रेम्डिसिभिरमा सरकारी नियत : वैध बाटो सील, कालोबजार खुल्ला
०४ जेष्ठ २०७८
•
६ मिनेट पाठ
रेम्डिसिभिरमा सरकारी नियत : वैध बाटो सील, कालोबजार खुल्ला
हप्ता दिन अघि जिल्लामा ‘रेम्डिसिभिर’ औषधिको अभाव भयो । कोरोनाका बिरामीहरुलाई दिईँदै आएको यो औषधिको अभाव भएपछि बिरामीका आफन्त नेपालगन्जसम्म यहि औषधिका लागि भौँतारिए । कोरोना संक्रमितहरुलाई पहिलो चरणमा यो औषधि अहिले सम्म फलदायि रहेको भन्दै चिकित्सकहरुले यो औषधिको सिफारीस गरिरहेका छन् । नेपालगन्जमा चलेको कालोबजारीको मारमा यहाँका बिरामीका आफन्त परे । एक स्वास्थ्यकर्मीका अनुसार त्यो बेला बिरामीका आफन्तले नेपालगन्जबाट २५ हजार रुपैयाँ सम्म तिरेर यो औषधि ल्याउनु पर्यो ।  




कोरोना संक्रमितलाई प्रयोग गरिँदै आएको यो औषधिको सहजताका लागि घोराहीको एक निजी मेडिकल हलले पहल गर्यो । घोराही स्थित कालिका मेडिकल हलले आवश्यक सबै मापदण्ड पूरा गरेर यो औषधिको खरिद मुल्यमै विक्री गर्न सुरु गर्यो । तर स्थानीय प्रशासनले यो औषधि बन्द गर्न उक्त मेडिकललाई निर्देशन दियो । घोराहीमा उपलब्ध हुँदै आएको यो औषधि सिडिओको निर्देशनमा अहिले बन्द छ ।  

‘यो औषधि तपाईले कसरी विक्री गर्नु भयो ? भनेर जिल्ला प्रशासन कार्यालयबाट अनुगमनमा आउनु भयो,’ मेडिकल हलका सञ्चालक बद्रि खड्काले भने ‘अनि उहाँहरुले बिक्री बन्द गर्न भन्नु भयो, र मैले विक्री बन्द गरिदिएको छु ।’ चिकित्सकको सिफारीसका आधारमा मात्रै यो मेडिकल हलले बिरामीहरुलाई औषधि उपलब्ध गराउँदै आएको थियो ।  

जिल्ला प्रशासन कार्यालयका अनुसार मेडिकल हलले विक्री गर्न नपाउने भन्दै औषधि ब्यवस्था विभाग नेपालगन्जको कार्यालयमा उजुरी परेको थियो । सोही उजुरका आधारमा जिल्ला प्रशासन कार्यालयले औषधि बिक्रीमा रोक लगायो । कोरोनाको महामारीका बेला सरकारले प्रयोग अनुमतीदिएको यो औषधिको सहज उपलब्धताको अपेक्षा जिल्लाबासीहरुले गरेका छन् । तर घोराही क्षेत्रमा ४ हजार ८ सय रुपैयाँमा बिक्री हुँदै आएको यो औषधि विक्रीमा रोक लगाएर जिल्ला प्रशासन कार्यालयले अमानवीयता प्रकट गरेको छ ।  

अहिले यो औषधिमा रोक लगाएका यहाँका प्रमुख जिल्ला अधिकारीको अहिले ब्यापक आलोचना समेत भैरहेको छ । ‘कोरोनाको यो महामारीका बेला नागरिकहरुलाई औषधिको सहज उपब्धताका लागि पहल गर्नुको साटो, औषधि नै बन्द गरिदिने नियत बोकेका सिडिओ कति सम्म जायज ?’ स्थानीयहरुले प्रश्न उठाएका छन् ‘यो बेला त उनले औषधि वितरणका लागि सहज बाटो बनाईदिनु पर्ने हो नि ।’ नेपाली कांग्रेसका राष्ट्रि सभा प्रमुख सचेतक अनिता देवकोटाले जिल्ला प्रशासन कार्यालयले नागरिकलाई दुःख दिने नियतका साथ औषधि बिक्रीमा रोक लगाएको दाबी गरिन् ।

‘यो महामारीका बेला जनतालाई थप दुख दिने नियतका साथ प्रमुख जिल्ला अधिकारीले यो औषधिमा रोक लगाए,’ प्रमुख सचेतक देवकोटाले विज्ञप्ती जारी गर्दै भनेकि छिन् ‘यो कार्य जनताका लागि अपराधपूर्ण कार्य हो ।’  

यता रेम्डिसिभिर औषधि वितरणमा रोक लगाएका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले औषधि व्यवस्था विभागको निर्देशन अनुसार आफूले काम गरेको बताउँछन् । ‘हामीहरुलाई औषधि ब्यवस्था बिभागले औषधि बिक्री भैरहेको र त्यहाँ अनुगमन गर्न भनियो,‘प्रमुख जिल्ला अधिकारी पौडेलले भने ‘सोही अनुसार त्यहाँ अनुगमन भएको हो ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाबाटै औषधि ब्यवसायीहरुको उजुरीका आधारमा औषधि ब्यवस्था विभागले एक्सन लिएको बताए ।  

औषधि ब्यवस्था बिभागको तर्क : फेसबुकमा किन प्रचार गरियो ?  

जिल्लाको तुलसपुर क्षेत्रमा प्रादेशिक अस्पतालले रेम्डिसिभिर औषधि बिक्री गरिरहेको छ । तर घोराही क्षेत्रका लागि भने सहज उपलब्धता थिएन । घोराहीमा उपचाररत बिरामीहरु यो औषधि लिनका लागि २३ किलोमिटरको दुरीमा रहेको तुलसीपुर जान सहज छैन । त्यसमाथि झन लकडाउन रहेको दाङमा गाडी रिजर्भ गर्नु पर्ने बाध्यता नै छ ।  

घोराही क्षेत्रमा उपचाररत बिरामीहरुको सहजताका लागि यो औषधि उपलब्ध गराएको मेडिकल हलले फेसबुकमार्फत औषधिको उपलब्धता बारे सूचना प्रवाह गर्यो । तर औषधि विक्रीमा रोक लगाउन जिल्ला प्रशाशन कार्यालयलाई भनेको औषधि व्यवस्था बिभागले भने यहि फेसबुकको सूचनालाई पहिलो कमजोरीका रुपमा अथ्र्याएको छ । औषधि  ब्यवस्था बिभाग नेपालगन्जका फार्मेशी अधिकृत धनबहादुर बोहराले भने ‘उहाँहरुले औषधि पाईन्छ भनेर जसरी फेसबुकमा प्रचार गर्नुभयो त्यो गल्ती भयो ।’  

नागरिकलाई औषधिको उपलब्धता बारे जानकारी दिनु कसरी गलत ? बोहराले भने ‘औषधि ब्यवस्था बिभागले औषधिको प्रचार नगर्ने भनेको छ नि त ।’ यसैगरि रेम्डिसिभिर औषधि कोभिड अस्पतालले मात्रै विक्री गर्न पाउने सरकारी नियम रहेको र मेडिकल हलले विक्री गर्नु नियमसंगत नरहेको दाबी गरे । तर यो कार्यालय रहेकै नेपालगन्जमा झोले ब्यापारीहरुले यसको ब्यापार गरिरहेको भने बोहरा आँफैले स्वीकार्छन् । ‘हो तपाईले भनेजस्तै नेपालगन्जमै झोले ब्यापारीहरुले कालोबजारी गरेर विक्री गरिरहेका पनि छन्, यो साँचो हो,’ उनले भने ‘यसको नियमनका लागि पनि हामी लागिरहेका छौँ ।’    

त्यसोत, औषधि ब्यवस्था विभागले यो औषधिको प्रभावकारीताका बारेमै प्रश्न उठाउँछ । यो औषधिले कोरोना पूर्ण रुपमा निको पार्छ भन्ने प्रमाणित भैनसकेको भन्दै बिभागले यसलाई नै कोरोनाको औषधि भनेर प्रचार गरिनु जायज नभएको बोहराले बताए । उनका अनुसार अहिले सम्म यो औषधिले बिरामीलाई सकारात्मक प्रभाव पार्यो भन्ने प्रमाण कतै भेटिएको छैन । ‘परिक्षण प्रयोगका लागि यो औषधिलाई प्रयोगमा अनुमती दिईएको हो,तर यसले कोरोना संक्रमितहरुलाई निको पार्छ भन्ने त कतै प्रमाणित भएको छैन नि,’ बोहराले भने ‘नत कतैबाट बिरामीहरु निको भए भन्ने नै जानकारी आएको छ ।’

कोरोना बिशेष अस्पतालका चिकित्सक भन्छन् : निको भएका उदाहरण हामीसंगै छन्  

डा. कमल खड्का दाङ स्थित बेलझुण्डिमा रहेका कोरोनाका बिरामीको उपचारमा खटिएका छन् । उनको उपचार अनुभवले रेम्डिसिभिर औषधि कोरोनाका बिरामीहरुलाई निकै प्रभावकारी मानिएको छ । उनका अनुसार कोरोना संक्रमणको पहिलो चरणमै रहेका बिरामीहरुलाई यो औषधि निकै प्रभावकारी मानिएको छ ।  

फलतः पहिलो चरणका बिरामीहरुका लागि यो औषधिनै प्रयोग गर्ने गरिन्छ । ‘फस्ट स्टेजका बिरामीहरुलाई यौ औषधि निकै फलदायि मानिएको छ,’डा. खड्काले भने ‘यो औषधिले कोरोना संक्रमण शरिरमा फैलनबाट जोगाएको हुन्छ ।’ उनका अनुसार कतिपय बिरामीहरु यहि औषधिकै प्रयोगका कारण चाँडै निको समेत भएका छन् । तर गम्भिर प्रकृतिका बिरामीहरुका लागि भने यो औषधिले काम गरेको देखिँदैन ।  

कोरोना संक्रमण भएको ७ देखि १० दिनसम्मका बिरामीहरुलाई यो औषधिले काम गरेको डा. खड्काको भनाई छ । ‘म त भन्छु यो औषधिको सहजताका लागि सबै लाग्नु पर्छ, यसको सहज उपलब्धता जति हुन सक्यो, जिल्लावासीका लागि त्यति धेरै राम्रो हो,’ डा. खड्काले भने ‘यहि औषधिका कारण कोरोनालाई रोक्न सक्ने तागत बिरामीहरुमा पैदा भैरहेको हामीहरुले देखेका छौँ ।’ 

रातारात फेरिए ‘रेड’ हान्ने सिडिओ

सोमबार औषधि बिक्री रोक्न औषधि बिक्रेता मेडिकलमा प्रहरीको दलबल पठाएका प्रमुख जिल्ला अधिकारीले मेडिकलमा मुचुल्का गर्न लगाए । उक्त औषधि बिक्रेता मेडिकलले औषी बिक्रीमा गरेको वैध/अवैध बारे र्यार्याख्ती पार्न खोजियो । तर वैधानिक बाटो बाटै औषधि विक्रीको प्रकृयामा लागेको मेडिकलले आफनो वैधताका सबै प्रमाण फेस गर्यो । तर पनि स्थानीय प्रशासन रोकिएन ।  

औषधि बिक्रीमा पूर्ण बन्देज लगायो । कोरोनाको महामारीको सन्त्रासका बेला कोरोना बिरामीका लागि प्रभावकारी मानिएको औषधि बन्द गरिदिएपछि प्रमुख जिल्ला अधिकारी पौडेल निकै आलोचित बने । यो बेलामा औषधि वितरणका लागि सहजीकरणको बाटोमा लाग्नुको साटो औषधिनै बन्द गरिदिने प्रमुख जिल्ला अधिकारीको नियतले जनतामाथि अपराध भएको दाबीसहित राष्ट्रिभा कांग्रेस प्रमुख सचेतक अनिता देवकोटाले बिज्ञप्ती जारी गरिन् । नेपाली कांग्रेस लगाएतका दलहरुले सिडिआको यो कदमको चर्को आलोचना गरे ।  

सामाजिक सञ्जालमा प्रमुख जिल्ला अधिकारीविरुद्ध आवाजहरु उठे । अन्ततः रातारात प्रमुख जिल्ला अधिकारी केही लचिलो बनेका छन् । उनले मंगलबार बिहान भने ‘औषधिको सहज आपूर्ति हुनु राम्रो हो, हामीले यसमा सहजिकरण गरिरहेका छौँ ।’ साथै उनले कालिका मेडिकल हलले कम मूल्यमा बिक्री गरेको समेत बताए । ‘यसको मूल्य ५ हजार १ सयसम्म रहेछ, तर उहाँहरुले ४ हजार ८ सयमै बिक्री गर्नुभएको रहेछ, जुन धेरै सकारात्मक पक्ष हो,’ उनले भने ‘तपाईहरुले चिन्ता नमान्नुस् यसमा सहजीकरण भैरहेको छ ।’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२८ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस