलुङको भन्दा फरक छैन । पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार पुतलीबजारका १, ३ र १३ नम्बर वडामा जनघनत्व बढी छ । नगरपालिकाका १४ वटा वडा मध्ये तीनवटा (१, ३ र १३) को तुलनामा ग्रामिण क्षेत्रका ११ वटा वडामा भएका संक्रमितको संख्या बढी रहेको उनले बताए । उनका अनुसार पुतलीबजारमा मात्र २ सय भन्दा बढी सक्रिय संक्रमित छन । ती मध्ये ४० प्रतिशत हिस्सा सहरी क्षेत्रका तीनवटा वडाले ओगटेका छन । बाँकी ६० प्रतिशत हिस्सा गाउँका ११ वटा वडाले लिएका छन ।  

‘जनघनत्वको हिसाबले त ग्रामिण भेगका ११ वटा वडाको तुलनामा सहरी भेगका तीनवटामा वडामा बढी छ । तर, संक्रमण भने अहिले कम जनघनत्व भएको वडामा छ,’ शर्माले भने, ‘गाउँमा भेला, घेटघाट पहिले भन्दा कम हुन सकेनन् । आउजाउ नरोकिँदा गाउँमा डरलाग्दो छ ।’ उनका अनुसार अहिले गाउँमा कन्ट्याक्ट ट्रेसिङ पनि छैन । गाउँले आफै बिरामी भए भन्दै परीक्षण गर्न आए मात्र नमूना संकलन गरिन्छ । नत्र गाउँलेले भित्रभित्र रोक पालेरबसेका छन ।  
‘गाउँमा परीक्षण हुन सकेको छैन । गाउँमा मान्छे घरघरमा भेला भएर बसेर दिन कटाएका छन । गाउँका गतिविधि कुनै पनि रोकिएका छैनन । गाउँमा चेतनाको कमी पनि छ,’ उनले भने, ‘अहिले नियमित हिसाबले मान्छे आउजाउ भएको छ ।’ सहरमा निषेधाज्ञाले संक्रमण कम हुँदै गएपनि गाउँमा भने निषेधाज्ञाको प्रभाव नपरेको उनले बताए ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार सहरमा कडा निषेधाज्ञाले संक्रमण ‘जाम’ भएपनि गाउँमा भने भुसको आगो फैलिएजसरी तिब्र भएको छ । ‘अझै दुईहप्ता कडा लकडाउन गर्ने हो भने सहरमा नियन्त्रण हुन्छ । सहरमा नियन्त्रणमा हुनु भनेको चेन ब्रेक हुनु हो,’ शर्माले भने, ‘तर गाउँमा चेनब्रेक हुन नसकेको हो ।’ गाउँमा हिडडुलमा हल्का हुँदा यो अवस्था आएको उनले बताए ।  

‘उनका अनुसार सहरका मान्छे कोरोनाप्रति सचेत छन् । तर, गाउँमा भने हामी सहरीया भीडभाडमा छैनौ भनेर ढुक्क भएका हुन्,’ उनले भने, ‘तर, गाउँमा ढुक्क हुने अवस्था छैन ।’ सहरबाट गएका आफन्त र नातीनातिनाबाट अहिले गाउँमा संक्रमण फैलिएको उनको अनुमान छ । ‘सहरमा बसेका बच्चाबच्चीले गाउँमा पाका उमेरकालाई सारेका छन । भुसको आगो झैं अहिले गाउँमा छ । यो साच्चै डरलाग्दो हो,’ उनले भने ।
अर्को समाचार
गाउँमा कोरोना ‘भुसको आगो’ झैं
१२ जेष्ठ २०७८
•
३ मिनेट पाठ
गाउँमा कोरोना ‘भुसको आगो’ झैं
बागलुङ नगरपालिकामा १४ वटा वडा छन् । तीमध्ये १ देखि ४ सम्मका वडाले सहरी क्षेत्र ओगटेका छन् । बाँकी दशवटा वडा ग्रामीण भेग हुन् । सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगका वडाको जनघनत्व निकै नै कम छ। तर, कोरोना भाइरस संक्रमणको गति भने अहिले जनघनत्व बढी भएको सहरी भेगभन्दा कम जनघनत्वको ग्रामीण भेगमा तीव्र छ ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार अहिले नगरपालिकाभित्र ३ सयभन्दा बढी सक्रिय संक्रमित छन्। 




तीमध्ये १ सय ५० जना मात्र सहरी क्षेत्रका वडा (१ देखि ४ सम्म) का छन् । बाँकी सबै ग्रामीण क्षेत्रका वडाका बासिन्दा हुन् । ‘सहरमा भन्दा गाउँमा डरलाग्दो हुँदै गएको छ। सहरको तुलनामा गाउँमा जनघनत्व स्वतः कम हुने नै भयो। तापनि संक्रमणको गति भने गाउँमा छ,’ ज्ञवालीले भने, ‘गाउँमा कोरोनाले डरलाग्दो अवस्था निम्त्याएको छ।’ वडाको संख्याको हिसाबले मात्र सहरको भन्दा बढी भए पनि जनघनत्व गाउँमा निकै नै कम भएको उनले बताए।

गाउँमा निस्फिक्री आवागमन हुँदा जोखिम पनि बढेको उनले बताए । ‘गाउँमा त साह्रै नै हेलचक्र्याइँ छ । सुुरुवातताका यसलाई गाउँलेले खासै वास्ता पनि गरेनन्,’ उनले भने, ‘सहरका मान्छे धमाधम गाउँ पस्दा कसैले वास्ता गरेनन् । तर, गाउँ पसेका तिनै सहरियाले कोरोना भित्र्याए ।’ सहरबाट गाउँ पसेका मान्छेले संक्रमण बोकेर गएको र उनीहरू निको भए पनि अहिले तिनै सहरियाको माध्यमबाट गाउँ छिरेको कोरोना बेपरवाह हिँडडुलले फैलिएको उनले बताए ।

‘गाउँमा मास्क पनि नलगाउने, आफ्नै इस्टमित्र हुन् भनेर आउजाउमा बेवास्ता गरिएको छ,’ उनले भने, ‘इस्टमित्रको त्यही आउजाउ नै अहिले गाउँमा कोरोना फैलाउने माध्यम बनेको छ ।’ पछिल्लो समय गाउँमा जोखिम बढ्दै गएको उनले बताए । सहरको र गाउँको जनघनत्वको आकारका विश्लेषण गर्दा पनि आधा बढी संक्रमण ग्रामीण क्षेत्रमा हुनु डरलाग्दो भएको उनले बताए । ‘जनघनत्व गाउँमा निकै नै कम छ । सहरमा जस्तो भीडभाड गाउँमा छैन । भौतिक दूरी कायम गर्न गाउँमा सहज पनि छ,’ उनले भने, ‘तर संक्रमणको गति भने गाउँमा बढी छ । जनघनत्वको हिसाबले त गाउँमा भन्दा सहरमा बढी हुनुपर्ने भए पनि अहिले गाउँमा बढी छ । ग्रामीण क्षेत्रमा बेवास्ता भएकै हो ।’

स्याङजाको पुतलीबजार नगरपालिकाको अवस्था पनि बागलुङको भन्दा फरक छैन । पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार पुतलीबजारका १, ३ र १३ नम्बर वडामा जनघनत्व बढी छ । नगरपालिकाका १४ वटा वडामध्ये तीनवटा (१, ३ र १३) को तुलनामा ग्रामीण क्षेत्रका ११ वटा वडामा भएका संक्रमितको संख्या बढी रहेको उनले बताए । उनका अनुसार पुतलीबजारमा मात्र २ सयभन्दा बढी सक्रिय संक्रमित छन् । तीमध्ये ४० प्रतिशत हिस्सा सहरी क्षेत्रका तीनवटा वडाले ओगटेका छन् । बाँकी ६० प्रतिशत हिस्सा गाउँका ११ वटा वडाले लिएका छन् ।  

‘जनघनत्वको हिसाबले त ग्रामीण भेगका ११ वटा वडाको तुलनामा सहरी भेगका तीनवटा वडामा बढी छ । तर, संक्रमण भने अहिले कम जनघनत्व भएको वडामा छ,’ शर्माले भने, ‘गाउँमा भेला, घेटघाट पहिलेभन्दा कम हुन सकेनन् । आउजाउ नरोकिँदा गाउँमा डरलाग्दो छ ।’ उनका अनुसार अहिले गाउँमा कन्ट्याक्ट ट्रेसिङ पनि छैन । गाउँले आफैं बिरामी भएँ भन्दै परीक्षण गर्न आए मात्र नमुना संकलन गर्न सकिन्छ । नत्र गाउँलेले भित्रभित्र रोग पालेर बसेका छन् ।

‘गाउँमा परीक्षण हुन सकेको छैन । गाउँका मान्छेले घरघरमा भेला भएर दिन कटाउने गरेका छन् । गाउँका गतिविधि कुनै पनि रोकिएका छैनन् । गाउँमा चेतनाको कमी पनि छ,’ उनले भने, ‘अहिले नियमित हिसाबले मान्छे आउजाउ भएको छ ।’ सहरमा निषेधाज्ञाले संक्रमण कम हुँदै  गए पनि गाउँमा भने निषेधाज्ञाको प्रभाव नपरेको उनले बताए।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार सहरमा कडा निषेधाज्ञाले संक्रमण ‘जाम’ भए पनि गाउँमा भने भुसको आगो फैलिए जसरी तीव्र भएको छ। ‘अझै दुई हप्ता कडा लकडाउन गर्ने हो भने सहरमा नियन्त्रण हुन्छ। सहरमा नियन्त्रण हुनु भनेको चेन बे्रक हुनु हो,’ शर्माले भने, ‘तर गाउँमा चेनब्रेक हुन नसकेको हो ।’ गाउँमा हिँडडुलमा हल्का हुँदा यो अवस्था आएको उनले बताए।  

‘उनका अनुसार सहरका मान्छे कोरोनाप्रति सचेत छन् । तर, गाउँमा भने हामी सहरिया भीडभाडमा छैनौं भनेर ढुक्क भएका हुन्,’ उनले भने, ‘तर, गाउँमा ढुक्क हुने अवस्था छैन।’ सहरबाट गएका आफन्त र नातिनातिनाबाट अहिले गाउँमा संक्रमण फैलिएको उनको अनुमान छ । ‘सहरमा बसेका बच्चाबच्चीले गाउँमा पाका उमेरकालाई सारेका छन् । भुसको आगो झैं अहिले गाउँमा छ । यो साँच्चै डरलाग्दो अवस्था हो,’ उनले भने।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस